Home / आइसिटी न्युज/टेक अपडेट / फेसबुक स्टाटस’ हौसला उन्मुख अनि स्टाटस माथीको प्रतिकृया सिर्जनात्मक रहनु पर्दछ

फेसबुक स्टाटस’ हौसला उन्मुख अनि स्टाटस माथीको प्रतिकृया सिर्जनात्मक रहनु पर्दछ

_ Photo : Nepaliblogger.com

इन्टरनेट एउटा महासागर हो । यहाँ मैले सोचेजस्तो सदुपयोग नै हुन्छ भन्ने छैन । तपाईले चाहेजस्तोमात्र चल्छ भन्ने हैन । संसारमा मानिसको जति संख्या छ, त्यती नै सोच र बिचार छन् । ति सबैलाई मैले भनेझैं बनाउन असम्भव छ तर तपाईंको फेसबुक आइडी तपाईंको नियन्त्रणमा छ । त्यसलाई तपाईंले समाजपायोगी हिसाबले चलाउन सक्नु भयो भने समाजप्रतिको तपाईंको योगदान यही हुनेछ ।

कैलेकाहीं लाग्न सक्छ, संसार फेसबुकमा छरपष्ट छ । सामाजिक सञ्जालहरु मानिसको मनोदशालाई बजारमा छ्यालब्याल पारि रहेकाछन् । म एउटाले यसको सदुपयोग गरेर के नै हुन्छ र ?

फेसबुक स्टाटस’ मानिसको सामाजिक संबन्धलाई मात्र उजागर गर्दैन, मान्छेको मानसिक द्वन्दलाई पनि प्रष्ट पार्दछ । ‘ह्वाट् इज इन योर माइन्ड ?’ को जवाफ दिई रहंदा तपाईं आफ्नो मनको कुरामात्र ‘अपडेट’ गरिरहनु भएको हुन्न, आफ्नो बानी र ब्यहोरापनि सार्बजानिक गरिरहनु भएको हुन्छ । कहिले काही ‘पोष्ट’ गर्ने सुन्दर तस्विरले मात्र हाम्रो भावना सुन्दर देखिंदैन, दैनिक ‘अपडेट’ गर्ने ‘स्टाटस’ले पनि कस्तो छौं भन्ने कुराको निर्धारण गर्दछ ।

केही बर्षअघिसम्म बिहे गर्ने बेलामा केटाकेटीको टिपन मिलाउने गरिन्थ्यो तर आजकाल फेसबुक मिलाए पुग्छ । तपाईंले बिहे गर्ने केटीको आनी, बानी, रुची, स्वभाव कस्तो छ भन्ने कुरा उसको फेसबुक प्रोफाईल ‘भिजिट’ गरे पुग्छ । तपाईंको संभावित पतिको बिचार, संपर्क र संबन्ध कस्तो छ, उसको ‘लाईक’, ‘कमेन्ट’, ‘फ्रिक्वोइन्ट भिजिटर’को लिष्ट हेरे पुग्छ ।

फेसबुक अरुका लागि सामाजिक सञ्जाल हो तर प्रयोगकर्ता स्वयम्कालागि आन्तरिक पहिचान हो । कस्ता भिडियोहरु ‘लाईक’ गर्नु हुन्छ, कुन वेल ‘शेयर’ गर्नुहुन्छ, कस्ता साथीहरुलाई ‘इन्भाईट’ र ‘सजेष्ट’ गर्नुहुन्छ, त्यसैका आधारमा अरुले हाम्रो पहिचान गर्दछन् । अब फेसबुक तपाईंको ब्यक्तिगत पुस्तिकामात्र रहेन, तपाईंको सानो शन्देशले ठूलो परिवर्तन गर्न सक्छ । मेरो ठुलो प्रश्तुतीले पनि केही नगर्न सक्छ । सञ्जालमा जोडिएपछि यो मेरो नीजि मामला हो भनेर फेसबकुमा अराजक हुनुहुन्न ।

अहिले धेरै सर्वसाधारण फेसबुकमा पहुँच राख्दछन् । यसले तोडिएका सम्बन्धलाई जोड्ने र जोडिएका संबन्धलाई तोडिने अवस्थामा पनि पुऱ्याएको छ । सञ्जाल भनेकै जोड्ने हो । जोड्ने माध्यामको प्रयोग गरेर सम्बन्धहरु तोड्ने खाले कमेन्टस् र स्टाटस लेख्नु हुन्न । मनले सोचेका र मष्तिष्कले अह्राएका सबै कुरा फेसबुकमा छरपष्ट पार्नु वेवकुफी हो । मन र फेसबुकको बिचमा एउटा विवेक भन्ने ‘बटम’पनि छ, त्यसलाई पनि प्रयोग गर्नुपर्छ ।

आज मान्छे अशान्त, अधैर्य, आक्रोशित, निराश र उत्तेजित छ भन्ने कुरा फेसबुक स्टाटस्लाई त्यसमा देखिने कमेन्टबाट थाहा हुन्छ । रिस र आवेगमा लेखिएका स्टाटसहरुमा लाईक र कमेन्टको बाढी अउँछ । घृणा र द्धेश फैलाउने बिषयहरु सबैभन्दा बढि शेयर हुन्छन् । तिरस्कार र अपराधका ‘पोष्ट’हरु सबैभन्दा बढि ‘भाईरल’ भएको देखिन्छन् ।

हाम्रो ‘स्टाटस’ हौसला उन्मुख हुनुपर्छ । अरुको स्टाटसमाथीको प्रतिकृया सिर्जनात्मक रहनु पर्दछ । जिवन उपयगी ‘लिंक’मात्र शेयर हुनु पर्दछ । सुन्दर ‘पिक्चर’ शेयर गर्नुृ पर्दछ । सामाजोपयोगी भिडियोमात्र भाईरल बनाउनु पर्दछ । नराम्रा बिचारमा राम्रा प्रतिकृया राख्नु पर्दछ । असल साथीमात्र ‘एसेप्ट’ गर्नु पर्दछ । समय मिलाएरमात्र फेसबुक चलाउनु पर्दछ ।

 

Gajureal.com

About ICT Khabar/आइसिटी खबर

Check Also

विश्वभरको इन्टरनेट अवरुद्ध हुँदैछ, किन ?

रसिया टुडेको रिपोर्ट अनुसार इन्टरनेट कर्पोरेसन अफ असाइन्ड नेम्स एण्ड नम्बर्सले क्रिप्टोग्राफिक की सिस्टमको मर्मत ...

This is the code for your widget. Just copy and paste it into your website. New widgets may take up to 30 minutes before they start displaying properly.
Loading...