Breaking News
Home / आइसिटी इभेन्ट/गतिविधि / नेपाली रोबोटको ‘डेमोन्सट्रेसन’ प्रस्तुती (फोटो/भिडियो)

नेपाली रोबोटको ‘डेमोन्सट्रेसन’ प्रस्तुती (फोटो/भिडियो)

पुल्चोक इन्जिनियरिङ कलेजका विद्यार्थीहरुले नेपालको प्रतिनिधित्व गर्दै एबीयु एसिया प्यासिफिक रोबोट प्रतियोगिता (एबीयु रोबोकन) मा सहभागिता जनाउँदै छन्।

उक्त प्रतियोगिता आउँदो २५ अगस्टमा भियतनामको निनबिनमा आयोजना हुनेछ। सोही अवसरमा पुल्चोक क्याम्पसस्थित रोबोटिक्स क्लबमा शुक्रबार आयोजना गरिएको एक कार्यक्रममा विद्यार्थीहरुले बनाएको रोबोटले डेमोन्सट्रेसन प्रस्तुत गरेको थियो।

एबीयु रोबोकन प्रतियोगितामा सोही रोबर्ट लिएर पुल्चोक इन्जिनियरिङ कलेजका विद्यार्थीहरुले सहभागिता जनाउन लागेका हुन्। प्रतियोगितामा आयोजक देशका दुई टिमसहित करिब २० राष्ट्रले सहभागि जनाउनेछन्। जहाँ नेपालबाट ६ रोबोट सञ्चालकसहित २५ विद्यार्थीले उक्त प्रतिायागितामा सहभागि जनाउने बताइएको छ।

प्रतियोगिताका लागि प्रत्येक टोलीसँग दुई वटा रोबोट हुनेछ। जुन म्यानुअल र अटोमेटिक रोबोट हुनेछ। प्रतियोगितामा दुई टोलीले ३ मिनेटसम्म एक अर्कासँग प्रतिष्पर्धा गर्नेछन्। प्रत्येक टिमको एउटा अटोमेटिक रोबोटले सटलककलाई उपलब्ध गराइएको रिङमा हाल्नुपर्ने हुन्छ।

About ICT Khabar/आइसिटी खबर

Check Also

गुगलमा यी कुरा नखोजौं, प्रहरीले तपाईमाथि निगरानी गरिरहेको हुन्छ

हामी गुगलमामा केही चीजहरू खोज्दै छौं जुन सर्च गर्दै अनुसन्धान एजेन्सीहरू तपाई माथि मनिटर गर्न ...

This is the code for your widget. Just copy and paste it into your website. New widgets may take up to 30 minutes before they start displaying properly.
Loading...