Breaking News
Home / आइसिटी न्युज/टेक अपडेट / नेपाली युवाले एलेक्सामा नेपाली अनुवादक प्रविधि बनाए

नेपाली युवाले एलेक्सामा नेपाली अनुवादक प्रविधि बनाए

नेपाली युवा उदय शिवाकोटीले एलेक्सा प्रयोगकर्ताको लागि अङ्ग्रेजीबाट नेपाली अनुवाद गर्नसक्ने आर्टिफिसयल इन्टेलिजे्स एआईको विकास गरेका छन् ।

एमजनको भर्चुअल एसिस्टेन्ट एलेक्सामा उनले नेपाली अनुवाद गर्नसक्ने प्रविधिको विकास गरेका हुन् । शिवाकोटीले विकास गरेको अनुवादकको सहयोगमा मानिसहरुले सजिलै अङ्ग्रेजीबाट नेपालीमा अनुवाद गर्न सक्छन् ।

एमजनको यो उत्पादनले मानिसको आवाज सुनेर त्यसको उत्तर पनि दिन सक्छ । यो प्रविधि विकास भएसँगै एलेक्साका नेपाली प्रयोगकर्तालाई सहयोग पुग्ने विश्वास छ ।

आईटीमा राम्रो ज्ञान भएका शिवाकोटी हाल इंगल्याण्डमा आइटी अफिसरका रुपमा काम गर्छन् । शिवाकोटी दुई दशकदेखि आइटी क्षेत्रमा कार्यरत छन् ।

अमेजनको भर्चुअल एसिस्टेन्ट एलेक्साले मानिससँग आवाज सुनेर प्रतिक्रिया दिन सक्छ । यसको प्रयोग गरी मानिसले आफ्नो अर्डरको माध्यमबाट गीत सुन्ने, आफ्नो योजना बनाउने, अलार्म राख्ने, मौसम, ट्राफिक, खेललगायतको जानकारी लिने, समाचार सुन्नेजस्ता सेवा लिन  सकिन्छ ।

अहिले एलेक्साको यो हाहेम स्पिकर्सले अंग्रेजी, फ्रेन्च, इटालीयन, स्पेनिस र जापानी भाषा मात्र बुझ्छ ।

About ICT Khabar/आइसिटी खबर

Check Also

नेपाली इन्जिनियरले बनाए ‘मेड इन नेपाल’ पहिलो भूउपग्रह

नेपाली बिद्यार्थीले अन्तरिक्षमा प्रक्षेपण गर्ने मिल्ने ‘पिको (पकेट क्युब) भूउपग्रह निर्माण गरेका छन्।भक्तपुरकाे कमलबिनायकस्थित ओराइन ...

This is the code for your widget. Just copy and paste it into your website. New widgets may take up to 30 minutes before they start displaying properly.
Loading...