Home / आइसिटी न्युज/टेक अपडेट / गुगलको अन्त्य यसरी हुदैछ

गुगलको अन्त्य यसरी हुदैछ

विश्वको सबैभन्दा वृहत सर्च इन्जिनको रुपमा रहेको गुगलले भविष्यमा आफ्नो पकड गुमाउने एकजना चर्चित अर्थशास्त्री तथा प्रविधि विश्लेषकले दाबी गरेका छन् ।

आफ्नो पुस्तक ‘लाइफ आफ्टर गुगल: द फल अफ बिग डाटा एण्ड द राइज अफ ब्लकचेन इकोनोमी’ मा लेखक जर्ज गिल्डरले यस्तो दाबी गरेका हुन् ।

आगामी दिनमा इन्टरनेट प्रयोगकर्ताको रुची ब्लकचेन जस्ता प्रविधितर्फ बढ्नेछ ।

ब्लकचेन टेक्नोलोजी यस्तो प्लेटफर्म हो जहाँ केवल डिजिटल करेन्सी मात्र होइन, कुनैपनि चिजलाई डिजिटल रुपमा परिवर्तन गरी रेकर्ड राख्न सकिन्छ । यसअर्थ ब्लकचेन एक डिजिटल लेजर हो । उनका अनुसार आगामी दिनमा प्रयोगकर्ताले आफ्नो डाटाको गोपनियताका विषयमा अधिक नियन्त्रणको माग गर्नेछन् । अनि नयाँ इन्टरनेट प्रविधिका कारण अहिलेको सर्च इन्जिन दिग्गज गुगललाई झट्का लाग्नेछ । किनकि प्रयोगकताहरुले आफ्ना डाटा तथा जानकारीहरु आफैंसँग राख्न पाउने अधिकारको माग गर्न सक्दछन् ।

यसो भएमा इन्टरनेटमा व्यवसायलाई निकै बढावा मिल्नेछ । तर यो डब्लु डब्लु डब्लुको सुरुवाती दिनहरु जस्तो हुनेछैन । उदाहरणका लागि अनलाइन न्यूज साइटहरुले आफ्ना सामाग्रीहरु प्रयोगकर्तालाई माइक्रो पेमेन्ट्समा बेच्न सक्दछन् । यसो गर्दा विज्ञापनमा निर्भरताको पनि अन्त्य हुने दाबी उनको छ ।

गुगल आफ्नो यूगको अन्त्यतर्फ अग्रसर रहेको दाबी उनले पुस्तकमा गरेका छन् । खासगरी इन्टरनेटमा सेक्योरिटीको विषयलाई पन्छाउँदै जानु, धेरै प्रडक्टहरु सित्तैमा दिनु तथा विज्ञापनिक रणनीतिबाट पैसा कमाईमा निर्भर हुनेजस्ता कुराहरु गुगलको पतनका कारक तत्व रहेको उनको दाबी छ ।

एजेन्सी

About ICT Khabar/आइसिटी खबर

Check Also

फेसबुक लाइभ गर्दै हुनुहुन्छ ? अब सचेत हुनुहोस्

सामाजिक सञ्जाल फेसबुकले प्रत्यक्ष प्रसारण सम्बन्धि नयाँ नियम ल्याएको छ । आफ्नो नीति विपरीत आतंकवाद ...