Breaking News
Home / आइसिटी इभेन्ट/गतिविधि / इन्फोटेक २०१९ लाई ३ लाखले हेरे, मेलामा ड्रोन, दूरशिक्षा, स्मार्ट होम र कृषि प्रविधि विशेष

इन्फोटेक २०१९ लाई ३ लाखले हेरे, मेलामा ड्रोन, दूरशिक्षा, स्मार्ट होम र कृषि प्रविधि विशेष

काठमाडौं राजधानीको भृकुटीमण्डमा जारी सूचना प्रविधि मेला क्यान इन्फोटेक २०१९ पाँचौं दिनसम्ममा करिब ३ लाखले अवलोकन गरेको क्यान महासंघले जनाएको छ ।

सूचना प्रविधि मेलाको शनिबार मन्त्रिपरिषदका पूर्वअध्यक्ष खिलराज रेग्मी, नेपाल कम्युनिस्ट पार्टी नेकपाका महासचिव विष्णु पौडेललगायतले अवलोकन भ्रमण गरेका छन् । उनीहरुले सूचना प्रविधिको विकासमा क्यान महासंघको भूमिकाको सराहना गरे । क्यान महासंघका उपाध्यक्ष रोमकान्त पाण्डेले नेपाली प्रविधिको उत्पादनमा भएको वृद्धिले क्यान इन्फोटेकको दायरा थप फराकिलो बनाएको महसुस भएको बताए । ‘यसपटकको मेलामा नेपाली प्रविधि र नेपाली प्राविधिकको उत्साहजनक उपस्थितिले हामीलाई थप हौसला मिलेको छ,’ उनले भने, ‘केही वर्षको अवधिमै प्रविधि र दक्ष प्राविधिक जनशक्तिको उत्पादनमा नेपाल निकै अगाडि पुगेको अनुभूत भएको छ ।’

कम्प्युटर एसोसिएसन नेपाल (क्यान) महासंघले माघ १५ गतेदेखि आयोजना गरेको २५औं संस्करणको क्यान इन्फोटेक २०१९ मा दैनिक जीवनमा प्रविधिको प्रयोगलाई विशेष महत्व दिइएकाले पनि अवलोकनकर्ताको उल्लेख्य घुइँचो लागेको हो । मेलामा औषधि ओसारपसारका लागि ड्रोनको प्रयोग, दूरशिक्षा सिकाइ, स्मार्ट होम र कृषिक्षेत्रमा प्रविधिको प्रयोग अवलोकन गर्न सकिन्छ । मेलास्थलमै सहरको कुनै एक स्थानबाट इन्टरनेटको माध्यमबाट दूरदराजदेखि गाउँगाउँका विद्यालयमा एकसाथ अध्ययन–अध्यापन गराइएको छ ।

‘सुबिसु क्यान इन्फोटेक २०१९ इन एसोसिएसन विथ ईसेवा’ नाम दिइएको मेलामा सूचना तथा सञ्चार क्षेत्रका नौला प्रविधि र उपकरणका साथै नयाँ–नयाँ सफ्टवेयर, सुरक्षा उपकरण र नेपाली प्राविधिकले विकास गरेका प्रविधि प्रदर्शनीमा राखिएका छन् ।

मेला अवलोकनकर्ताहरुले पनि यसपटकको सूचना प्रविधि मेला धेरै हिसाबले विगतको भन्दा भिन्न रहेको बताएका छन् । ‘पहिला–पहिला क्यान इन्फोटेकमा हार्डवेयरको बिक्री–वितरणभन्दा बढी केही हुँदैनथ्यो,’ हरेक वर्षजसो क्यान अवलोकन गर्दै आएका नवलपरासीका सुदिप बराल भन्छन्, ‘यसपटकको मेला सफ्टवेयर र त्यसको व्यावहारिक प्रयोगमा बढी केन्द्रित रहेको पाइयो ।’

मेलामा तीनवटा डिभाइसमा कनेक्ट गर्न मिल्ने किबोर्डमा पनि अवलोकनकर्ताले विशेष रुचि देखाएका छन् । यो किबोर्ड ब्लुटुथको माध्यमबाट टिभीमा पनि कनेक्ट गर्न सकिने र मोबाइलबाट पनि प्रयोग गर्न सकिन्छ । त्यस्तै, ट्राफिक म्यानेजमेन्टमा उपयोग गर्न सकिने सिसिटिभी क्यामेरा पनि मेलामा राखिएको छ । मानिस तथा वस्तुको संख्यासमेत गणना गर्न सक्ने यो क्यामेराले उद्योगी एवं सर्वसाधारणको ध्यान खिचेको छ । बुधबारदेखि सुरु भएको रोबोट ब्याटल कम्पिटिसनमा अवलोकनकर्ताको विशेष आकर्षण देखिएको छ ।

कुल १७५ स्टल रहेको मेलामा हार्डवेयर सेल्स तथा मेन्टिनेन्स, पावर सोलुसन्स, मोबाइल एसेसोरिज, डिलर र डिस्ट्रिव्युटर्स, इन्टरनेट सेवाप्रदायक, टेलिकम्युनिकेसन्स, आईसिटी कलेज तथा ट्रेनिङ इन्स्टिच्युट, सफ्टवेयर सोलुसन्स, पेमेन्ट सोलुसन्सलगायतका स्टल छन् । मेला अवलोकनका लागि सर्वसाधारणलाई प्रवेश शुल्क १०० रुपैयाँ र विद्यार्थीलाई ५० रुपैयाँ तोकिएको छ ।

प्रविधि मेलामा सामूहिक रुपमा आउन चाहने सरकारी विद्यालयमा अध्ययनरत विद्यार्थीले विद्यालयबाट पत्र लिएर आएमा निःशुल्क प्रवेश पाउने व्यवस्था मिलाइएको छ । त्यस्तै, जेष्ठ नागरिक र अपांगता भएका व्यक्तिलाई पनि निःशुल्क प्रवेशको सुविधा दिइएको छ ।

प्रदेश इन्फोटेक पनि धमाधम हुँदै रा

जधानीमा जारी क्यान इन्फोटेक सकिएलगत्तै प्रादेशिक इन्फोटेकमा क्यान महासंघ जुट्नेछ । भृकुटीमण्डपमा सूचना प्रविधि मेला सकिएको एक साता नबिन्दै प्रदेश ३ को चितवनमा माघ २७ देखि ३० गतेसम्म चार दिन मेला लाग्नेछ । त्यसपछि गण्डकी प्रदेशको पोखरामा फागुन १४ देखि १८ सम्म, प्रदेश ५ को बुटवलमा फागुन ३ देखि ७ र कर्णाली प्रदेशको सुर्खेतमा फागुन २२ देखि २६ सम्म प्रादेशिक इन्फोटेक आयोजना गरिएको क्यान महासंघका वरिष्ठ उपाध्यक्ष नवराज कुँवरले जानकारी दिए । यसअघि, प्रदेश १ को विराटनगरमा पुस १९ देखि २३ र प्रदेश २ को वीरगन्जमा पुस २७ देखि ३० गतेसम्म प्रादेशिक इन्फोटेक सम्पन्न भइसकेको छ ।

About ICT Khabar/आइसिटी खबर

Check Also

नेपाली इन्जिनियरले बनाए ‘मेड इन नेपाल’ पहिलो भूउपग्रह

नेपाली बिद्यार्थीले अन्तरिक्षमा प्रक्षेपण गर्ने मिल्ने ‘पिको (पकेट क्युब) भूउपग्रह निर्माण गरेका छन्।भक्तपुरकाे कमलबिनायकस्थित ओराइन ...

This is the code for your widget. Just copy and paste it into your website. New widgets may take up to 30 minutes before they start displaying properly.
Loading...