Home / आइसिटी न्युज/टेक अपडेट / आइफोनमा साइबर हमला, फोन रिसिभ हुने तथा आवाज नसुनिने समस्या

आइफोनमा साइबर हमला, फोन रिसिभ हुने तथा आवाज नसुनिने समस्या

आइफोनमाथि साइबर हमला भएको छ । आइफोनमा भाइरस छिर्यो, फेसटाइम एपमा बगले आक्रमणका कारण फोन रिसिभ हुने तथा आवाज नसुनिने समस्या देखिएको छ । ग्रुप फेस टाइमका माध्यमबाट कसैलाई कल गर्दा फोन रिसिभ गर्नेलाई कसले गरेको हो, त्यो नै थाहा नहुने समस्या पनि देखा परेको छ ।

आइफोनमा देखापरेको बगको बारेमा सबैभन्दा पहिले ब्लुम्बर्गले सार्वजनिक गरेको छ । बग आक्रमणको खुलासा सँगै एप्पलले हालका लागि ग्रुप फेसटाइम कल फिचर सबै प्रयोगकर्ताका लागि बन्द गरिदिएको छ ।

प्रयोगकर्ताको सुरक्षालाई ध्यानमा राख्दै ग्रुप फेसटाइमलाई बन्द गरिएको बताइएको छ । यो एपमा अपडेट गरी बगमुक्त गराएपछि मात्र प्रयोगकर्ताका लागि उपलब्ध गराइनेछ ।

About ICT Khabar/आइसिटी खबर

Check Also

प्रहरीले फेसबुकबाटै सोधपुछ ! सामाजिक सञ्जालमार्फत कसैको चरित्र हत्या गर्नु कानुन विपरित

प्रहरीको काम सामाजिक सञ्जालका स्टाटसमाथि अनुसन्धान गर्ने मात्रै हुँदैन । कतिपय घटनामा सामान्य विषयमा अनावश्यक ...