Breaking News
Home / आइसिटी इभेन्ट/गतिविधि / एकल युवायुवतीलाई पार्टनर खोजिदिने रोबर्ट कार्यक्रम

एकल युवायुवतीलाई पार्टनर खोजिदिने रोबर्ट कार्यक्रम

काठमाडौं । जापानको राजधानी सहर टोकियोमा एकल युवा युवतीलाई जोड खोजिदिने एक कार्यक्रम  आयोजना गरिएको थियो । सो कार्यक्रममा साना साना रोबर्टहरु पनि राखिएको थियो । रोबर्टहरुले यो कार्यक्रममा एकअर्कासँग कुरा गर्न लजाइरहेका युवायुवतीको कुरा आदानप्रदान गरिरहेको थियो ।

कार्यक्रममा २५ देखि ३९ वर्षका २८ युवायुवतीले भाग लिएका थिए । यी रोबर्टको माध्यमबाट ४ जोडी बनेका थिए । टोकियोमा रहेको आर्टिफिसियल इन्टेलिजेन्स, रोबर्टिक्स र अन्य प्रविधिमा काम गर्ने कन्टेन्ट इनोभेशन प्रोग्राम (सीआईपी) ले आयोजना गरेको थियो । सीआईपीका अधिकारी युनोसुके ताकाहाशीले आफ्नो विवाहको कुरा भन्न लजाउने मानिसका लागि सहयोग गर्ने बताए ।

समाचारमा बताइएअनुसार  कार्यक्रममा आएका सहभागीलाई शुरुमा ४५ फरक फरक प्रश्न सोधिएको थियो । यसमा उनीहरुको इच्छा, शोख, नोकरीजस्ता जानकारी थिए । उक्त जानकारी अधिकारीहरुले रोबर्टमा अपलोड गरेका थिए । यसको आधारमा रोबर्टले उनीहरुको सानो परिचय पनि बनाएको थियो । यो विवरणको प्रयोग गरेर रोबर्ट्सले युवा–युवतीको कुरा एकअर्कामा पुर्‍याएका थिए ।

About ICT Khabar/आइसिटी खबर

Check Also

फेसबुकमा समस्या, संसारभरका प्रयोगकर्ता प्रभावित

सामाजिक सञ्जाल फेसबुक र इन्स्टाग्राममा समस्या आएको छ ।बुधबारदेखि नै सामाजिक सञ्जालहरू फेसबुक र इन्स्टाग्राममा ...