Breaking News
Home / महिलाा आवाज /ससक्तिकरण / अपाङ्गता परिचय पत्र र यसको उपयोगिता

अपाङ्गता परिचय पत्र र यसको उपयोगिता

  • शर्मिला विश्वकर्मा, काठमाण्डौं

अपाङ्गता परिचय पत्र अपाङ्गता भएका नागरिकहरुको पहिचान हो । यो परिचय पत्र प्राप्त गर्नु सबै अपाङ्गता भएका व्यक्तिहरुको अधिकार पनि हो । अपाङ्गता परिचय पत्र सबै प्रकारका अपाङ्गता भएका व्यक्तिहरुका लागि आति आवश्यक छ । वि.स.२०६५ साल भन्दा पहिला जिल्ला प्रशासन कार्यलयले अपाङ्गता भएका व्यक्तिहरु सबैको लागि नागारिकता आकारको अपाङ्गता परिचय पत्र वितरण गर्ने प्रवधान रहेको थियो । वि.स.२०६३ सालमा अपाङ्गताको परिभाषा तथा वर्गिकरण गरे पछि नेपाल सरकार महिला बालबालिका तथा समाज कल्याण मन्त्रालयले अपाङ्गता भएका व्यक्तिहरुको लागि परिचय पत्र वितरण निर्देशिका २०६५ ल्याए पछि महिला बालबालिका कार्यलयले ४ प्रकारका अपाङ्गता परिचय पत्र वितरण गर्ने गर्दछ । पूर्ण असक्त अपाङ्गता भएका व्यक्तिहरुको लागि व्यक्तिको शारीरिक वा मानसिक प्रणालीहरूमा भएको कार्यगत विचलनका कारण अरूको सहारा लिएर पनि दैनिक जीवनमा सम्पादन गर्न नसक्ने अवस्थाका व्यक्तिहरू, तीब्र बौदिक अपाङ्गता भएका व्यक्तिहरू, पुर्ण रूपमा श्रवण दृष्टिविहिन व्यक्तिहरू तथा आफै हलचल गर्न नसक्ने गरी पूर्ण रूपमा अशक्त भई अपाङ्गता भएका व्यक्तिहरूलाई ‘क’ वर्गको रातो रङ्गको अपाङ्गता परिचय–पत्र वितरण गरिन्छ । अति अशक्त अपाङ्गता अपाङ्गता भएका व्यक्तिहरुको लागि निरन्तर अरूको सहयोग लिएर मात्र दैनिक जीवन सम्पादन गर्न, आवागमन गर्न, सञ्चार गर्न, लेखपढ गर्न सक्षम हुने व्यक्तिहरू, पोलियो वा अन्य कारणले शरीरको तल्लो भाग पुर्ण सक्रिय नभई वा मेरूदण्डमा चोट वा पक्षघात भई वा मांसपेशी विचलन भई वा मस्तिष्क पक्षघात भई कम्मर भन्दा मुनिको भाग क्रियाशील हुन नसकी ह्विलचियर प्रयोग गर्नुपर्ने अवस्थाका व्यक्तिहरू, दुवै हातको पाखुरामुनिको अंङ्ग नभएका वा नचल्ने, कम्मरभन्दा मुनिको अङ्ग नभएको वा नचल्ने व्यक्तिहरू, दुबै खुट्टा पूर्ण क्रियाशील नभई बैशाखीको प्रयोग गर्ने व्यक्तिहरू, पूर्ण दृष्टिविहीन व्यक्तिहरू, बहिरा व्यक्तिहरू, दैनिक जीवन सम्पादन आफै गर्न सक्ने तर सिकाइमा समस्या भएका बौदिक अपाङ्गता भएका व्यक्तिहरू, निरन्तर अरूको सहयोग लिइरहनु पर्ने वहुअपाङ्गता भएका व्यक्तिहरूलाई ‘ख’ वर्गको  निलो रङ्गको अपाङ्गता परिचय–पत्र उपलब्ध  गराइन्छ ।id

त्यसै गरी मध्यम अपाङ्गता भएका व्यक्तिहरुको लागि कृत्रिम अङ्गहरूको प्रयोग वा सहायक सामाग्रीको प्रयोगबाट दैनिक जीवन सम्पादन आफै गर्न सक्ने, पोलियो भई घँडामुनिको अङ्गमा मात्र प्रभाव परेको, स्वतन्त्र रूपले हिड्डुल गर्न सक्ने शारीरिक रूपमा अपाङ्गता भएका व्याक्तिहरू, हत्केलाभन्दा मुनिका कम्तीमा बुढी औंला र चोरी अांैला नभएका तथा कुर्कुच्चा भन्दा मुनिको भाग नभएका, मेरूदण्ड समस्या भई ढाड कुप्रिएको, सिकाइमा ढिला भएका बौद्विक अपाङ्गता भएका व्यक्तिहरू, श्रवणयन्त्रको प्रयोगबाट मात्र सुन्न सक्ने सुस्तश्रवण व्यक्तिहरू, शल्यक्रियाबाट स्वरयन्त्र झिकी घाँटीको नलीबाट मात्र बोल्नसक्ने व्यक्तिहरू, तीव्र भकभके व्याक्तिहरू, तीन फिटमुनिका पुड्का व्यक्तिहरू, चश्मा र श्रवणयन्त्र दुवै प्रयोग गर्ने श्रवण दृष्टिविहीन व्याक्तिशरू, लेन्स वा म्याग्नीफायरको प्रयोगबाट मात्र पढ्न सक्ने न्यून दृष्टियुक्त व्यक्तिहरूलाई ‘ग’ वर्गको पहेलो रङ्गको अपाङ्गता परिचय पत्र वितरण गर्ने गरिन्छ भने सामान्य अपाङ्गता भएका व्यक्तिहरुको लागि शारीरिक अङ्गहरूमा सामान्य विचलन भएता पनि दैनिक जीवन सम्पादनमा कुनै कठिनाइ नहुने, हात वा खुट्टा केही छोटो भएका, ठुलो अक्षर पढ्नसक्ने, न्यून दृष्टियुक्त व्यक्तिहरू, हत्कोला मुनिका कम्तिमा बुढीआंैला र चोरी औंला भएका, खुट्टाको औंलाका भागहरू नभएका, श्रवणयन्त्र लगाई वा नलगाई ठुलो आवाज सुन्ने तर बोली स्पष्ट भएका सुस्त श्रवण व्यक्तिहरू, स्मरणशक्ति ज्यादै कम भई सिकाइ गर्न कठिनाइ हुने बौद्विक अपाङ्गता भएका व्यक्तिहरूलाई ‘घ’को सेतो रङ्गको अपाङ्गत पचिचय पत्र वितरण गर्ने गरिन्छ ।

अपाङ्गता परिचय पत्र प्राप्त गर्ने क्रममा वडा कार्यलय, जनस्वास्थ्य कार्यलय तथा महिला बालबालिका कार्यलयहरु अपाङ्गता मैत्री नभएको कारण कतिपय अपाङ्गता भएका व्यक्तिहरुले अपाङ्गता परिचय पत्र लिने क्रममा कठिनाईको सामना गर्न परेको छ । कति पय बौद्धिक अपाङ्गता भएका व्यक्तिहरुको बोली स्पष्ट हुदैन, उनीहरु एक अर्कासँग आँखा जुधाएर कुरा गर्न सक्दैनन् । बुझाई र सिकाईमा कठिन हुने तथा शारीरिक बनावट राम्रै देखिएता पनि साङ्ग व्यक्ति भन्दा बुझाई, बोलाई हिडाई र व्यवहार फरक हुन्छ । जसले गर्दा उनीहरुले आफ्नो अपाङ्गताको प्रकार अनुसार विना अवरोध अपाङ्गता परिचय लिन सकेका छैनन् । अपाङ्गता परिचय पत्र लिने क्रममा अपाङ्गत भएका व्यक्तिहरुले अपाङ्गता मैत्री भौतिक संरचनाको अभावमा विभिन्न समस्याहरुको सामना गर्न परेको छ भने अपाङ्गता परिचय पत्रको आधारमा सेवा सुविधा पाइन्छ भन्ने लोभमा सामान्य अपाङ्गता भएका व्यक्तिहरुले अपाङ्गता परिचय पत्र लिने गर्दा अपाङ्गता पपरिचय पत्र वितरण गर्ने निकायका कर्मचारीहरुले पनि विभिन्न समस्याको सामना गर्न परेको छ । जसको कारण केही साङ्ग व्यक्तिहरको लापरबाहिको कारण अपाङ्गता परिचय पत्रको दुरुपयोग भएको पनि पाइन्छ । अपाङ्गता परिचय पत्र प्राप्त गर्ने अपाङ्गता भएका व्यक्तिहरुलाई नेपाल सरकारले सार्वजानिक यातायात, निःशुल्क शिक्षा, लोक सेवा तथा शिक्षक सेवा आयोगद्धारा लिइने विभिन्न पदका लागि राहत कोटा, सिट आरक्षण लगाएतका सेवा सुविधा प्रदान गर्ने गर्दछ ।

कतिपय व्यक्तिहरुले आफु सामान्य अपाङ्गता भएता पनि रातो वा निलो अपाङ्गता परिचय पत्रको लागि माग गर्ने गर्नाले अपाङ्गता परिचय पत्र वितरणमा समस्या भएको पाइन्छ । अपाङ्गता भएका व्यक्तिहरुको परिचय पत्र वितरण निर्देशिका २०६५ अनुसार गा.वि.स.तथा वडा कार्यलय, जनस्वास्थ्य कार्यलयको सिफारिस, २ वटा फोटो लगाएतका कागजातको आधारमा आ–आफ्नो जिल्लाको महिला बालबालिका कार्यलयबाट अपाङ्गता परिचय पत्र वितरण गर्ने गरिन्छ । तर कतिपय अवस्थामा अपाङ्गता परिचय पत्रका आधारमा विभिन्न सेवा सुविधा पाइने आसमा कतिपय साङ्ग व्यक्तिहरुले पनि अपाङ्गता परिचय पत्रको दुरुपयोग गरेको पनि पाइन्छ । यसको साथै कति पय सरकारी अस्पतालहरुमा अपाङ्गता परिचय पत्रको आधारमा स्वासथ्य सेवामा पनि केही सेवा सुविधा दिने व्यवस्था गरिएको छ । साथै पूर्ण असक्त अपाङ्गता भएका व्यक्तिहरुलाई रातो रङ्को अर्थात ‘क’ वर्गको अपाङ्गता  परिचय पत्रको आधारमा नेपाल सरकारले मासिक रु १ हजार रुपैया सामाजिक सुरक्षा भत्ता उपलब्ध गराउदै आएको छ । यस वर्ष देखि अति असक्त अर्थात निलो रङ्को अपाङ्गता परिचय पत्र प्राप्त गर्ने सबै अपाङ्गता भएका व्यक्तिहरुलाई मासिक रु ३ सय सामाजिक सुरक्षा भत्ता उपलब्ध गराउने व्यवस्था गरेको छ ।

तर अपाङ्गता परिचय पत्रको बारेमा त्यति प्रभावकारी रुपमा अधिकांश अपाङ्गता भएका व्यक्तिहरु र उनीहरुका अभिभावकहरुलाई जानकारी नभएको, जानकारी भएर पनि अपाङ्गता परिचय पत्र बनाउने ठाँउ सम्म अपाङ्गता भएका व्यक्तिहरुलाई पु¥याउन नसक्ने लगाएतका विभिन्न कारणहरुले गर्दा अधिकांश अपाङ्गता भएका व्यक्तिहरुले अपाङ्गता परिचय पत्रको उपयोग गर्न नपाएको अवस्था छ ।

bksharu40@gmail.com

About ICT Khabar/आइसिटी खबर

Check Also

काठमाडौँमा एटिएमको स्विच नै ‘ह्याक’ गरेर करोडौँ रकम यसरी निकालिएको थियो

२०७५ भदौ १४ गते बैंकिङ प्रणालीमाथि नै प्रश्न उब्जने गरी काठमाडौँमा एटिएमको स्विच नै ‘ह्याक’ ...