Home / Political Profile / प्रथम प्रेमिका जलजलालाई केन्द्रमा राखेर १५ वर्षदेखि उपन्यास लेखिरहेका छन् नेपालका माओ !

प्रथम प्रेमिका जलजलालाई केन्द्रमा राखेर १५ वर्षदेखि उपन्यास लेखिरहेका छन् नेपालका माओ !

कुनै वेला नेपालका कम्युनिस्टले ‘माओ’कै उपमा दिएका नेकपा मसालका महामन्त्री मोहनविक्रम सिंह ९८२० प्रगतिवादी साहित्य लेखनका विषयमा भन्दै थिए, ‘जीवनप्रतिको विश्वदृष्टिकोणलाई बुझ्ने र त्यसलाई प्रस्तुत गर्ने कला हाम्रा साहित्यले बोल्नुपर्छ ।’ उनै सिंह अहिले आफ्नी प्रथम प्रेमिका जलजलालाई केन्द्रीय प्रतिनिधिका रूपमा उतारेर नेपालको वर्गसंघर्षको केन्द्र थबाङ, भारतका गढवाल र कुमाउँको यथार्थ कथा उपन्यासका रूपमा उतार्दै छन् ।
सिंहले सो उपन्यासको खेस्रा कोर्न थालेर नै झन्डै १५ वर्ष गुजारिसकेका छन् । तैपनि, उनले त्यसलाई पूर्णता दिन सकिरहेका छैनन् । तत्कालीन नेकपा चौमको भूमिगत राजनीतिका क्रममा उनले भेटेका थिए, आफ्नी प्रथम प्रेमिका ‘जलजला’लाई । ०३४ देखि ३८ सालसम्मको चारवर्षे अवधिमा सिंहको तिनै जलजलासँग प्रेम बसेको थियो । अक्सर पार्टी कामका सिलसिलामा व्यस्त रहनुपर्ने र भेटघाट कमै हुने गरे पनि सिंह जलजलालाई असाध्यै माया गर्थे । तर, जलजलाको दिल्लीमा ०३८ साल कात्तिकमा बस दुर्घटनामा मृत्यु भएपछि सिंहले आफ्नो अपूरो प्रेमकहानी र नेपाल–भारतमा चलेको वर्गसंघर्षलाई कथावस्तु बनाउँदै उपन्यास लेख्न थालेका हुन् ।
०००
‘उपन्यास लेख्न थालेको झन्डै १५ वर्षजति पुगिसक्यो, अझै ५–६ च्याप्टर मात्र लेख्न बाँकी छ,’ सिहंले सुनाए, ‘६ खण्डमा उपन्यासको संरचना निर्माण भएको छ । एक सय पाँच परिच्छेद छन्, त्यसको । योजनाअनुसार अब मोटामोटी रूपमा तयार हुँदै छ ।’
०००
सिंहले आफ्नी प्रेमिकाको नाममा उपन्यासको ‘श्रीगणेश’ गरेको प्रसंग आएयता नै उपन्यासको चर्चा छ । उनले लेख्ने कथावस्तु, परिवेश र पात्रहरूको भूमिकालाई लिएर उपन्यास तयार नहुँदै वेलाबखत चर्चामा आउने गरेको छ । बजारमा चर्चा हुने, तर लेख्न थालेको उपन्यास एक दशकभन्दा बढी समयसम्म पनि पूर्ण नहुने किन त रु
सिंहले आफ्ना अप्ठ्यारा खोतल्दै भने, ‘पार्टी कामले नै नभ्याएको हुँ । पार्टी कामले कहिले कहाँ पुग्नुपर्ने हुन्छ, कहिले कहाँ । कतिपय अवस्थामा बाहिरी पत्रपत्रिकामा लेख लेख्ने, पार्टी दस्ताबेजहरू तयार पार्नेलगायत सबै कामको बोझ पनि ममाथि नै छ । जसले गर्दा समय निकाल्न नसक्दा ढिलाइ भएको हो ।’
त्यसो त उनले उपन्यासमा विभिन्न ठाउँ विशेषको परिवेश, त्यहाँको वर्गसंघर्ष र प्रतिनिधि पात्रको चयनका लागि अनुसन्धानमै समय लगाएर लेख्नुपर्दा ढिलाइ भएको पनि प्रस्ट्याए । उनी उपन्यासको कथावस्तु खोजी गर्दै रोल्पाको थबाङ, भारतको गढवाल, कुमाउँलगायतका क्षेत्रहरू पनि पुगेका छन् । ‘मूल कथा मैले रोल्पाको थबाङ र दिल्लीको कौसारी ९दार्मा०लाई बनाएको छु । पात्र पनि त्यहीँबाट नै खोजेको छु,’ सिंहले भने, ‘थबाङमा जलजलालाई पार्टीले पूर्णकालीन बनाएर पठाएपछि उपन्यासको प्रसंग सुरु हुन्छ भने जलजलाको निधनपछि कौसारीबाट ‘सुनन्दा’ नामकी पात्रले जलजलाको अभियानलाई निरन्तर साथ दिएको प्रसंगमा उपन्यास दौडेको छ ।’
उपन्यासको नाम नै जलजला राखिएका कारण कतिपयले उनले लेख्दै गरेको उपन्यासलाई प्रेमकथामा आधारित उपन्यास हुन सक्ने आँकलन पनि गरेका छन् । तर, सिंह उपन्यासमा प्रेमसम्बन्धी प्रसंगहरू अत्यन्तै कम, राजनीतिक, दार्शनिक र जीवन दृष्टिकोणसँग सम्बन्धित पक्ष नै बढी मुखरित भएर आउने बताउँछन् ।
‘जलजलालाई मैले प्रेम गरेँ । हाम्रो विवाह हुन सकेन । उनको मृत्यु भयो । उनी पार्टीको पूर्णकालीन कार्यकर्ता थिइन् । हामीले उनलाई अन्तर्राष्ट्रिय क्षेत्रको काम लगाउने योजनाका साथ भारतमा काम गर्न पठायौँ । तर, भारतमा पुगेको केही दिनमै बस दुर्घटनामा उनको मृत्यु भयो । उनलाई मैले उपन्यासमा त्यसरी माध्यम बनाएको छु,’ सिंहले उपन्यासमा प्रेमिका जलजलाको प्रस्तुतिलाई लिएर भने ।
mयजबलदष्अपचबm
जलजलासँग सिंहको भेट पार्टी नेता र कार्यकर्ताकै रूपमा भएको थियो । त्यसवेला उनको पार्टी भूमिगत थियो । केन्द्रीय कार्यालय बनारसमा राखेका थिए, सिंहहरूले । बनारसमै पार्टी प्रशिक्षणका क्रममा जलजलालाई सिंहले भेटेका थिए, पहिलोपटक । सोही भेटमा सिंह उनीप्रति आकर्षित भएका रहेछन् ।
उनीसँगको भेटको प्रसंग सुनाउँदै सिंहले भने, ‘बनारसको पार्टी प्रशिक्षणपछि उनलाई हामीले थबाङ पठायौँ । पञ्चायतकाल त्यसै कठिन छँदै थियो, त्यसमाथि थबाङ असाध्यै वर्गसंघर्षको केन्द्रभागमा थियो । यातायातका साधन थिएनन्, त्यहाँ पुग्न ५–६ दिन हिँडेरै जानुपथ्र्यो । थबाङमा संगठनको आधारभूमि तयार पार्‍यौँ । त्यसमा उनको महत्त्वपूर्ण भूमिका थियो । करिब एक वर्ष त्यहीँ बसेर उनले पार्टी संगठनको काम गरिन् । त्यसपछि उनलाई हामीले अन्तर्राष्ट्रिय काममा पनि लगाउने योजनाअनुरूप दिल्ली पठायौँ । दिल्लीमा गएको दुई–चार दिनमै उनको बस दुर्घटनामा मृत्यु भयो । यसरी उनीसँग मेरो व्यक्तिगत सम्बन्ध अत्यन्तै थोरै समयमा टुंगिन पुग्यो ।’
०००
उपन्यास लेखनका कारण पनि सिंहले खोतले । पहिलो प्रेम जोकोहीलाई पनि बिर्सन असाध्यै गाह्रो हुन्छ, सिंहलाई पनि त्यस्तै भयो । ‘उपन्यास लेखनका मेरा आफ्नै कथा छन्,’ सिंहले थप बेलीविस्तार लगाउँदै भने, ‘जलजला मेरी प्रथम प्रेमिका थिइन्, उनको दुस्खद मृत्यु भयो, उपन्यासमा उनी प्रधान कथापात्र बनेर आइन्, दोस्रो पक्ष भनेको मैले भारतमा बस्ने वेला गढवाल, कुमाउँ र पश्चिम नेपालको कृषि संरचनाको तुलनात्मक अध्ययन गरेर पिएचडी गर्ने योजना बनाएको थिएँ । तर, त्यो योजना पूरा हुन पाएन । मैले पिएचडीका लागि भनेर त्यसवेला तीन–चार वर्षजति खोज गरी सामग्री जम्मा गरेको थिएँ । अन्तिममा थेसिस लेख्ने वेला ६ महिनाजति समय चाहिएको थियो । पार्टीमा त्यसका लागि समय माग गरँे । तर, त्यसवेलाको परिस्थितिका कारण समय पाइएन । तिनै अध्ययन सामग्रीलाई पनि उपन्यासमा समेट्ने जमर्को गरेको छु ।’
०००
त्यसो त सिंहले यसभन्दा अगाडि पनि उपन्यास लेख्ने जमर्को नगरेका होइनन् । ०१८ सालमा कपिलवस्तु जेलमा बस्दै उनले उपन्यास लेख्ने सोचाइ बनाएका रहेछन् । चार वर्ष उनले जेलमा बस्दा उपन्यासका लागि केही सामग्री तयार पनि गरे । तर, पछि उनलाई भैरहवा जेल चलान गर्दा ती सामग्री कपिलवस्तुका एकजना कम्युनिस्ट नेतालाई जिम्मा लगाएका थिए ।
०००
उनी जेलबाट छुट्दा जसलाई उपन्यासको सामग्री दिएका थिए, उनैको मृत्यु भइसकेका कारण त्यसवेलाको योजना पनि सिहंको अधुरो नै रह्यो । यसले पनि उनलाई पीडा दियो । ‘मैले उपन्यास लेख्न ०१८ सालपछि जेल पर्दा पनि प्रयत्न गरेको थिएँ । त्यसवेला चार वर्ष लगाएर तयार पारेको सामग्री हराएँ, त्यही कडीलाई पनि जोडेर अहिले उपन्यास लेख्नुको एउटा कारण थियो,’ सिंहले भने ।
०००
उनले उपन्यासमा ०३४ देखि ४१ सालसम्मको घटनालाई कालखण्डका रूपमा प्रस्तुत गरेका छन् । जलजलालाई उनले अभियानकी अभियन्ता र उनको निधनपछि अर्की पात्र सुनन्दालाई उत्तराधिकारी पात्रका रूपमा समेत प्रस्तुत गरेका छन् । जवाहरलाल नेहरु विश्वविद्यालयमा इतिहासको पिएचडी शोध विद्यार्थीका रूपमा काम गर्दै गरेकी सुनन्दालाई जलजलाको पदचापका रूपमा सिंहले उपन्यासमा उतारेका छन् ।
०००
पञ्चायती व्यवस्थाको कालखण्डको यथार्थ तथ्यलाई सिंहले उपन्यासमा उतारे पनि अहिले नेपाल बहुदलीय प्रजातन्त्र, १० वर्षको माओवादी युद्ध, १९ दिनको जनआन्दोलन हुँदै गणतन्त्रसम्म प्रवेश गरिसकेको छ । पञ्चायती कालखण्डमा उपन्यासको कथावस्तु घुमे पनि अहिले पनि नेपालको सन्दर्भमा उपन्यासका विषयवस्तु उत्तिकै सान्दर्भिक रहेको सिंहको ठम्याइ छ । ‘समाज परिवर्तनलाई प्रधान विषयवस्तु बनाएर उपन्यास घुमेका कारण अहिले पनि समय सुहाउँदो नै छ,’ सिहंले थपे, ‘सामाज परिवर्तनको अभियान निरन्तर चलिरहने प्रक्रिया हो । कुनै देश, कालले फरक पार्दैन । जीवनका समग्र पक्षलाई समेटेका कारण एउटा मात्रै कालखण्डले उपन्यासलाई बाँधिरहन सक्दैन ।’

नेपालको कम्युनिस्ट आन्दोलन, विश्वका क्रान्तिकारी आन्दोलनहरू, फ्रान्सको क्रान्ति, जर्मनको फाँसीवादविरोधी आन्दोलन, रुसको कम्युनिस्ट आन्दोलन, समाजवादी क्रान्ति र त्यसको पतनजस्ता विषयलाई उपन्यासमा कुनै न कुनै रूपमा कलात्मक ढंगले विभिन्न पात्रका रूपमा अगाडि सारेर समेट्ने प्रयास गरेको सिंह बताउँछन् ।
०००
उपन्यासमा सिंहले काल्पनिक र वास्तविक पात्रलाई संयोजन गरी उतारेका छन् । काल्पनिक पात्रमार्फत वास्तविक र वास्तविक पात्रमार्फत काल्पनिक कथामा उनले उपन्यासलाई रस भरेका छन् । ‘निर्मल लामा, चित्रबहादुर केसी, प्युठान र काठमाडौंका पनि कतिपय वास्तविक पात्रहरू उपन्यासमा समेटिएका छन् । लेखक, साहित्यकार, पारिजातहरूलाई पनि उपन्यासमा समेटेको छु,’ सिंहले भने, ‘तर जेजति जीवित पात्रहरू उपन्यासमा उतारेको छु । ती पात्रहरूलाई उपन्यासमा चाहिँ काल्पनिक रूपमा प्रस्तुत गरेको छु ।’
०००
प्रथम प्रेमिकाका नाममा प्रेमिकाका कथावस्तुलाई नै समेटेर उपन्यास लेख्दै गरे पनि सिहंलाई श्रीमती दुर्गा पौडेलले सहयोग गरेकी छिन् । भारतको धार्जुलाका कतिपय स्थानमा स्रोत–सामग्री अध्ययनमा दुर्गाले सहयोग गरेकी सिंह बताउँछन् । ‘दुर्गाले त मलाई जलजला उपन्यास लेखनमा पूरै सहयोग गरेकी छिन्, उनैले कतिपय पात्र, परिवेशको खोजीमा साथ पनि दिएकी छिन्,’ सिंहले थपे । पछिल्लो समय मान्छेले देश, समाज र जनताभन्दा पनि व्यक्तिगत फाइदाका लागि मात्र सोच्ने, आफ्नो स्वार्थलाई मात्रै केन्द्रबिन्दुमा राख्ने भँडुवा प्रवृत्ति बढिरहेका छन् । यसलाई चिर्ने हतियारका रूपमा उपन्यासको सेरोफेरो घुमेको सिंहको भनाइ छ ।
०००
माक्र्सवादी चेतभन्दा बाहिर रहेका उपन्यासभन्दा आफ्नो उपन्यास दृष्टिकोणमा फरक रहने उनले बताए । आफ्नो उपन्यास संसार बदल्ने कम्युनिस्ट दर्शनलाई मूल आधार बनाएर आउने सिंहले तर्क गरे । ‘पार्टीको नाराबाजी साहित्यका रूपमा मात्र लेख्ने प्रयत्न मैले गरेको छैन । त्यस्ता प्रसंगहरू अत्यन्त कम आएका छन् ।’ अब पाठकले धेरै समय उपन्यासका लागि धैर्य गर्न नपर्ने भन्दै सिंहले जोड दिएर भने, सौन्दर्य पक्षको बचाउ गर्दै सैद्धान्तिक रूपले लेख्ने प्रयत्न मैले गरेको छु । जुन दर्शनका लागि हामीले संघर्ष गरिरहेका छौँ, त्यही दर्शनलाई स्थापित गर्ने प्रयत्न मैले उपन्यासमार्फत गरेको छु ।’

नयाँ पत्रिकामा रामकृष्ण अधिकारीकाे प्रस्तुति

About ICT Khabar/आइसिटी खबर

Check Also

विशाल थापा : नेता कलाकारको आवाज दुरुस्तै निकाल्छन् हेर्नुहोस – भिडियो सहित

नेपालमा क्यारीकेचर कलाकारीता नेपालमा युवा पूस्ताहरुको लागि मनपर्ने प्रस्तुती बनिरहेको छ र क्यारीकेचर कलाकारीतामार्फत आफ्नो ...