Home / स्वास्थ्य/ज्ञान / फेसबुकमा जोडी बाँध्ने डेटिङ फिचर्स आउँदै

फेसबुकमा जोडी बाँध्ने डेटिङ फिचर्स आउँदै

  फेसबुकका करिब २ करोड प्रयोगकर्ताले आफ्नो प्रोफाइलमा वैवाहिक अवस्था ‘एकल’ लेखेका छन् । उनीहरुलाई जोडी बाँध्न मद्दत गर्ने उद्देश्यकले फेसबुकले नयाँ फिचर्स ल्याउन लागेको छ । त्यसको लागि ‘डेटिङ सर्भिस’ चाँडै प्रयोगमा ल्याइने जुकरवर्गले बताए । ‘एकल अवस्थामा रहेका प्रयोगकर्ताले आफ्ना लागि योग्य साथी छान्न सकुन् भनेर यस्तो सुधार गर्न लागिएको हो,’ उनले भने । त्यस्तै इन्टाग्राममा अब भिडियो च्याट र केही नयाँ फिल्टर्स सामेल गरिने उनले बताए ।

आफ्ना प्रयोगकर्ताहरुको चाहना, गोपनीयता तथा सुरक्षासँग सम्बन्धित विषयमा सक्रियता बढाएको पनि बताए । फेसबुक प्रयोगकर्ताहरुको डाटा चोरी भएको तथ्य प्रकाशमा आएपछि फेसबुकका संस्थापक मार्क जुकरवर्गले फेसबुकलाई अझ सुरक्षित र विश्वसनीय बनाउन विभिन्न कदम उठाएका छन् ।

About ICT Khabar/आइसिटी खबर

Check Also

यसकारण साइबर सुरक्षाको विषयलाई अब साझा मुद्दा बनाउन जरुरी छ

सूचना प्रविधि प्रयोगमा आएको वृद्धिसँगै यससँग जोडिएका अपराधहरु पनि सार्वजनिक हुन थालेका छन् । सरकारले ...