Breaking News
Home / आइसिटी न्युज/टेक अपडेट / एप्पलको पुरानो थोत्रो कम्प्युटरको लिलामीको मूल्य ३ करोड

एप्पलको पुरानो थोत्रो कम्प्युटरको लिलामीको मूल्य ३ करोड

अमेरिकामा एउटा थोत्रो कम्प्युटरको लिलामी हुँदैछ । आश्चर्यको कुरा यो कम्प्युटरको लिलामीको मूल्य ३ लाख डलर (३ करोड ३० लाख नेपाली रुपैयाँ)बाट सुरु हुँदैछ । अमेरिकाको बोस्टनको आरआर अक्सन कम्पनीले त्यो कम्प्युटरको लिलामी गर्नेछ ।

यो कम्प्युटर एप्पल कम्पनीको कम्प्युटर हो । यसलाई १९७० को दशकमा स्टिभ जब्स र स्टिभ भोज्नियाकले बनाएका थिए । एप–१ नामको यो कम्प्युटरको मूल्य त्यतिबेला मात्रै ६६६ डलर थियो । एपल–१ ले आज पनि काम गरिरहेको छ । १९७६–७७ को बीचमा जब्स र भोज्नियाकले करिब २ सय कम्प्युटर डिजाइन गरेका थिए । तीमध्ये ६० कम्प्युटर मात्र अहिलेसम्म बाँकी छन् । यो तिनैमध्येको एक हो ।

एप्पलका एक्सपर्ट कोरे कोहेनका अनुसार यसमा सबै पार्टहरु ओरिजिनल छन् । यसको कीबोर्ड पनि ४० वर्ष पुरानो छ ।

About ICT Khabar/आइसिटी खबर

Check Also

माइक्रोसफ्टको विन्डोज ७ बन्द हुदै

काठमाडौं ।  माइक्रोसफ्टले अपरेटिङ सिस्टम विन्डोज ७ लाई बन्द गर्ने भएको छ ।  हालै माइक्रोसफ्टले ...