Breaking News
Home / आइसिटी न्युज/टेक अपडेट / अब रोबोटले फैसला सुनाउने

अब रोबोटले फैसला सुनाउने

काठमाडौं । अदालतमा अब रोबोटले फैसला सुनाउने भएको छ । उत्तरी यूरोपको एस्टोनियामा आर्टिफिसियल इन्टेलिजेन्स (एआई) रोबो-जर्ज बनाइएको छ । जसले तल्लो अदालतमा लामोसमय सम्म पेन्डिङमा रहेका मामिलालाई व्यवस्थित गर्नेछ । रोबोटले सुनाएको सबै फैसला आधिकारीक मानिनेछ ।  उजुरीकर्ताले  मानव जजबाट फैसलाको अपील गर्न सक्ने अधिकार भने पाउनेछन् ।

रोबोटले कानूनी दस्तावेजलाई बुझेर त्यसको विश्लेषण गरेपछि फैसला सुनाउनेछ । कानूनी भाषालाई राम्रोसँग बुझाउन रोबोटलाई प्रोग्रामिङका साथै  ट्रेनिङ पनि दिइएको छ । प्राविधिक टोली अदालतसँग जोडिएका जानकारी र प्रोटोकल जारी गरिरहेको छ जसलाई कानून विशेषज्ञको सल्लाहपछि परिवर्तन गर्न सकिनेछ ।

प्रोजेक्टमाथि काम भइरहेको छ, तर कहिलेबाट सुनवाई शुरू हुनेछ त्यसको जानकारी दिइएको छैन ।  मीडिया रिपोर्ट्सका अनुसार, मे महिनासम्ममा यसको घोषणा हुन सक्छ ।

About ICT Khabar/आइसिटी खबर

Check Also

युट्युबमा भिडियो नभेटिएपछि गुगलको हेडक्वार्टर तोडफोड गर्न पुगे युवक

एक युवक आफ्नो अनलाइन च्यानल र भिडियो युट्युबमा नभेटिएपछि गुगलको हेडक्वार्टर तोडफोड गर्न पुगेका छन् ...