Breaking News
Home / आइसिटी न्युज/टेक अपडेट / मोवाईलको प्रयोगले अबको २० वर्षमा हरेक घरमा एउटा पागल हुन्छ

मोवाईलको प्रयोगले अबको २० वर्षमा हरेक घरमा एउटा पागल हुन्छ

घरमा हुँदा आमा बाबु पनि मोवाईलमै व्यस्त, छोराछोरी पनि मोवाईल चलाउँनमै व्यस्त । जसले गर्दा एकअर्कासँग कुरा गर्ने पनि फुर्सद हुँदैन् । आफ्नो घरपरिवार, साथीभाई भन्दा बढी मोवाईल प्राथमिकतामा पर्न थालेको छ ।

यस्तो कार्य एकदमै खतरानाक रहेको विज्ञहरुको भनाई छ । जसरी मोवाईल फोन प्रतिको लगाब बढ्दै गएको छ, यसले अबको दुई दशकमा प्रत्येक घरमा एक जना पागल हुनेछ । भारतीय हीरा कारोबारी सवजी धोलकियाले अहिले मोवाईल फोन प्रयोगले अबको २० वर्षमा प्रत्येक घरमा एक जना पागल हुने दावी गरेका छन् ।

विश्व संस्था संगठन (डब्ल्यूएचओ) समेत मोवाईल फोनको बढी प्रयोग नगर्न चेतावनी दिएको छ । डब्ल्यूएचओका महानिर्देशक डा. टेड्रोस अधानोमले मोवाईल फोनको प्रयोगले बच्चाहरुमा गम्भीर असर परिरहेको बताए ।

एउटा अनुसन्धानले पनि मोवाईल फोनको अत्यधिक प्रयोगले दीर्घकालिन असर परेको देखिन्छ । मोवाईल फोनबाट उत्पन्न हुने रेडियो विकिरणले मानिसहरुको आँखा, मुटु, कलेजो तथा फोक्सो र दिमानमा बढी असर गर्ने गर्दछ । त्यसैले डब्ल्यूएचओले मोवाईल फोनको अत्यधिक प्रयोगलाई घातक मानेको छ ।

About ICT Khabar/आइसिटी खबर

Check Also

फेसबुकमा समस्या, संसारभरका प्रयोगकर्ता प्रभावित

सामाजिक सञ्जाल फेसबुक र इन्स्टाग्राममा समस्या आएको छ ।बुधबारदेखि नै सामाजिक सञ्जालहरू फेसबुक र इन्स्टाग्राममा ...