Breaking News
Home / आइसिटी इन्फो / सुटकेस पनि आर्टिफिसियल इन्टेलिजेन्स प्रविधिको

सुटकेस पनि आर्टिफिसियल इन्टेलिजेन्स प्रविधिको

जसलाई गुडाउनु पर्दैन, अनुहार चिनेर आफैं गुड्छ

चिनियाा रोबोटिक्स कम्पनीलेआर्टिफिसियल इन्टेलिजेन्स प्रविधिको सहायताले तयार पारेको CX-1 नामक शुटकेस सार्वजनिक गरिएको छ ।

रोबोटिक्स टेक्नोलोजीमा आधारित यस सुटकेसले आफ्नो मालिकको अनुहार पहिचान गरेर पछ्याउन सक्दछ । यसमा ४ वटा पांग्रा, १७० डिग्री वाइड एंगल क्यामरा तथा पोजिशनिङका लागि लाइडर जडान गरिएको छ । यसले आइडेन्टिफिकेसन तथा ट्रयाकिङ्ग एल्गोरिदमको प्रयोग गरी मानिससँगै गुड्छ ।

योसँगै एउटा यस्तो ब्रासलेट पनि छ, जसले यसमा हुने गडबडी तथा सुटकेसले बाटो बिराएको अवस्थामा सूचित गर्दछ । यसमा एक ब्याट्री पनि हुन्छ जसलाई मोबाइल चार्जिङका लागि समेत प्रयोग गर्न सकिन्छ । यदि तपाईंले गल्तीले आफ्नो सुटकेस कतै छाड्नुभयो भने पनि सूटकेसले तपाईंलाई भुल्नेछैन र पछि पछि हिड्नेछ । आफूसँगै यसलाई हिडाउनका लागि कुनै बटन दबाउनु पर्दैन तपाईंको अनुहार तथा चाललाई पहिचान गरी पछि पछि गुड्दछ ।

यो सुटकेस अमेरिकाको लस भेगासमा सुरु भएको कन्जुमर इलेक्ट्रोनिक शो २०१८ मा सार्वजनिक गरिएको हो ।

About ICT Khabar/आइसिटी खबर

Check Also

नेपाली इन्जिनियरले बनाए ‘मेड इन नेपाल’ पहिलो भूउपग्रह

नेपाली बिद्यार्थीले अन्तरिक्षमा प्रक्षेपण गर्ने मिल्ने ‘पिको (पकेट क्युब) भूउपग्रह निर्माण गरेका छन्।भक्तपुरकाे कमलबिनायकस्थित ओराइन ...

This is the code for your widget. Just copy and paste it into your website. New widgets may take up to 30 minutes before they start displaying properly.
Loading...