Breaking News
Home / स्वास्थ्य/ज्ञान / नोकिया एक्स तस्वीर, यस्तो छ

नोकिया एक्स तस्वीर, यस्तो छ

नोकिया एक्स  आगामी मे १६ मा नोकिया एक्स को चिनिया माइक्रो ब्लगिङ साइट विबो तथा चिनिया अनलाइन इलेक्ट्रोनिक्स रिटेल सनिंग डट कममा नोकिया एक्सका केही प्रष्ट तस्वीरहरु पोष्ट गरिएको छ ।

ती तस्वीरहरुबाट आसन्न नोकिया एक्सका कतिपय विशेषताहरु छर्लंग हुन्छन् । तस्वीरमा स्मार्टफोनको निलो रंगको भेरिएन्ट देखाइएको छ । जसमा एलइडी फ्लाससँगै डुअल रियर क्यामरा देखिएको छ ।

अर्को एंगलको एक तस्वीरमा फोनको माथिल्लो भागमा ३.५ एमएमको हेडफोन ज्याक पनि देखिन्छ । त्यस्तै डिस्प्लेको तल्लो भागमा नोकियाको ब्राण्ड लोगो पनि राखिएको छ ।

यसअघि चीनकै एक सर्टिफिकेसन वेबसाइट टेनाले पनि नोकिया एक्सका अनुमानित तस्वीरहरु सार्वजनिक गरेको थियो ।

अहिलेसम्म प्राप्त जानकारी अनुसार नोकिया एक्समा १.८ गिगाहर्जको अक्टाकोर प्रोसेसर, एन्ड्रोइड ८.१ ओरियो अपरेटिंग सिस्टम रहनेछ । त्यस्तै ३ जिबी, ४ जिबी र ६ जिबी गरी तिनवटा भेरिएन्टमा स्मार्टफोन उपलब्ध हुनेछ जसमा ३२ तथा ६४ जिबी स्टोरेजको अप्सन रहनेछ ।

नोकिया एक्समा २२८० गुणा १०८० पिक्सल युक्त ५.८ इन्टको फुल एचडी डिस्प्ले हुनेछ । साथै यसमा ३ हजार मिली एम्पियर आवर क्षमताको ब्याट्री हुनेछ ।

About ICT Khabar/आइसिटी खबर

Check Also

फेसबुकको ग्रुपच्याटले नुवाकोटका १५ वर्षीय कुमारको यसरी ज्यान लियो

नुवाकोट सूर्यगढी–३ का १५ वर्षीय कुमार सुचीकार । फेसबुक आइडीमा उनको नाम ‘डेभिल’ । यही ...