Breaking News
Home / बिजनेस प्रोफाइल / आरएसडिसी लघुवित्तको आईपिओ भदौ ५ गतेबाट,कँहा कँहा दिने आवेदन ?

आरएसडिसी लघुवित्तको आईपिओ भदौ ५ गतेबाट,कँहा कँहा दिने आवेदन ?

आरएसडिसी लघुवित्त वित्तीय संस्था लिमिटेड (RSDC) ले भदौ ५ गतेबाट सर्वसाधारणका लागि शेयर निष्कासन गर्ने भएको छ । कम्पनीले एक सय रुपैयाँ अंकित दरका ४ करोड रुपैयाँ बराबरको ४ लाख कित्ता शेयर सर्वसाधारणका लागि निष्काशन गर्न लागेको हो । सर्वसाधारणका लागि चार करोड बराबरको शेयर निष्काशन पश्चात कम्पनीको चुक्ता पुँजी १० करोड रुपैयाँ पुग्नेछ ।

कम्पनीले निष्कासन गर्न लागेको चार लाख कित्ता साधारण शेयरबमध्ये ८ हजार कित्ता कर्मचारीका लागि र पाँच प्रतिशत अर्थात २० हजार कित्ता शेयर यसअघि नै सामूहिक लगानी कोषका लागि बाँडफाँट गरिसकेको छ । बाँकी रहेको तीन लाख ७२ हजार कित्ता शेयर मात्र सर्वसाधारणले पाउने छन् । कम्पनीको शेयर निष्कासन तथा विक्री प्रबन्धकएनआइबिएल क्यापिटलले दुई लाख कित्ता शेयरको प्रत्याभूति समेत गरेको छ ।

कम्पनीको शेयरमा कम्तिमा ५० कित्ता अर्थात ५ हजार रुपैयाँ बढीमा ४ हजार कित्ता अर्थात चार लाख रुपैयाँँ सम्मको लागि आवेदन दिन सकिने कम्पनीले जनाएको छ । भदौ ५ गतेबाट खुल्ने शेयरमा छिटोमा भदौ ८ र ढिलोमा १९ गतेसम्म आवेदन दिन सकिने कम्पनीले जनाएको छ ।

कम्पनीको शेयरका लागि शेयर निष्कासन तथा विक्री प्रबन्धक एनआइबिएल क्यापिटल लाजिम्पाट, नेपाल इन्भेष्टमेन्ट बैंकका विभिन्न शाखाहरु, आरएसडिसी लघुवित्तको कार्यालय लगायतका निम्न स्थानहरुबाट आवेदन दिन सकिनेछ ।

 

आरएसडिसी लघुबित्त कस्तो कम्पनी हो ?

आरएसडिसी लघुबित्त वित्तिय संस्था बैंक तथा बित्तीय संस्था ऐन २०६३ र कम्पनी ऐन २०६३ अर्न्तगत स्थापित नेपाल राष्ट्र बैंकबाट वित्तीय कारोबार गर्न इजाजतपत्र प्राप्त “घ“ वर्गको राष्ट्रिय स्तरको “थोक लघुकर्जा“ प्रदायक वित्तीय संस्था हो ।

रुपन्देहीको बुटबलमा केन्द्रीय कार्यालय रहेको वित्तीय संस्था २०७० भदौं २६ गते बुधवार देखी आफ्नो कारोबारको शुभारम्भ गरेको हो । संस्थाको अधिकृत पुँजी २० करोड रुपैयाँ रहेको छ भने जारी पुँजी रु. १० करोड रुपैया रहेको छ । संस्थाको चुक्ता पुँजी ६ करोड रुपैयाँ रहेको छ । सर्वसाधारणका लागि चार करोड बराबरको शेयर निष्काशन पश्चात कम्पनीको चुक्ता पुँजी १० करोड रुपैयाँ पुग्नेछ ।

राष्ट्र बैङ्कले थोक कर्जा प्रदान गर्ने लघुवित्त संस्थाहरुले २०७५ असारमसान्तसम्ममा न्यूनतम चुक्तापूँजी ६० करोड रुपैयाँ पुर्याउँनु पर्ने निर्देशन दिएको छ ।

यसमा ग्रामीण स्वावलम्बन विकास केन्द्र र लुम्विनी बैंकको मुख्य लगानी रहेको छ भने विभिन्न ४० भन्दा बढी जिल्लाका १७२ जना व्यक्ति समेत यसका प्रवद्र्धक रहेका छन् । बुटवलमा केन्द्रिय कार्यालय रहेको यो संस्थाले आयआर्जन र रोजगारी र्सिजना गरि आर्थिक विपन्नता र पछौटेपन कम गर्नमा आफ्नो लगानी केन्द्रित गर्दे आएको छ ।

About ICT Khabar/आइसिटी खबर

Check Also

सूचना प्रविधि विधेयक २०७५, पारित, अब सामाजिक सञ्जाल नेपालमा दर्ता हुनुपर्छ

फेसबुक ट्वीटर सञ्चालकले नेपालमा दर्ता गर्नुपर्दछ, प्रयोकर्ताले होइन प्रतिनिधिसभाको बैठकले “सूचना प्रविधि सम्बन्धी विधेयक, २०७५ ...

This is the code for your widget. Just copy and paste it into your website. New widgets may take up to 30 minutes before they start displaying properly.
Loading...