Breaking News
Home / आइसिटी इभेन्ट/गतिविधि / क्यान इन्फोटेक २०१९ दोस्रो दिनमा एक लाखद्वारा अवलोकन

क्यान इन्फोटेक २०१९ दोस्रो दिनमा एक लाखद्वारा अवलोकन

रोबोट ब्याटल कम्पिटिसनको विशेष आकर्षण

कम्प्युटर एसोसिएसन नेपाल (क्यान) महासंघले माघ १५ गतेदेखि आयोजना गरेको २५औं संस्करणको क्यान इन्फोटेक २०१९ मा अवलोकनकर्ताले उत्साहजनक सहभागिता जनाएका हुन् । मेलाको दुई दिन दिनमै एक लाखभन्दा बढीले अवलोकन गरेका छन् ।

मेलामा रोबोट ब्याटल कम्पिटिसनमा अवलोकनकर्ताको विशेष आकर्षण देखिएको छ । मेलाको रोबोटिक्स जोनमा मेलाको अन्तिम दिन आइतबार (२० गते)सम्म पाँच दिन रोबोट ब्याटल कम्पिटिसन हुनेछ । कम्पिटिसनमा मावि, उच्च मावि तथा इन्जिनिरिङ कलेजका विद्यार्थीले बनाएका रोबोटबीच ब्याटल कम्पिटिसन हुनेछ ।

मेलामा प्रविधिको माध्यमबाट अध्ययन गराइएको थियो । धादिङबाट क्यान इन्फोटेक अवलोकन गर्न आएको विद्यार्थीलाई बुटवलको कालिका माविका शिक्षकले प्रविधिको माध्यमबाट अध्यापन गराएका थिए ।  कुल १७५ स्टल रहेको मेलामा हार्डवेयर सेल्स तथा मेन्टिनेन्स, पावर सोलुसन्स, मोबाइल एसेसोरिज, डिलर र डिस्ट्रिव्युटर्स, इन्टरनेट सेवाप्रदायक, टेलिकम्युनिकेसन्स, आईसिटी कलेज तथा ट्रेनिङ इन्स्टिच्युट, सफ्टवेयर सोलुसन्स, पेमेन्ट सोलुसन्सलगायतका स्टल छन् । मेला अवलोकनका लागि सर्वसाधारणलाई प्रवेश शुल्क १०० रुपैयाँ र विद्यार्थीलाई ५० रुपैयाँ तोकिएको छ । माघ १७ गते बिहीबार बिजनेस डेका दिन भने सबैले १०० रुपैयाँ प्रवेश शुल्क तिर्नुपर्नेछ ।

२५औं संस्करणको क्यान इन्फोटेकको मुख्य प्रायोजक सुबिसु केबलनेट प्रा.लि. हो भने एसोसिएट प्रायोजक ई सेवा फोन पे प्रा.लि. हो । डाइमन्ड स्पोन्सरमा प्रभु ग्रुप रहेको छ । त्यस्तै, गोल्ड स्पोन्सरमा एनसेल प्रा.लि. र लर्ड बुद्ध एजुकेसन फाउन्डेसन रहेका छन् । मेलाको सिल्भर स्पोन्सरमा एसएचटिसी इन्टरनेसनल, एस–पावर बिपिई प्रा.लि. र टेक्नोज कर्पोरेसन (नेपाल) प्रा.लि. तथा प्रिन्ट स्पोन्सरमा एक्सन प्वाइन्ट नेपाल रहेको छ । क्यान इन्फोटेकको अफिसियल पार्टनर नेपाल क्लियरिङ हाउस लिमिटेड, अफिसियल बैंक प्रभु बैंक, बिमा पार्टनर प्रभु इन्स्योरेन्स लिमिटेड, अफिसियल स्पोन्सरमा सञ्चारतर्फ नेपाल टेलिकम र अफिसियल अनलाइन टिकेटिङमा एफ वान सफ्ट इन्टरनेसनल प्रा.लि. रहेका छन् ।

जानकी टेक्नोलोजी प्रा.लि. अफिसियल एसएमएस पार्टनर र अफिसियल डिजिटल मार्केटिङ पार्टनरको भूमिकामा रहेको छ । मेलाको अफिसियल अनलाइन पेमेन्टमा ई–सेवा फोनपे प्रा.लि., अफिसियल इन्टरनेट सर्भिस प्रोभाइडरमा सुबिसु केबल नेट प्रा.लि., अफिसियल सिसिटिभी पार्टनरमा ई–थ्री सेल्स एन्ड सर्भिस प्रा.लि. र अफिसियल क्रिएटिभमा वान अप प्रा.लि. रहेका छन् ।

About ICT Khabar/आइसिटी खबर

Check Also

नेपाली इन्जिनियरले बनाए ‘मेड इन नेपाल’ पहिलो भूउपग्रह

नेपाली बिद्यार्थीले अन्तरिक्षमा प्रक्षेपण गर्ने मिल्ने ‘पिको (पकेट क्युब) भूउपग्रह निर्माण गरेका छन्।भक्तपुरकाे कमलबिनायकस्थित ओराइन ...

This is the code for your widget. Just copy and paste it into your website. New widgets may take up to 30 minutes before they start displaying properly.
Loading...