Breaking News
Home / आइसिटी नेपाल / प्रविधिको उपयोग बारामा भिडियो कन्फ्रेन्स मार्फत अभियुक्तको म्याद थप गरियो

प्रविधिको उपयोग बारामा भिडियो कन्फ्रेन्स मार्फत अभियुक्तको म्याद थप गरियो

जिल्ला प्रहरी कार्यालय बाराले भिडियो कन्फ्रेन्सबाट म्याद थप गर्ने कार्यको थालनी गरेको छ । ईलाका प्रहरी कार्यालय सिमराबाट भिडियो कन्फ्रेन्सबाट म्याद थप गर्ने कार्यको शुभारम्भ गरिएको हो ।

भिडियो कन्फ्रेन्सबाट म्याद थप गर्न सकिने भएपछि प्रहरीलाई राहत भएको छ । अभियुक्तहरुलाई सदरमुकाम ल्याउन र लैजानमा लाग्ने जनशक्ति अन्यत्र प्रयोग गर्न सकिने अवस्था बनेको प्रहरी अधिकारीहरु बताउँछन् ।

इलाका प्रहरी कार्यालय सिमराका प्रहरी निरीक्षक सुवास सिंह ठकुरीसुरक्षाको दृष्टिले सहज हुनुको साथै स्रोत साधनको समेत बचत हुने बताए । ‘सिमराबाट कलैयास्थित जिल्ला अदालत पुग्न ३५ किलोमिटरको यात्रा गर्नुपर्छ, जघन्य प्रकृतिको अपराधका अभियुक्त भाग्ने संभावना पनि हुन्छ’ उनले भने, ‘भिडियो कन्फ्रेन्सबाट म्याद थप गराउँदा सहज हुन्छ, सुरक्षित हुन्छ । त्यतिमात्रै नभएर राज्यको स्रोत साधनको पनि बचत हुन्छ ।’

सोमबारसम्म ४ वटा मुद्धामा भिडियो कन्फ्रेन्समार्फत म्याद थप भइसकेको छ । जिल्ला प्रहरी कार्यालय बाराले निजगढ र सिम्रौनगढ स्थित इलाका प्रहरी कार्यालयबाट समेत यस्तो सेवा सञ्चालन गर्ने तयारी गरिरहेको छ ।

About ICT Khabar/आइसिटी खबर

Check Also

माइक्रोसफ्टको विन्डोज ७ बन्द हुदै

काठमाडौं ।  माइक्रोसफ्टले अपरेटिङ सिस्टम विन्डोज ७ लाई बन्द गर्ने भएको छ ।  हालै माइक्रोसफ्टले ...