Home / आइसिटी न्युज/टेक अपडेट / चितवनका एक युवकले फेसबुक लाइभमै आत्महत्या गरे

चितवनका एक युवकले फेसबुक लाइभमै आत्महत्या गरे

फेसबुक लाइभमै चितवन कालिका नगरपालिका–७ का २५ वर्षीय निश्चल तामाङले आत्महत्या गरे । तामाङले फेसबुकमा लाइभ जानु २ घण्टा अगावै केही गम्भीर कुरा हुन लागेको उल्लेख गर्दै स्टाटस लेखेका थिए । उनले मध्यराति १२ बजे आफू लाइभ आउने बताउँदै भिडियो रेकर्ड गर्न समेत भनेका थिए । तर, त्यसवेला उनको त्यो स्टाटसलाई गम्भीरताका साथ लिइएन । उनको त्यो पोष्टमा कुनै प्रतिक्रिया आएको थिएन ।

मध्यराति १२ बजेको जनाउ दिँदै उनले उनले अर्को स्टाटस पोष्ट गरेका थिए ।

त्यसपछि दुई वटा स्टाटस लेखेर उनी मदिरा पिउँदै लाइभमा आएका थिए । लाइभमा उनले आफू जिन्दगीबाट आजित भएको बताएका थिए ।

उनले आमाको सलमा आफू झुण्डिन लागेको भन्दै सल समेत देखाएका थिए । आधा घण्टा लामो फेसबुक लाइभमा क्रममा थुप्रै भिजिटरहरु त्यहाँ जोटिएका थिए ।

कतिपयले उनलाई त्यसो नगर्न सुझाव दिए । कतिपयले नेपाल प्रहरीको पेजलाई पनि मेन्सन पनि गरे । यद्यपि, उनी अाफ्नो निर्णयबाट पछि हटेनन् आत्महत्या गरी छाडे ।

About ICT Khabar/आइसिटी खबर

Check Also

विश्वभरको इन्टरनेट अवरुद्ध हुँदैछ, किन ?

रसिया टुडेको रिपोर्ट अनुसार इन्टरनेट कर्पोरेसन अफ असाइन्ड नेम्स एण्ड नम्बर्सले क्रिप्टोग्राफिक की सिस्टमको मर्मत ...

This is the code for your widget. Just copy and paste it into your website. New widgets may take up to 30 minutes before they start displaying properly.
Loading...