Breaking News
Home / आइसिटी न्युज/टेक अपडेट / नोकिया ७.१ प्लसको सबै विवरण सार्वजनिक

नोकिया ७.१ प्लसको सबै विवरण सार्वजनिक

नोकियाको आउनलागेको स्मार्टफोन ७.१ प्लस सार्वजनिक हुनुभन्दा पहिला नै यसको सबै विवरणहरु बाहिरिएको छ ।

यो स्मार्टफोन डुयुअल रेयर क्यामेरा रहनसक्ने देखिएको छ । त्यसका साथै यसमा ६.१८ इन्चको एचडी प्लस स्क्रिन हुनसक्ने देखिएको छ । साथै यसमा ४ जीबी र्‍याम रहनेछ भने ६ जीबी र्‍यामको वारिन्ट पनि आउनसक्ने अनुमान गरिएको छ ।

यो स्मार्टफोनमा २.२ गिगाहट्र्जमा चल्ने स्न्यापड्रयागन ७१० प्रोसेसरको प्रयोग गरिएको छ । ४ जीबी र्‍याम भएको स्मार्टफोनमा ६४ जीबीको इन्टर्नल स्टोरेज रहनेछ भने ६ जीबी र्‍याम हुने स्मार्टफोनमा १२८ जीबीको इन्टर्नल स्टोरेजको प्रयोग गरिएको छ ।
यो स्मार्टफोनमा ३४०० एमएएचको ब्याट्रिको प्रयोग गरिएको छ भने फोनको तौल १८५ ग्रामको रहने बताइएको छ । स्मार्टफोनमा २० मेगापिक्सलको सेल्फी क्यामेरा रहने अनुमान गरिएको छ ।

रेयर क्यामेराको हिसाबमा भने फोनमा १३+१२ मेगापिक्सलको ड्युअल क्यामेराको प्रयोग गरिएको छ । स्मार्टफोनको पछाडि फिंगरप्रिन्ट स्क्यानरको पनि प्रयोग गरिएको छ । यो स्मार्टफोन निलो, रातो तथा सिल्भर रङमा आउनसक्ने बताइएको छ ।

यसअघि सार्वजनिक भएको केही जानकारीअनुसार ४ जीबी वारियन्टको यो स्मार्टफोनको लागि ३९९ युरो मूल्य तोकिएको थियो ।

About ICT Khabar/आइसिटी खबर

Check Also

माइक्रोसफ्टको विन्डोज ७ बन्द हुदै

काठमाडौं ।  माइक्रोसफ्टले अपरेटिङ सिस्टम विन्डोज ७ लाई बन्द गर्ने भएको छ ।  हालै माइक्रोसफ्टले ...