Breaking News
Home / आइसिटी नेपाल / बुटवलका युवकले बनाए व्याट्री र पेट्रोल दुवैबाट चल्ने कार…

बुटवलका युवकले बनाए व्याट्री र पेट्रोल दुवैबाट चल्ने कार…

२२ वर्षीय युवक हुन् बुटवलका अंकित बराइली । उनले दुई वर्ष लगाएर व्याट्री र पेट्रोल दुवैबाट चल्ने कार बनाएका छन् । स्पोर्टस् मोडेलको कारलाई उनले ‘ड्रिम कार’ नाम दिएका छन् । यद्यपि कारलाई अन्तिम स्वरुप दिन अझै बाँकी छ ।

कारको माथिल्लो भाग (छत) राख्न र ‘बडी’ पेन्टिङ गर्न उनले भ्याएका छैनन् । बराइली आफैंले कारको स्वरुप डिजाइन गरेर यसको चेसीस, फेब्रिकेसन, सस्पेन्सन सिस्टम जडान गरेर कार बनाएका हुन् । ब्रेक र स्टेरिङ्ग पनि आफैंले बनाएका हुन् ।

ग्राउण्ड क्लियरेन्स १ सय ५० एमएम, साढे ३ मिटर लम्बाइ, १.२५ मिटर उचाइ र ४५ इन्च चौडाइ भएको यो कार दुई सिट क्षमताको हो ।कारको डिजाइनलाई मुर्तरुप दिन बराइलीले चेसिसलाई एक वर्षसम्म विशेष प्रकारको माटोले पुरेर आकार निकाली डाइ बनाएर फाइबर ग्लासको ‘बडी’ बनाएका छन् ।

विद्युत चार्ज गरेर र पेट्रोल दुवैबाट चल्ने यो कार प्रतिघण्टा करिब ४० किलोमिटर गुड्ने बराइली बताउँछन् । यद्यपि कारमा गति मापन गर्ने उपकरण भने जडान गरेका छैनन् ।

विशेषखालको मेसिननरी यन्त्रविना स्थानीयस्तरमा उपलब्ध लेथ मेसिनको प्रयोगबाट वेल्डिङ, वायरिङ गरेर कार तयार गरेको बराइलीले बताए ।

चारवटै पांग्रामा ब्रेक सिस्टम राखेका उनले यो कारलाई उकालोमा पनि कुदाएका छन् । बुटवलको सबैभन्दा उकालो सडक लक्ष्मीनगर र हिलपार्कको डाँडोसम्म चालकसहित दुईजनालाई कारले सजिलैसँग पुर्‍याएको बराइलीले बताए ।

कार बनाउन अहिलेसम्म करिब ६ लाख रुपैयाँ मात्र खर्च भएको र फिनिसिङसहित अन्तिम रुप दिन अझै २ लाख रुपैयाँ जति लाग्ने उनले बताए । कारको छत गर्मी याममा निकालेर खुल्ला राख्न मिल्ने र जाडो याममा पुनः राख्न मिल्ने गरी डिजाइन गरिएको उनले सुनाए ।

कारमा १२ भोल्टका ५ वटा ब्याट्री राखिएको छ । ब्याट्रीबाट कार १ सय ५० किलोमिटर गुड्छ । १५ लिटर पेट्रोलबाट झन्डै २ सय किलोमिटर यात्रा गर्न सकिने बराइलीको दावी छ ।

About ICT Khabar/आइसिटी खबर

Check Also

इन्नटरनेटमा भाइरल बनेको युवतीको भाइरल तस्वीरहरु हेर्नुहोस्

काठमान्डू अहिले इन्टरनेट मा भाइरल ले गर्दा मानिसहरु लाइ चकित बनाएको हुन्छ कति बेला के ...