Breaking News
Home / आइसिटी न्युज/टेक अपडेट / ताप्लेजुङका युवाले सिसी क्यामेरालाई चुनौती दिने प्रविधिको विकास गरे

ताप्लेजुङका युवाले सिसी क्यामेरालाई चुनौती दिने प्रविधिको विकास गरे

काठमाडौं: ताप्लेजुङका एक युवाले सिसी क्यामेरालाई नै चुनौती दिने प्रविधिको विकास गरेका छन्। मेरिङ्देन गाउँपालिका–४ लिङ्तेपका पूर्णकुमार लम्वालिम्बूले ‘अटो सेक्युरिटी सिस्टम’ नाम दिएर तयार गरेको यो प्रविधिले सेन्सरका माध्य मबाट एकै साथ फोटो र भिडियो लिनाका साथै मोबाइलमा फोन जाने सम्मको काम गर्छ । घरको ढोका या कुनै प्रवेशद्वारमा जडान गरेर राख्न सकिने यो प्रविधिले कोही मानिस ढोका बाट भित्र प्रवेश गर्ना साथै फोटो र भिडियो कैद गर्न शुरु गर्छ भने मोबाइलमा फोनसमेत डायल हुन्छ ।

जुन नम्बर सेटिङ गरेर राखिएको हुन्छ, त्यही नम्बरमा फोन डायल हुन्छ । जब ढोकाबाट बाहिर निस्किएपछि उक्त प्रविधि निष्क्रिय हुन्छ । मोबाइल सेट, मोबाइलकै क्यामेरा, रेडियोलगायतका पार्टस जडान गरेर सेन्सरसहितको उक्त प्रविधि तयार गर्न झण्डै एक महीना समय लागेको लम्वाले बताए । यसअघि उनले अटो पावर अन अफ नामक प्रविधि तयार गरेका थिए। विद्युत्को टर्वाइन स्वतः खुल्ने र बन्द हुने कार्य गथ्र्यो ।

लाइटिङ कन्ट्रोल मेशिन तयार गरेर एक महीनासम्म स्थानीय जलविद्युत् आयोजनामा जडान गरी प्रयोगमा ल्याइएको थियो । यस प्रविधि चट्याङबाट हुने क्षतिलाई रोक्ने कार्य गथ्र्यो । चट्याङ पर्नुअघि नै विद्युत् जेनेरेटरलाई बन्द गर्ने क्षमताको उक्त प्रविधि बनाउन पनि एक महीना समय लागेको लम्वाले बताए । पारिवारिक अवस्था कमजोरलगायतका कारण कक्षा ८ सम्म मात्रै अध्ययन गर्न पाएका उनले सानैदेखि रेडियो, घडीलगायत इलेक्टोनिक सामग्रीको मर्मत गर्ने कार्य गर्थे ।

About ICT Khabar/आइसिटी खबर

Check Also

फेसबुकमा समस्या, संसारभरका प्रयोगकर्ता प्रभावित

सामाजिक सञ्जाल फेसबुक र इन्स्टाग्राममा समस्या आएको छ ।बुधबारदेखि नै सामाजिक सञ्जालहरू फेसबुक र इन्स्टाग्राममा ...