Breaking News
Home / आइसिटी न्युज/टेक अपडेट / भारतले अन्तरीक्षमा रोबोट पठाउने

भारतले अन्तरीक्षमा रोबोट पठाउने

भारतीय अन्तरीक्ष एजेन्सी इसरोले अन्तरीक्षमा परीक्षणका लागि जनावरको साटो रोबोट पठाउने भएको छ ।

विभिन्न देशहरुले अन्तरीक्ष परीक्षणका लागि कुकुर तथा बाँदर लगायतका जनावर पठाउने गरेकोमा भारतले भने रोबोट पठाउने निर्णय गरेको हो ।सन् २०२१ मा अन्तरीक्षमा मानिस पठाउने योजनामा रहेको भारतले त्यसअघिको परीक्षण प्रक्रियाका लागि यन्त्र मानव अर्थात् रोबोटको सहारा लिनेछ ।

इशरो प्रमुख के शिवनले अन्तरीक्षमा हुने जटिल प्रकारका परीक्षण प्रक्रियामा कमजोर जनावरहरुलको साहरा लिने र दुःख दिने आफूहरुको उद्देश्य नभएको बताएका छन् ।

गगनयान मिसनका रुपमा अन्तरीक्षमा भारतीय अन्तरीक्षयात्रीलाई पठाउने योजनामा भारत निकै नजिक रहेको उनको भनाइ छ ।

स्मरणरहोस् अमेरिका, रुस तथा चीन जस्ता देशहरुले अन्तरीक्षमा मानिस पठाउनु अघि परीक्षणको लागि जनावर पठाएका थिए ।

About ICT Khabar/आइसिटी खबर

Check Also

इन्नटरनेटमा भाइरल बनेको युवतीको भाइरल तस्वीरहरु हेर्नुहोस्

काठमान्डू अहिले इन्टरनेट मा भाइरल ले गर्दा मानिसहरु लाइ चकित बनाएको हुन्छ कति बेला के ...