Home / आइसिटी न्युज/टेक अपडेट / माइक्रोसफ्टको विन्डोज ७ बन्द हुदै

माइक्रोसफ्टको विन्डोज ७ बन्द हुदै

काठमाडौं ।  माइक्रोसफ्टले अपरेटिङ सिस्टम विन्डोज ७ लाई बन्द गर्ने भएको छ ।  हालै माइक्रोसफ्टले विन्डोज ७ का प्रयोगकर्ताहरुलाई नोटिफिकेशन पठाउन सुरु गरेको छ । जसमा कम्पनीले अब विन्डोज ७ अपरेटिङ सिस्टमको लागि अपडेट उपलब्ध नगराउने भनिएको छ ।

माइक्रोसफ्ट  प्रयोगकर्ताहरु विन्डोज ७ बाट विन्डोज १० मा अपग्रेड हुन् भन्ने चहान्छ । तर नोटिफिकेशनमा विन्डोज १० को बारेमा केहि लेखिएको छैन । तर नोटिफिकेशनको तल लर्न मोरमा  क्लिक गरे युजर विन्डोज ७ को वेबसाइटमा पुग्छन् जहां यूजरलाई आफ्नो पीसी अपग्रेड गर्ने सलाह दिइएको छ ।

कम्पनीले २२  जुलाई २००९ मा विन्डोज ७ सार्वजनिक गरेको थियो । मे महिनाको सुवातमै कम्पनीले  विन्डोज ७  बन्द गर्ने नोटिफिकेशन दिने निर्णय गरेको थियो । कम्पनीद्वारा दिइएको नोटिफिकेशन विन्डोज अपडेटको नोटिफिकेशन जस्तै रहेको छ ।

प्रयोगकर्ताका लागि नयाँ अपडेट विन्डोज अपडेट अपशनमा उपलब्ध हुनेछ । यदि यूजरले अटोमेटिक अपडेटको अपशन रोजेको भए , अपडेट आफै डाउनलोड र इन्स्टल हुनेछ । यदि यूजर बार-बार नोटिफिकेशन नचाहिए उसले ‘डु नट रिमाइन्ड अगेन’ को अपशन चुन्नुपर्नेछ ।

About ICT Khabar/आइसिटी खबर

Check Also

फेसबुक लाइभ गर्दै हुनुहुन्छ ? अब सचेत हुनुहोस्

सामाजिक सञ्जाल फेसबुकले प्रत्यक्ष प्रसारण सम्बन्धि नयाँ नियम ल्याएको छ । आफ्नो नीति विपरीत आतंकवाद ...