Home / आइसिटी न्युज/टेक अपडेट / फेसबुक अभिशाप बन्दै, दैनिक ८ हजार प्रयोगकर्ताको मृत्यु एक रिपोर्ट

फेसबुक अभिशाप बन्दै, दैनिक ८ हजार प्रयोगकर्ताको मृत्यु एक रिपोर्ट

। एक रिपोर्ट अनुसार आगामी ४० वर्षभित्रमा जिवित भन्दा मृतक फेसबुक प्रयोगकर्ताको संख्या दोब्बर हुनेछ ।

एक तथ्यांक अनुसार फेसबुकमा ३ करोड अकाउन्ट यस्ता मानिसका छन् जसको मृत्यु भैसकेको छ । हरेक दिन ८ हजार फेसबुक प्रयोगकर्ताको मृत्यु हुने गरेको तथ्यांकले देखाएको छ ।

अझ रोचक त के भने सन् २०६० सम्ममा फेसबुक प्रयोग गरिरहेका जिवित मानिसहरुको तुलनामा मृत्यु भैसकेका फेसबुक प्रयोगकर्ताको संख्या दोब्बर हुनेछ । आखिर अवस्था यस्तो हुँदा पनि मृतकको फेसबुक अकाउन्ट किन डिलिट गरिँदैन त ?

हामीले देखेकै कुरा हो कुनै मृतकको फेसबुकको टाइमलाइनमा मृतकका शुभचिन्तक, साथीभाई आदिले यस्ता शव्दहरु लेखेका हुन्छन् मानौँ त्यो व्यक्तिले तत्कालै रिप्लाई देओस् । मरेको मानिसको टाइमलाइनमा जन्मदिन तथा कुनै विशेष दिनको शुभकामना मात्र होइन फ्रेण्ड रिक्वेस्ट समेत पठाउँछन् मानिसहरु ।

मरेका मानिसका सोसल मिडिया अकाउन्टहरु डिलिट नहुँदा डिजिटल चिहान खडा भैरहेको छ । तर यसको एउटा सकारात्मक पाटो पनि छ । त्यो के भने मृतकको सम्झना तथा विरासतलाई जोगाईराख्नका र नयाँ पुस्तालाई त्यस व्यक्तिको इतिहाससँग जोडिराख्नका लागि यो भन्दा उत्कृष्ट मञ्च अरु छैन ।

एजेन्सी

About ICT Khabar/आइसिटी खबर

Check Also

विश्वभरको इन्टरनेट अवरुद्ध हुँदैछ, किन ?

रसिया टुडेको रिपोर्ट अनुसार इन्टरनेट कर्पोरेसन अफ असाइन्ड नेम्स एण्ड नम्बर्सले क्रिप्टोग्राफिक की सिस्टमको मर्मत ...

This is the code for your widget. Just copy and paste it into your website. New widgets may take up to 30 minutes before they start displaying properly.
Loading...