Breaking News
Home / आइसिटी इन्फो / पृथ्वीबाट मानव जीवन समाप्त हुने खतरा !

पृथ्वीबाट मानव जीवन समाप्त हुने खतरा !

पृथ्वी समाप्त हुने नयाँ दिशातिर रहेको अमेरिकाका तीन विश्वविद्यालयको एक नयाँ अनुसन्धानले देखाएको छ । अध्ययनमा सबैभन्दा पहिलो समाप्त हुने प्रजाति मानव हुनसक्ने दाबी गरिएको छ ।

स्टेनर्फड, पि्रन्सटन र बर्क विश्वविधालयको उक्त सोधमा मेरुदण्ड हुने जीवन लोप हुने दर सामान्यभन्दा १ सय १४ गुणा वृद्धि भइरहेको जनाइएको छ । यस प्रकारको निष्कर्ष गत वर्ष ड्युक युनिभर्सिटीको एउटा सोधका बारेमा साइन्स एडवान्सेज जर्नलमा छापिएको हो ।

४ सय प्रजाति विलुप्त
सोधकर्तामध्येका एकजनाले भने, ‘हामी लोप हुन लागेका जीवहरुको पंत्तिमा छैठौं स्थानमा प्रवेश गरिसकेका छौं ।’ ठूलो परिमाणमा प्रजातिहरु लोप हुने यसप्रकारको पछिल्लो घटना साढे ६ करोड वर्ष पहिला भएको थियो । त्यतिबेला डायनोसरस लोप भएको थियो ।

प्रमुख सोधकर्ता गेरान्डो सेबालोसले भने,’यदि यही स्थिति कायम रहने हो भने पृथ्वीमा जीवन पुनः आउनका लागि कैयौं लाख वर्ष लाग्नेछ र मानव पनि प्रारम्भिक चरणमा लोप हुनेछ ।’

उक्त शोध प्रतिवेदनमा प्रतिवेदनमा सन् १९०० देखि हालसम्म मेरुदण्ड भएका ४ प्रजाति लोप भइसकेको उल्लेख छ । वैज्ञानिकहरुको अनुसार यति ठूलो नोक्सान सामान्यतया १० हजार वर्षमा मात्र हुने गरेको छ । स्टेनर्फड युनिभर्सिटीका प्रोफेसर पल एलिर्चले मानव आफैले नै आफू बसेको रुखको हाँगा काटिरहेको बताए ।

इन्टरनेशनल युनियन फर कन्जरभेसन अफ नेचरकाअनुसार प्रत्येक वर्ष ५० जनावर लोप हुने अवस्थाको एकदमै नजिक पुग्छन् । -बीबीसी हिन्दीबाट

About ICT Khabar/आइसिटी खबर

Check Also

अब जथाभावी सामाजिक सञ्जाल चलाउँदा ५ वर्ष जेल र १५ लाख जरीवाना !

फेसबुक, टि्वटर लगायतका सामाजिक सञ्जालको प्रयोग गर्नेहरुले के कस्तो सजगता अपनाउने पर्ने  जानकारी सरकारले संसदमा ...