Breaking News
Home / आइसिटी न्युज/टेक अपडेट / फेसबुकमा एउटी केटीका अनेक नाम केटा फसाउने र लाखौं पैसा असुल्ने धन्दा

फेसबुकमा एउटी केटीका अनेक नाम केटा फसाउने र लाखौं पैसा असुल्ने धन्दा

सामाजिक संजालमा फेसबुकमा मित्रता गरेर मानिसहरुलाई फसाउने र ठगी गर्ने एउटा घटनाको पर्दाफास भएको छ ।

बलात्कारको अभियोगमा फसाउने धम्की दिँदै युवकसँग ३० लाख रुपैयाँ मागेकी फेबसबुकपायलको रहस्य खुलेको छ । सोधपुछमा खुलेको छ कि यी युवतीले फरक फरक नामबाट फेसबुक आइडी बनाउँछिन् र युवकहरुलाई फ्रेण्ड रिक्वेस्ट पठाएर मित्रता गर्छिन् । मेलमिलाप बढेपछि ती युवकलाई ब्ल्याकमेल गरेर लाखौं रुपैयाँ असुल्छिन् । तर, अहिले उनी प्रहरीको हिरासतमा छिन् ।

प्रहरीले ती युवतीकी आमासहित अन्य २ जनालाई पक्राउ गरेको छ । पुलिसले ती युवतीले अन्य कैयौं युवकलाई फसाएको आशंकामा अनुसन्धान गरिरहेको छ । युवतीको वास्तविक नाम पापिया भएको बताइएको छ । उनी आफूलाई पायल नाम बताएर चिनाउँथिन् । त्यसपछि उनले फेसबुकमा अञ्जली र इशा नामबाट पनि आइडी बनाएकी थिइन् । उनले यी आइडीबाट युवकलाई फ्रेण्ड रिक्वेस्ट पठाउँथिन् । मित्रता गहिरिएपछि तिनै युवकहरुलाई ब्ल्याकमेल गरिन्थ्यो । आरोपी युवतीको स्थायी ठेगाना भारत त्रिपुरा भएको बताइएको छ । उनको विवाह कोलकातामा भएको थियो ।

४ वर्ष पहिले उनका पतिको मृत्यु भइसकेको थियो । केही समय युवतीले गुढागौडजी गएर एक जागिर पनि गरिन् । उनका दुई बच्चा पनि भएको बताइएको छ । प्रहरीले पक्राउ गरेका मध्ये उनकी आमा पीडितलाई धम्क्याउने काम गर्थिन् । उनले बलात्कार अभियोगमा फसाउने धम्की दिँदै गुढागौडजीका एक युवकसँग ३० लाख मागेकी थिइन् । ती युवकले पुलिसलाई खबर गरेर २ लाख रुपैयाँ युवतीलाई दिए । पुलिसले तत्काल उनलाई पक्राउ गर्यो ।

About ICT Khabar/आइसिटी खबर

Check Also

नेपाली इन्जिनियरले बनाए ‘मेड इन नेपाल’ पहिलो भूउपग्रह

नेपाली बिद्यार्थीले अन्तरिक्षमा प्रक्षेपण गर्ने मिल्ने ‘पिको (पकेट क्युब) भूउपग्रह निर्माण गरेका छन्।भक्तपुरकाे कमलबिनायकस्थित ओराइन ...

This is the code for your widget. Just copy and paste it into your website. New widgets may take up to 30 minutes before they start displaying properly.
Loading...