Breaking News
Home / आइसिटी टुरजिम / के हो ओफुरो ? अफूरो प्रयोग गर्दा स्वास्थ्यका लागि फाइदै फाइदा

के हो ओफुरो ? अफूरो प्रयोग गर्दा स्वास्थ्यका लागि फाइदै फाइदा

काठमाडौ । मानिसको जीवन निकै व्यस्त छ । खानपान र व्यस्त जीवनका कारण चाहेर पनि मानिस स्वस्थ बन्न सक्दैन । तर यस्ता मानिसलाई स्वस्थ भएर जीवन बरदान दिने पद्धती भनेको ओफुरो हो । विश्वमा यो पद्धती निकै लोकप्रिय र प्रचलनमा भएपनि नेपालीहरुलाई यसविषयमा जानकारी कम छ । तर यो मानिस स्वास्थ्यका लागी अति उपयोगी र आवश्यक पनि छ ।
आखिर के हो ओफुरो ?

ओफुरो भनेको जापानी पद्धतिबाट गरिने प्राकृतिक उपचारको साथै आरामदायी सेवा हो । यो सेवा जापानमा निकै प्रख्यात छ । त्यहाँका मानिसहरुले दैनिकजसो बेलुका ३० मिनेट देखि ६० मिनेटसम्म यो सेवा लिने गर्छन् । जापानीज मानिसहरुको सरदर आयु अरु देशका मानिसहरुको भन्दा बढी छ । यसको कारण ओफुरो पनि एक हो । यो सेवा प्रायः जसो जापानीजहरुको घरमा नै भएको पाईन्छ । जसको घरमा छैन उनीहरु नजिकको स्पा वा हेल्थ क्लबहरुमा गएर सेवा लिने गर्दछन् । हाल आएर अफुरो विश्वका विभिन्न देशहरुमा दिनप्रतिदिन  प्रख्यात हुँदै गईरहेको छ र निर्माणाधीन नयाँ नयाँ स्पा र क्लबहरुमा अफुरो  सेवा उपलब्ध हँ’दै गएको छ ।

अफुरो भनेको ज्याकुजी सँग मिल्दो जुल्दो खालको हुन्छ तर यसमा कुनै किसिमका बवल्सहरु (पानीका फोकाहरु) आउँदैनन् । अफुरो भित्रको पानीको तापक्रम सामान्यतया ४० देखि ४५ डि.सेल्सियस सम्म हुन्छ  यसलाई आफुले चाहेअनुसार तापक्रम घटबढ गर्न सकिन्छ । यो सेवा लिँदा ठाऊँ अनुसार बाहिर लगाएका कपडाहरु खोली राम्रोसँग नुहाएर मात्र  विभिन्न खालका कपडाहरु लगाउन दिईन्छ ।  अफुरो भित्र गईसकेपछि आफ्नो घाँटी भन्दा तलको भागलाई ताातोपानी भित्र डुबाएर आरामका साथ बस्नुपर्दछ । यसरी बस्दा आफुलाई गाह्रो भएको अनुभव भयो भने अफुरो बाट बाहिर निस्की झोल पदार्थ खाई आराम सँग बस्नुपर्दछ । तातोपानीमा सन्चो, तितेपाती जस्ता विभिन्न प्राकृतिक र अर्गानिक वस्तुहरु समेत राखिने भएकाले यो सेवा मानिव स्वास्थ्यका लागि बरदान नै मानिन्छ ।

के हुन् ओफुरोका विशेषता ?

ओफुरोबाट निरोगी मानिसहरू स्वस्थ रहन मात्र होइन विभिन्न किसिमका रोग तथा शारिरीक समस्या समेत समाधान हुन्छन् । यसबाट ढाड दुखेको, जोइन्ट पेन, सुगर, युरीक एसीड, प्रेसर, वेट लस, मस्कुलर पेन जस्ता रोगको उपचार हुन्छ । शारिरीक थकान भएका बेला पनि यो निकै उत्कृष्ट सेवा हो । निद्रा नपर्नु, खाना अपच हुनु, शरिरलाई स्फुर्ती राख्न यो पद्धती निकै उपयोगी मानिन्छ । अझ अहिले चुरोट, मदिरा सेवन गर्ने, अन्य खानेकुरा खाने मानिसहरूलाई त यो अझ बढि उपयोगी छ । मोटोपना घटाउने, बोँसो पगाल्ने सबैभन्दा उत्तम उपाय पनि यसैलाई मानिन्छ ।

कसरी गर्ने ओफुरो, कति लाग्छ खर्च ?

ओफुरो नेपालीका लागी नौलो पद्धती भएपनि स्वास्थ्यका दृष्टीले निकै उपयोगी र अत्यावश्यक सेवा हो । यो सेवा लिन जान मानिसले केही लैजानु पर्दैन । ओफुरोमा बस्दा लगाउने भित्री कपडा केहीपनि लैजानु पर्र्दैन । सबै व्यवस्था त्यहिँ हुन्छ ।  कम्तिमा एक देखि दुई घण्टाको समय लिएर जानु पर्दछ । ओफेरो बस्दा १ हजार रूपैयाँ सेवा शुल्क लाग्छ । एक हजार तिरेपछि स्वास्थ्यका लागी उपयोगी आफुरो सेवा लिन सकिन्छ । ओफुरो प्याकेजसँगै साउना र स्टिम वाथको सेवा समेत पाइन्छ ।

नेपालमा कहाँ छ यस्तो सेवा ?

विश्वभर निकै लोकप्रिय बनेको ओफुरो सेवा नेपालमा समेत उपलब्ध छ । राजधानीको ठमेलमा रहेको रियल थेरापी एण्ड ब्युटी प्वईन्टले नेपालमा पहिलो पटक ओफुरो सेवा भित्राएको हो । रियल थेरापीमा ओफुरो सेवा लिन सकिन्छ । http://www.nepalmassage.com

कस्ता व्यक्तिले ओफुरो गर्नु हुँदैन  ?

अत्याधिक उच्च रक्तचाप भएका

कुनैपनि अंगको मेजर सर्जरी गरेको ६ महिना नपुगेको अवस्थाका व्यक्तिले

शरिभित्र स्टिल अथवा रड राखेका / प्रयोग गरेका व्यक्ति

गर्भावस्था भएको ४ महिनाभन्दा माथिका महिला

स्किन एलर्जी तथा छाला सम्बन्धि स्थायी रोग भएका

रजस्वला भएको अवस्थामा

ओफुरो हरेक व्यक्तिलाई उत्तिकै आवश्यक छ । अझ बढि मात्रामा कामको प्रेसर, अत्याधिक व्यस्त रहनु, लामो समयसम्म कम्प्युटरमा बसेर काम गर्ने, अधिकांश समय बैठक र छलफलमा बिताउने, चुरोट मदिरापन गर्ने यस्ता व्यक्ति सके हप्तामा एक पटक नसके कम्तिमा १५ दिनको एक पटक ओफेरो सेवा लिँदा उसको स्वास्थ्यमा निकै नै सहजता आउँछ ।

About ICT Khabar/आइसिटी खबर

Check Also

सूचना प्रविधि विधेयक २०७५, पारित, अब सामाजिक सञ्जाल नेपालमा दर्ता हुनुपर्छ

फेसबुक ट्वीटर सञ्चालकले नेपालमा दर्ता गर्नुपर्दछ, प्रयोकर्ताले होइन प्रतिनिधिसभाको बैठकले “सूचना प्रविधि सम्बन्धी विधेयक, २०७५ ...

This is the code for your widget. Just copy and paste it into your website. New widgets may take up to 30 minutes before they start displaying properly.
Loading...