Breaking News
Home / आइसिटी नेपाल / पेनड्राइभ जत्रै आधुनिक पोर्टेबल कम्प्युटर

पेनड्राइभ जत्रै आधुनिक पोर्टेबल कम्प्युटर

हाल विभिन्न इकमर्स कम्पनीको प्लेटफर्ममा इन्टेलदेखि आईबलसम्मका कम्पनीबाट उत्पादित यो कम्प्युटर खरीद गर्न सकिन्छ । काठमाण्डौका केही प्रतिष्ठित कम्प्युटर पसलमा समेत यो पीसी खरीद गर्न पाइन्छ ।

यो हो आधुनिक पोर्टेबल कम्प्युटर 

डेस्कटप पीसीपछि ल्यापटपलाई पोर्टेबल कम्प्युटरको रुपमा लिने गरिन्थ्यो । तर, अब इन्टेल जस्ता कम्प्युटर उत्पादक कम्पनीले यो भन्दा पनि सानो कम्प्युटर पीसी पेश गरेका छन् । स्टिक पीसी वा पीसी स्टिकको नामबाट चिनिइने यो कम्प्युटर एउटा पेनड्राइभ भन्दा थोरै मात्र ठूलो हुन्छ । यसलाई तपाईले आफ्नो गोजीमा राखेर जसरी र जुन बेला समेत प्रयोग गर्न सक्नुुहुुन्छ । यसका लागि तपाईलाई ल्यापटपलाई जस्तै कहीँ लैजान न ब्यागको आवश्यकता पर्छ, न त डेस्कटपको जस्तो घरमा राख्नका लागि खालि ठाउँकै ।

यसरी काम गर्छ स्टिक पीसीले 

स्टिक पीसी तपाईको सामान्य डेक्सटप कम्प्युटर वा ल्यापटप जस्तै विन्डोज अपरेटिङ सिस्टमले सुुसज्जित हुन्छ । यसमा पनि ती सबै फङ्सनहरु हुन्छन्, जति फङ्सन एउटा कम्प्युटरमा हुन्छ । यसलाई तपाईले आफ्नो घरको टिभीमा जोडेर टिभीलाई नै कम्प्युटर समेत बनाउन सक्नुुहुन्छ । डेक्सटपको मनिटरमा समेत यसलाई कनेक्ट गर्न सकिन्छ । तर, यसका लागि तपाईको टेलिभिजन सेटमा एचडीएमआई पोर्ट हुनुपर्छ । स्टीक पीसीमा काम गर्नका लागि तपाईलाई ब्लुुटुुथ किबोर्ड र माउसको आवश्यकता पर्छ ।

यी कामहरु गर्छ स्टीक पीसीले 

पेन ड्राइभको साइजमा देखिने स्टीक पीसीबाट तपाईले वाइफाई इन्टरनेट, ब्लुुटुुथ र अन्य कयौं काम गर्न सक्नुुहुन्छ ।

यसलाई एचडीएमआई पोर्टमा कनेक्ट गरेर तपाईले युट्यूवबाट भिडियोहरु हेर्न सक्नुुहुन्छ । गेम खेल्न सक्नुुहुन्छ । एचडी मुुभी पनि हेर्न सक्नुुहुन्छ ।

यदि यो पीसीलाई अफिसको काम गर्नका लागि खरीद गरिरहनुुभएको छ भने यसमा तपाईले आफ्नो डेटा सुरक्षित गर्न सक्नुुहुन्छ । यसबाट माइक्रोसफ्ट अफिसमा मज्जाले काम गर्न सकिन्छ ।

यो हो ८ हजारमा आउने स्टीक 

स्टीक पीसीको बजार मूल्य न्यूनतम ५ हजारदेखि अधिकतम १६ हजार रुपैयाँसम्म पर्नसक्छ । जति बढी मूल्य छ, उति नै धेरै विशेषताहरु पाउन सक्नुुहुन्छ । ८ हजारको हाराहारीमा आउने स्टिक पीसीमा आइरेवो स्मार्ट मिनी पिसी सबैभन्दा अगाडि आउँछ । क्वाड कोर सिपीयूू, ८ जीबी इन्टरनल मेमोरी तथा माइक्रोसफ्ट किबोर्डको साथमा यो प्राप्त हुन्छ ।

इन्टरनल मेमोरी कम छ भने पनि यसको एक्सटर्नल मेमोरी बढाउन सकिन्छ । ८ हजार रुपैयाँकै हाराहारीमा लेआक्सिस कम्पनीको स्टिक पीसी समेत खरीद गर्न सक्नुुहुन्छ ।

यी हुन् स्टीक पीसीका अन्य केही विकल्प 

स्टीक पीसीको माध्यमबाट यदि तपाई कम्प्युटरको सबै र एड्भान्स विशेषताको आनन्द उठाउन चाहनुुहुन्छ भने तपाईले इन्टेल वा एसुुस क्रामबिट कम्पनीको स्टीक पीसी लिन सक्नुुहुन्छ ।

यी कम्पनीका स्टीक पिसीका लागि तपाईले ८ हजारदेखि २४ हजार रुपैयाँसम्म खर्च गर्नुपर्ने हुन्छ । यी पीसीको साथमा तपाईले एड्भान्स विशेषता पनि पाउनुुहुुन्छ । इन्टेल कम्प्युट स्टीक, लेनोभो तथा एसुस क्रामबिट समेत कयौं यस्ता स्टीक पीसी तपाईले इकमर्स कम्पनी वा बजारबाट खरीद गर्न सक्नुुहुन्छ । यी विषयमा ध्यान दिनुहोला 

बजारमा ५ हजारदेखि २४ हजार रुपैयाँसम्मका स्टीक पीसी उपलब्ध हुन्छन्, खरीद गर्नुभन्दा अगाडि तपाईले आफ्नो आवश्यकतालाई ध्यान दिनुपर्ने हुन्छ । यदि तपाई यूट्यूूव भिडियो हेर्न तथा इन्टरनेट चलाउन वा मुुभी हेर्नका लागि मात्र यस्तो पीसी लिन चाहिरहनुुभएको छ भने ८ हजार रुपैयाँसम्मको पीसी तपाईका लागि उपयुक्त हुन्छ ।

तर, यदि तपाईले एउटा कम्प्युटरले झै सबै काम स्टीक पिसीबाट होस् भन्ने सोचिरहनुुभएको छ भने चाहि इन्टेल तथा लेनोभो जस्ता कम्पनीको स्टीक पीसी तपाईका लागि उपयुक्त हुुनसक्छ । जसको मूल्य ८ हजारदेखि २४ हजार रुपैयाँसम्म हुनसक्छ । – बिजशालाबाट साभार

About ICT Khabar/आइसिटी खबर

Check Also

नेपाली इन्जिनियरले बनाए ‘मेड इन नेपाल’ पहिलो भूउपग्रह

नेपाली बिद्यार्थीले अन्तरिक्षमा प्रक्षेपण गर्ने मिल्ने ‘पिको (पकेट क्युब) भूउपग्रह निर्माण गरेका छन्।भक्तपुरकाे कमलबिनायकस्थित ओराइन ...

This is the code for your widget. Just copy and paste it into your website. New widgets may take up to 30 minutes before they start displaying properly.
Loading...