Breaking News
Home / आइसिटी न्युज/टेक अपडेट / एनसेल ‘भ्यालेन्टाइन अफर’ रोजेको व्यक्तिसँग मस्त कुराकानी

एनसेल ‘भ्यालेन्टाइन अफर’ रोजेको व्यक्तिसँग मस्त कुराकानी

एनसेल प्रालिले ‘भ्यालेन्टाइन अफर’ ल्याएको छ । अफर अन्तर्गत प्रयोगकर्ताले सुलभ मूल्यमा असिमित कुराकानीको मजा लिन सक्ने कम्पनी बताउँछ ।

यो भ्यालेनटाइन अफर भोलि शुक्रबारबाट लागु हुनेछ । अफर अन्तर्गत एनसेलका पि्रपेड तथा पोस्टपेड ग्राहकले एउटा एनसेल नम्बरलाई आफ्नो नम्बरसँग बिना कुनै शुल्क पेयर गरी मात्र ५० पैसा (कर बाहेक) प्रति मिनेटमा फेब्रुवरी महिना भर (माघ १८ देखि फागुन १६ गते) कुरा गर्न सक्नेछन् ।

यसका साथै यो सेवा सुचारु गर्ने ग्राहकले १०० वटा एसएमएस निःशुल्क पाउनेछन् । यसरी प्राप्त निःशुल्क एसएमएस पेयर गरिएको नम्बरमा सन्देशहरु पठाउन प्रयोग गर्न सकिने कम्पनीले जानकारी दिएको छ ।

ग्राहकले एस्टि्रक्स् १७१०६ एस्टि्रक्स् पेयर गरिने मोबाइल नम्बर ह्यास डायल गरी यो सेवा सुचारु गर्न सक्नेछन् । ग्राहकहरुले सिधै १७१०६ डायल गरेर पनि अफर सुचारु गरी आफूले चाहेको एनसेल नम्बर पेयर गर्न सक्नेछन् ।

About ICT Khabar/आइसिटी खबर

Check Also

नेपाली इन्जिनियरले बनाए ‘मेड इन नेपाल’ पहिलो भूउपग्रह

नेपाली बिद्यार्थीले अन्तरिक्षमा प्रक्षेपण गर्ने मिल्ने ‘पिको (पकेट क्युब) भूउपग्रह निर्माण गरेका छन्।भक्तपुरकाे कमलबिनायकस्थित ओराइन ...

This is the code for your widget. Just copy and paste it into your website. New widgets may take up to 30 minutes before they start displaying properly.
Loading...