Home / आइसिटी न्युज/टेक अपडेट / तेस्रो एपको कारण फेसबुकका ४० लाख खाताहरु जोखिममा

तेस्रो एपको कारण फेसबुकका ४० लाख खाताहरु जोखिममा

फेसबुकले आफ्नो करिब ४० लाख खाताहरु जोखिममा रहेको बताएको छ। आफ्नो प्लेटफर्ममा तेस्रो एपको क्रममा फेसबुकका प्रयोगकर्ताहरुको विवरणहरुको गलत प्रयोग हुनसक्ने बताएको हो। फेसबुकले आफ्नो प्लेटफर्ममा रहेका सबै एपहरुबाट विशेष सजग रहनुपर्ने बताएको छ।

यसअघि पनि फेसबुकले आफ्नो प्लेटफर्ममा रहेका केही एपहरु बन्द गर्ने निर्णय गरेको थियो। कम्पनीले केही सुरक्षाहरु दिन त सक्ने तर धेरैजसो विवरणहरु चुहिने सम्भावना पनि हुने भएकोले विशेष सजगता अपनाउनका लागि प्रयोगकर्ताहरुलाई फेसबुकले सुझाव दिएको छ।

फेसबुकले आफ्नो प्लेटफर्ममा विवरणहरु सेयर गरेका ४० लाख मानिसहरुको विवरण जोखिममा रहेको बताएको हो। फेसबुकमा माईपर्सनालिटीसँग आफ्नो विवरणहरु सेयर गरेका प्रयोगकर्ताहरुलाई समस्या हुनसक्ने बताइएको हो।

गएको मार्चयता फेसबुकले हजारौं एपहरुको विषयमा अनुसन्धान गरिरहेको छ। यसअघि फेसबुकका आठ करोड ७० लाख मानिसहरुको विवरणहरु चुहिएको विवरण सार्वजनिक भएसँगै फेसबुक अहिले समस्यामा रहेको छ। साथै उसले आफ्नो सञ्जालका प्रयोगकर्ताहरुको विषयमा धेरै सुरक्षा चासो दिने गरेको छ।

About ICT Khabar/आइसिटी खबर

Check Also

नयाँ फोन बेच्न सामसङ र एप्पलले ग्राहकको स्मार्टफोन स्लो बनाइदिन्छन्

एप्पल र सामसङजस्ता ठूला स्मार्टफोन कम्पनीहरु आफैंले ग्राहकको स्मार्टफोन स्लो बनाइदिने र ग्राहकलाई नयाँ फोन ...

This is the code for your widget. Just copy and paste it into your website. New widgets may take up to 30 minutes before they start displaying properly.
Loading...