Breaking News
Home / आइसिटी न्युज/टेक अपडेट / फेसबुक ह्याक गर्ने १० सरल तरिका यस्तो

फेसबुक ह्याक गर्ने १० सरल तरिका यस्तो

सामाजिक सन्जाल मध्येमा पनि फेसबुक हिजोआज धेरै माँझ चर्चित र पपुलर बन्दै गइरहेको छ । करोडौको संख्यामा प्रयोगकर्ताहरु रहेको फेसबुकका थुप्रै फाइदा  छन  ।  फेसबुकमा कयौ व्यक्तिगत र संस्थागत डाटाहरु समेत राख्ने गरिएको छ । जुन डाटाहरु फेसबुक एकाउन्ट ह्याकसँगै ह्याकरहरुले चोर्न सक्छन । फेसबुकले आफ्ना सदस्यहरु यस्ता समस्यामा नपरुन भनेर थुप्रै टुल्सहरु दिएको छ । तर पनि दैनिक जसो थुप्रै मानिसहरुका फेसबुक ह्याक भएका घटना सुन्नमा आइरहेका छन् । कयौपटक त फेसबुक एकाउन्ट ह्याक गरेर डाटा चोरेर लगिसक्दा पनि यूजरले पत्तोसम्म पाउँदैनन । फेसबुकलाइ सजिलै तरिकाले ह्याक गर्न सकिने १० तरिकाहरु छन । जसको बारेमा जानकारी पाएपछि तपाइँले आफ्नो फेसबुक ह्याक हुनबाट जोगाँउन सक्नुहुनेछ ।

१.फेसबुक ह्याक हुने पहिलो स्टेप :  फेसबुकमा आउने गरेको ‘फेक फ्रेन्ड रिक्वेस्ट’ स्विकार गर्नु नै तपाई  ह्याकको शिकार हुँदै हुनुहुन्छ भन्ने सूचना हो । जव कुनै फेसबुक यूजरले ह्याकरको फ्रेन्ड रिक्वेस्ट स्विकार गर्दछ त्यतिखेरै  ह्याकर्सको ९० प्रतिशत काम सकिन्छ ।

२.इमेलको प्रयोग :  फ्रेन्ड रिक्वेस्ट स्विकार गरिसकेपछि ह्याकर्सले यूजर एकाउन्टमा लग इन गर्दछ । लगइन गर्नको लागि लगइन बक्समा इमेल एकाउन्ट राख्दछ । तपाइँले फ्रेन्ड रिक्वेस्ट एसेप्ट गरेपछि ह्याकरले सजिलै एमेल एकाउन्ट प्राप्त गर्न सक्दछ ।

३.फेसबुक लगइनमा यूजरकोे इमेल आइडी लगइन गरेपश्चात ह्याकर्सले फर्गेट पासवर्ड बटन क्लीक गर्दछ । उसको साथमा पासवार्ड नहुने हुँदा उ अव यो स्टेपबाट अगाडी बढ्दछ ।


४.फर्गेट पासवर्ड गरिसकेपछि ह्याकरले फेसबुकको सर्च बटनको माध्यमबाट सजिलै फेसबुकको आइडी चिनेर त्यो आफ्नो एकाउन्ट हो भनेर क्लिक गर्दछ ।


५.यसपछि ह्याकर्सले यूजरको फेसबुक एकाउन्मा क्लिक गर्दै उक्त फेसबुकलाइ आफ्नै एकाउन्ट भएको बताउँदछ जसलाइ फेसबुकले सजिलै पत्याउदछ ।


६.कुनै दोश्रो यूजरको फेसबुक एकाउन्ट आफ्नो एकाउन्टमा ल्याएपछि फेसबुकले नयाँआइडी हाल्नको लागि भन्दछ ।

७.नयाँआइडी हालेपछि फेसबुकले सेक्यूरिटी प्रश्न सोध्दछ । त्यसपश्चात फेसबुक ह्याकर्सले त्यस एकाउन्टलाइ रिकभरीको मेनपेजमा लान्छ ।


८.ह्याकर्सलाई रिकभरीको मेन पेजमा पुगेपछी फेसबुकले बेस्ट रिकभरी अप्शनको बारेमा सोध्दछ ।

९.फेसबुकद्धारा रिकभरी अप्सनमा ट्रस्टेड फेसबुक एकाउन्ट भनेर सोध्दछ । त्यतिखेर त्यही फेक फेसबुक एकाउन्टलाई सेलेक्ट गर्दछन जुन फ्रेन्ड रिक्वेस्ट यूजरले यसअघि स्विकार गरेको हुन्छ ।

१०.जव यूजरको एकाउन्टको रिकभरी आफ्नो एकाउन्टमा सेन्ड गर्नको लागि सेलेक्ट गर्दछ । फेसबुकले त्यस फेक एकाउन्टको इमेलमा सेक्यूरिटी कोड सेन्ड गर्दछ । त्यसपछि ह्याकरले त्यस कोडको सहायताले यूजर एकाउन्टमा हाल्दछ । यसैलाइ नै अव उसले पासवर्डको रुपमा प्रयोग गर्दछ । यसै कोडले गर्दा उसले आफ्नो इच्छा अनुसार पासवर्ड चेन्ज गरेर अर्काको एकाउन्ट मजाले चलाउन सक्दछ ।

About ICT Khabar/आइसिटी खबर

Check Also

नेपाली इन्जिनियरले बनाए ‘मेड इन नेपाल’ पहिलो भूउपग्रह

नेपाली बिद्यार्थीले अन्तरिक्षमा प्रक्षेपण गर्ने मिल्ने ‘पिको (पकेट क्युब) भूउपग्रह निर्माण गरेका छन्।भक्तपुरकाे कमलबिनायकस्थित ओराइन ...

This is the code for your widget. Just copy and paste it into your website. New widgets may take up to 30 minutes before they start displaying properly.
Loading...