Home / Real Story / पेन्ट काटेर चार करोड कमाउने सुशील महराको ख्यार्र ख्यार्र मेसिनको आवाज

पेन्ट काटेर चार करोड कमाउने सुशील महराको ख्यार्र ख्यार्र मेसिनको आवाज

केशव भट्टराई
दाई मेरो सर्ट फिटीङ् भयो ?
…  एकछिन एकछिन भईहाल्छ एकछिन पर्खिनु न ,
बिहानदेखि फिटीङ् गदिर्नु भनेर छोडेको अझै भएन र  ? .दाई म बिहानदेखि पसल छोड्दै आईरहेको  छु ,
…   ल बनाई दिन्छु म बीजी भएर हो  ,ल बनाई दिन्छु ,
दाई ल छिटो  छिटो गरिदिनु छिटो …

इटहरी चोकको ब्यस्त ठाउँ । एकातिर मान्छेको ओहोरदोहोर गर्ने भिँड अर्कोतिर पसलमा किनमेल गर्नेहरुको भिँड । यस्तै फुटपाथमा सिलाई मेसिन लिएर बस्नेहरुको सर्टपेन्ट तथा अरु कपडा फिटीङ् गर्नेहरुको लाइन छ  । इटहरी चोेकको केही दक्षिण पुर्वमा  एउटा रेडिमेड कपडा पसल छेउको पेटीमा सुशील महराको ख्यार्र ख्यार्र मेसिनको आवाज आइरहन्छ  अनि ग्राहकको भिँड देखिन्छ । बिहानदेखि रातीसम्मको यही भिँडमा फुटपाथमा बसेर  एउटा मेसिन प्रयोग गर्दै सर्टपेन्ट फिटीङ् गरेर चार करोडसम्मको मालिक हुनु भएको छ महरा ।
मान्छेले जिवन निर्वाहको लागि केही न केही गर्नु पर्छ नैं  । पहिले  कृषिमा मात्र निर्भर रहने मानिस अहिले कृषि बाहेक अरु पेशामा बढि निर्भर रहेका छन् । केहीले परम्परागत पेशालाई निरन्तरता दिँदैं आएका छन् । यस्तै मध्ये परम्परादेखि पुर्खाले गर्ने सिलाईको काम गरेर इटहरी शहरमा बसेर सुशील महराले गतिलो आम्दानी गर्नु भएको छ । महरा इटहरीको वडा नंबर ४  मा बसोबास गर्नुहुन्छ । वहाँले पेन्ट तथा सर्ट फिटीङ्को काम इटहरी चोकमा २०४७  साल भदौ १४ गतेबाट सुरु गर्नुभयो । २०४७  सालमा इटहरी आउनु भन्दा अगाडि वहाँको परिवार  सुनसरीको कोशीटप्पु गरैया बस्तीमा बसेको रहेछ  । वहाँको जन्म तेहीँ ं२०३०  सालमा भयो ।

ग्राहकसंग महरा

– ग्राहकसंग महरा

पछि बिस्तारै वहाँको परिवार धरानमा आएर  पसल गरेर बस्यो र त्यहाँबाट पनि बसाई सरेर मोरङ्को दर्बेशामा बसाई सर्यो । दर्बेशामा वहाँको परिवार १५ बर्षभन्दा बढि खेती किसानी तथा गाउँघरका लुगा सिलाएर बस्न थाल्यो । तर गाउँमा सिलाई पेशा राम्ररी चल्दैनथ्यो । त्यहाँ काम गरेर गुजारा गर्न मुस्किल हुन्थ्यो । त्यसपछि वहाँ के गर्ने ÷नगर्ने भनेर छट्पटिनु भयो । इटहरी चोकमा कपडा ब्यापार गर्नु हुने मातृका भट्टराईको खेती दर्वेशामा थियो  ।बारम्बार भेट भईरहन्थ्यो । भट्टराईले इटहरीमा गएर यसो सिलाई काम गर्दा हुन्छ भनेर सल्लाए दिएपछि वहाँ इटहरी आउनु भयो पिर्तापुर्खाले जोडेको एउटा सिलाई मेसिन बोकेर । सुरुमा इटहरीमा वहाँको नातागोता चिनजान केही थिएन । डेरा लिएर बस्न थाल्नु भयो । महरा बिगत सम्झदै भन्नुहुन्छ , “जे होस् म आउँदा एउटा मेसिन चाहिँ  लिएर आएको हो , अनि इटहरी चोकमा कपडा पसलको छेवैमा दैनिकरुपमा मेसिन लिएर बस्न थालेँ ।”

 

महरा दम्पती

– महरा दम्पती

घर छोडेर इटहरी आएपछि  महरालाई सुरुमा चयनको  दिन नैं भएन ,बाँच्नको लागि धेरै नैं संघर्ष गर्नु पर्यो । “ तीन सयमा डेरा लिए काम गर्न थालेँ अनि मान्छे सिलाउन भन्दै आउन पनि  थाले तेही त होनी हैन,  गाउँमा बसेको मान्छे कतै गएर तालिम लिएको पनि हैन अलिअलि आउँथ्यो , कामले काम सिकाउँदो रहेछ भन्ने कुरा एकदम प्रुफ भयो मलाई , हल्काफल्का पहिले नजान्दा खेरी बिगारियो पनि होला नी पहिले नैं कसले पो जानेर आएको हुन्छ र ? गर्दै गईयो अव अहिलेसम्म पनि गरिदैछ ” ,  महरा भन्नुहुन्छ । सडक पेटीमा मेसिन लिएर २६ बर्षदेखि बस्नु भएका महराले २३ बर्षपछि मेसिन फेरेर अर्को नयाँ मेसिन किनेको तीनबर्ष भएको छ । जे होस् एउटा मेसिनलाई २६ बर्षसम्म कुनै बेला पनि छोड्न नखोज्नु नैं  परिवारमा आर्थिक क्रान्तिको वहाँको उदाहरण हो ।

महरा निवास

– महरा निवास

सुरुमा खानपनि भनेजस्तो नहुने अनि लुगा पनि अरुले लगाएको जस्तो नहुने आर्थिक अवस्था भएको  वहाँकै श्रीमतीको भनाई छ  । .श्रीमती महरा  बिगत सम्झदै भन्नुहुन्छ , “कहिलैकाहिँ बालबच्चा हुँदा खर्च हुँदैनथ्यो , कोठाभाडा तिर्न पुग्दैनथ्यो , चामल तरकारी माइतमा खेती भएकोले ल्याईन्थ्यो । ” आफ्नो श्रीमान् गतिलो , श्रीमतीले र अरुले दिएको सल्लाह पनि मान्ने र मेहनती , बिनाकारण खर्च नगर्ने , परिश्रमी र भाग्यले पनि साथ दिएकोले आर्थिक अवस्था सुधार गरेर अहिलेको अवस्थामा आईयो भन्नुहुन्छ सुसिलकी श्रीमती  ।  २०४७  सालमा इटहरी चोकमा सिलाई मेसिन लिएर त बस्नु भयो तर तेतीखेर जिन्स पेन्ट र सर्ट फिटीङ् गर्ने प्रचलन् धेरै कम थियो । साधारण  सर्टपेन्ट, ब्लाउज मेक्सि,  सिरानेको खोल लगायत घरायसी कपडाहरु फाट्टफुट्ट लिएर मानिसहरु आउने गर्दथे । जिन्स पेन्ट तथा सर्टहरुको पनि तेती चल्ती थिएन र फिटीङ् गर्ने चलन पनि तेती थिएन ।  ५२  सालदेखि चाहिँ वहाँकोमा केही मात्रामा चहलहपल हुन थाल्यो । बीचको पाँच बर्ष वहाँलाईै निकै नैं कठिनाई भयो । तेतीखेर केही काम पनि नहुँदा वहाँलाई धेरै  दुख लाग्थ्यो ।

अहिलेको जस्तो पटक्कै थिएन तेतीखेर  ।जेहोस् ५४ सालसम्म वहाँलाई धेरै नैं  दुख भयो । सारै नैं नभएर वहाँ मेसिन बोकेर काठमाडौंतिर केही हुन्छ कि भनेर हुईकिनु  पनि भयो । तर त्यहाँ पनि केही  भएन र केही  महिना बसेर फेरि इटहरीमै फर्किनु भयो । महराका ससुराली गाउँमा खेतीपाती भएका थिए । इटहरीमा कमाई नहुँदा वहाँलाई ससुरालीले चामल , तेल, तरकारी लगायत पठाई दिनु पथ्र्यो । महरा भन्नुहुन्छ , “कमाई फिटीक्कै थिएन , अन्नपानीको कमजोरी थियो , कोठा भाडा तिर्न नैं गाह्रो हुन्थ्यो , मेसिन लिएर बस्यो केही  काम नहुने म बिरक्तमा थिए जेहोस् सासुससुराले धेरै सहयोग गर्नुभयो । ”   महरा ससुरालीलाई सम्झदै भन्नुहुन्छ , “वहाँहरुले पेट पाल्नको लागि चामल तरकारी नथेगेको भए म भौतारिएर कता पुग्थे होला ?” महरा  आफुले फुटपाथमा बसेर मेसिन चलाउन पनि नछोडेको र दुखको बेला केहीबर्ष दानापानीको लागि सहयोगको हात आएकोले नैं आफ्नो भाग्य चम्किएको हो भन्नुहुन्छ ।

सानो व्यावसाय गरेर महराले बनाएको घर

– सानो व्यावसाय गरेर महराले बनाएको घर

पहिले श्रीमती पाल्नै नसक्ने अवस्था भएका परिश्रमी महराले अहिले इटहरीको वडा नंबर ४ संगीत चोक नजिक पारुहाङ् चोकबाट केही मिटर उत्तरको राम्रो टोलमा सात धुर  घडेरी जोडेर सुबिधि सम्पन्न अढाई तले  घर  बनाउनु भएको छ । घरमा महंगा राम्रा बिद्युतिय सामग्री जोड्नु भएको छ , पल्सर मोटरसाइकल लगायतका सामान पनि जोड्नु भएको छ । यस्तै यही कमाईबाट वहाँले इटहरीको प्लान अफिसको छेवैमा अर्को एउटा घडेरी जोडिसक्नु भएको छ । एक छोरा र एक छोरीलाई उच्चशिक्षासम्म पढाएर वहाँकै शब्दमा धुमधामको साथ विवाह पनि गरिदिनु भयो । यस्तै मोरङ्को दर्वेशामा यही कमाईले डेढ बिगहा धान खेत पनि जोड्नु भएको छ । महराले कामलाई निरन्तरता दिँदा आर्थिक  परिर्वतन २०५५ सालदेखि हुन थाल्यो ।
२०५५सालदेखि २०६५ साल अर्थात १० बर्षको बीचमा नै. वहाँले परिवारको लागि ठूलो आर्थिक क्रान्ति नैं गर्नु भयो । हिसाव गर्ने हो भने अहिले वहाँसँग चार करोड वढिको जायजेथा पुगेको छ । ग्राहकहरु बढ्दै गए । पछिल्लो समयमा फेरि पेन्ट र सर्ट फिटिङ् गर्ने प्रचलन बढेसँगै कमाई पनि वढ्दै गएको महराको भनाई रहेको छ । मोरङ्स्थित घरमा रहँदा पनि दुख भएकोले दुखः मेटाउन इटहरी आएका महराले पाँचबर्षसम्म खानै नपुग्ने कमाई हुँदा पनि मेसिन छोड्नु भएन , निरन्तरता दिँदै जानु भयो । बिस्तारै वहाँका ग्राहक बढे ,अनि हँिसलो मुद्राको नरिसाउने र राम्रो काम गरिदिने बानीले एक पल्ट आएको ग्राहकले वहाँलाई नैं सम्झिन थाल्यो । महराले अरुले जस्तो कम्मरको मोटाई तथा लम्बाई नापी रहन’ पर्दैन । वहाँको अन’भव अनि चिनजानले नापको वहाँ सजिलै मेसो पाउन’ ह’न्छ ।

६५ सालसम्म इटहरीमा कपडा फिटीङ् गर्ने काम इटहरीमा वहाँको एकलौटी  नैं  भयो । पुरानो र राम्रो काम गर्ने भएकोले वहाँलाई बिश्वास गर्दथे । १० बर्षको अन्तरालमा  ६५ सालसम्म वहाँलाई भ्याई नभ्याइने नैं भयो । कामको चाप यती भयो खान , बस्न र सुत्ने पनि समय हुन छोड्यो । खाना खाने पाँच मिनेट समय दिउँसो निकाल्न पनि समस्या थियो र अहिले केही चाप घटेपनि तेस्तै नै रहेको छ । संघर्षको दौरानमा बिहान सवैरैदेखि राती दुईवजेसम्म पनि अर्डरका कपडा फिटिङ गर्न वहाँ ब्यस्त हुनु भयो । यही दौरानमा जति बढि कामको अर्डर भयो तैती नैं आर्थिक  हैसियत पनि राम्रो बनाउँदै जानु भयो वहाँले । वहाँलाई अव नचिन्ने कोही भएन । उर्लाबारी, पथरी ,  झुम्का , इनरुवादेखि  मानिसहरु वहाँकोमा फिटीङ् गराउन आउन थाले ।
महरा बस्ने छेउमै लामो समयदेखि रेडिमेड  कपडा बिक्री गर्दै आउनु भएको छ  मिलन  श्रेष्ठले । आफूले जान्दादेखि नैं काम नबिगार्ने र गरेको काम ग्राहकले चाहे अनुृसार गर्ने र मेहनतीकोरुपमा महरालाई पाएको छु भन्नुहुन्छ वहाँ । सुशील महराको कामबाट वहाँको वरपरका ब्यापारी मात्र नभई आफन्तहरु पनि मख्ख छन् । वहाँकै प्रेरणाले गोविन्द परियारले पनि पाँच बर्षदेखि इटहरी चोकमा सर्टपेन्ट फिटीङ्को काम गर्दै आउनु भएको छ । परियार काम होस् वा नहोस् आफ्नो काम गर्ने ठाउँमा बस्नुपर्छ  अनि मेसिन हातबाट नछोडी केही गर्न सकिन्छ कि भन्ने शिक्षा सुशिलबाट लिएको छु भन्नुहुन्छ । सुशील खाली कामैकाम पैसैपैसा मात्र भन्नुहुन्न ।  वहाँ समाजमा आपद्विपद् पर्दा, मरीमराउ अनि बिभिन्न धार्मिक कार्य हुँदा पनि उपस्थित भएर बोलाए वा नवोलाएको ठाउँमा मन पनि राख्नु हुन्छ  । महराकी साली  मधु रणपहेली  सिलाई मेसिनलाई पैसा छाप्ने मेसिन टक्सार झै बनाएर आफ्नो भिनाजुले प्रगती गरेको भन्दै  मख्ख हुनुहुन्छ । ६५  सालेदेखि यो सिप धेरैमा भएपछि वहाँको चाप पनि अहिले घट्दै गयो । पहिले  अरुमा  राम्रो किसिमको यो सिप नभएकोले वहाँलाई भ्याइ नभ्याई हुन्थ्यो । अहिले पनि महरा कम्तिमा  दैनिक ३० वटा पेन्ट र १५ वटासम्म सर्ट फिटीङ्   गर्नुहुन्छ ।
इटहरीका ब्यापारी रमेश खनाल जोड प्लेयरको ब्रान्डेड कम्पनीको सर्ट लिएर फिटीङ् गर्न लाइनमा बसिरहनु भएको भेटिनु भयो । १२ बर्षदेखि महरासँग फिटीङ् गराउँदै आउनु भएका खनाल बिहान ९ वजेदेखि दिउँसो ३ वजेसम्म पालो पर्खेर बस्नु भएको रहेछ  ।  कम्तिमा दैनिक दुई हजारको  हाराहारीमा महराको कमाई रहेको छ । महरा पेन्ट फिटीङ् गरेको कम्तिमा ५० रुपैयाँदेखि फुल फिटींङ् गरेको एक स्य ५० रुपैयाँसम्म  लिनु हुन्छ । काम गर्दाको समयमा ब्यस्तताले  महराले  कहिलेकाहिँ हप्काई पनि खानु पर्छ तर ढिलै भएपनि ग्राहकहरु वहाँकोमा फिटीङ् गराउँछन् ।
इटहरीमा बस्नु हुने मेघराज पौडेल बरु ढिलै होस् फकिर्नु नै परोस् महराकोमा नैं सर्टपेन्ट फिटीङ् गर्न लैजान्छु भन्नुहुनछ । टाढाबाट आएकाले चार घण्टासम्म पर्खेर महराकोमा नैं फिटीङ् गराएर लैजान्छन् भने इटहरीका कतिले त चार दिनसम्म पर्खिएको पनि वहाँको अनुभव छ ।  काम सानो ठुलो किन नहोस् सही तरिकाले एक ठाउँमा बसेर एउटै कामलाई धैर्य हुँदै निरन्तरता दिएर काम गरे नेपालमै मैं पनि केही गर्न सकिन्छ भन्ने महराको भनाई  छ । वास्तवमा कुनै प्रगती गर्नको लागि कसैको साथ सहयोग चाहिन्छ  नैं । महरालाई वहाँको दोकानै अगाडि सिलाई मेसिन राख्न दिएर सहयोग गर्नु भएको छ ब्यापारी राकेश पोखरेलले ।

पोखरेल महराको मेहनतसँगै एकअर्कालाई पनि सहयोग गर्ने बानीले पनि प्रगती पथमा लम्किनु भएको भन्नुहुन्छ ।  महराले  सानै कामले डेढ बिगहा खेती , एउटा अढाईतले भवन बनाउँदै छोराछोरीको भविष्य पनि देखाई दिनु भएको छ । ४५ बर्ष पुग्नु भएका महराको जाँगर अझै  मरेको छैन । अव अर्को घडेरीमा अवको केही बर्षभित्रै अर्को महल बनाउने तरखरमा हुनुहुन्छ वहाँ  ।  हामी नेपालीको छिट्टै कमाउने र धनी हुँ भनेर बाहिर जाने सोच गलत भएको उदाहरणीय  कमाई गरेर महराले देखाउनु भएको छ । बिहान सातवजेदेखि बेलुका सातवजेसम्म कुनै बेला पनि म थाँके  भनेर महसुस नगरिकन अटुट कामप्रतिको लगनशिलता नैं महराको सच्चा सफलता हो । तपाई हामीले पनि परिश्रमी भई स्वदेशमै कामलाई सानोठुलो नभनी महराको जस्तै सिको गरे बिदेश नैंं गएर सास्ती पाउँदै पिडापुर्वक काम गर्नु पर्दैनथ्यो कि ?

About ICT Khabar/आइसिटी खबर

Check Also

विशाल थापा : नेता कलाकारको आवाज दुरुस्तै निकाल्छन् हेर्नुहोस – भिडियो सहित

नेपालमा क्यारीकेचर कलाकारीता नेपालमा युवा पूस्ताहरुको लागि मनपर्ने प्रस्तुती बनिरहेको छ र क्यारीकेचर कलाकारीतामार्फत आफ्नो ...