Breaking News
Home / आइसिटी नेपाल / बनेपामा विद्यार्थीले बनाए सेन्सरयुक्त विश्वकै नमुना कार

बनेपामा विद्यार्थीले बनाए सेन्सरयुक्त विश्वकै नमुना कार

काठमाडौं विश्वविद्यालय (केयु) केन्द्रीय कार्यलयका अटोमोबाईल्स विभागमा अध्ययनरत विद्यार्थीले नयाँ तीनचक्के सवारी साधनको निर्माण गरेका छन् ।

नयाँ मोडेलको यो सवारी साधन सेन्सरयुक्त छ । यस्तो मोडेलको सवारी साधनलाई नेपालकै नमुना सवारी साधन भएको उनीहरुकाे दाबी छ । विद्यार्थीहरुले तयार पारेको यो सवारी साधन वतावरणमैत्री पनि रहेको केयुका मेकानिकल इन्जिनियर डिपार्डमेन्टका प्रमुख प्राध्यापक डा. डेनियर तुलाधरले बताए ।

५० सिसी क्षमता रहेको उक्त सवारी ग्यासबाट चल्छ । तौल ५० किलो रहेको मेकानिकल ईन्जिनियर विजेन्द्र श्रेष्ठले बताए ।

निर्माण भएका अधिकांश सवारी साधनमा कार्वोरेटरको प्रयोग गरिएको हुन्छ । जसले पुरानो भएपछि वातावरणमा कालो धुवा र प्रदुषण गर्छ । तर जुनकिरीमा एफआई किटको प्रयोग र ईन्जीनमा सेन्सर भएकाले कालो धुवाँ आउनासाथ ईन्जीन आफैँ बन्द हुने र स्टार्ट नहुने भएकाले प्रदुषण रोक्नथाम हुने थापाको दावी छ ।

आफूहरुको सीप र ज्ञानलाई उद्यमसँग जोडेर नेपाललाई आत्मनिर्भर बनाउन सहयोग पुग्ने उनीहरुको दावी छ । थापाका अनुसार १० जनाको समुह मिलेर निर्माण गरेको उक्त साधनको मुल्य २ लाख ७० हजार छ ।

About ICT Khabar/आइसिटी खबर

Check Also

फेसबुकमा समस्या, संसारभरका प्रयोगकर्ता प्रभावित

सामाजिक सञ्जाल फेसबुक र इन्स्टाग्राममा समस्या आएको छ ।बुधबारदेखि नै सामाजिक सञ्जालहरू फेसबुक र इन्स्टाग्राममा ...