Breaking News
Home / आइसिटी टुरजिम / यसकारण एकपटक हामी सबैले घुम्नैपर्ने पर्यटकीय सौराहा नगरी फोटोफिचरसहित

यसकारण एकपटक हामी सबैले घुम्नैपर्ने पर्यटकीय सौराहा नगरी फोटोफिचरसहित

काठमाडौं । नेपालमा घुमफिरका लागि धेरै रमणिय स्थानहरु रहेका छन् । साहसिक पर्यटन, जल पर्यटन, वाइल्डलाइफ पर्यटन, टे्रकिङ, माउन्टेन क्लाइम्विङका लागि नेपाल विश्वमै प्रशिद्ध रहेको छ । नेपालको तेस्रो पर्यटकीय गन्तव्य चितवनको सौराहा वाइल्डलाइफ टुरिजमका लागि प्रशिद्ध रहेको छ । सौराहाको पर्यटन चितवन राष्ट्रिय निकुञ्ज र त्यहाँका जनावर, पंक्षीहरुमा अडिएको छ । हात्ती चढेर जंगल सफारी गर्नु, वन्यजन्तुहरु हेर्नु, राप्ती नदिमा डुङ्गा सयर गर्नु, सूर्यास्त हेर्नु, थारु कल्चरको अवलोकन गर्नु सौराहाका आकर्षणहरु हुन् ।
करिव ४० प्रतिशत बनजंगलले ढाकेको नेपाल वाइल्डलाइफ पर्यटनका लागि उत्कृष्ट देश मानिन्छ । नेपालको वाइल्डलाइफमा रमाउन बर्षेनी लाखौं पर्यटक नेपाल भित्रिने गर्छन् ।

सौराहामा विदेशी पर्यटकहरुमात्र होइन स्वदेशी पर्यटकहरु पनि प्रशस्त पुग्ने गरेका छन् । सौरहाका होटल व्यवसायीहरुका अनुसार पछिल्लो समय त्यहाँको व्यवसाय अन्तरिक पर्यटकले धान्न थालेका छन् । स्थलमार्गबाट राजधानी प्रवेशद्धार चितवनमा रहेको सौराहा सबैका लागि सजिलो गन्तव्य हो । विहान गएर बेलुका फर्किनसमेत मिल्ने स्थानमा रहेको सौराहा नेपालीहरुका लागि आकर्षक गन्तव्य बनेको छ ।DSC_8770

हात्ती चढेर जंगल सफारी

????????????????????????????????????
सौराहाको मूख्य आकर्षण हात्ती सफारी आमसर्वसाधारणका लागि नयाँ स्वाद चखाउने चिज हो । निकुञ्जभित्र निजी हात्ती लैजान बन्देज लगाइएपछि हात्तीबाट निकुञ्ज सफारी गर्न नपाएपनि व्यवसायीहरुले नजिकैको सामुदायिक बनमा सफारी गराउँछन् । अहिले सौराहामा ४७ वटा निजी क्षेत्रका हात्तीहरुले पर्यटकलाई जंगल सफारी गराउँदै आएका छन् IMG_0719
सौराहामा हात्ती सहकारीमार्फत सञ्चालन गरिदै आएको छ । सहकारीले हात्तीबाट जंगल सफारी गरेको स्वदेशी पर्यटकलाई १२५० सय पचास रुपैयाँ, भारतीय पर्यटकलाई १४६० रुपैयाँ र विदेशी पर्यटकहरुलाई १६ सय साठी रुपैयाँ लिने गरेका छन् । यी हात्तीले बागमारा जंगलमा सफारी गराउँछन् । हात्ती सफारी गर्न ५ वर्षको बच्चादेखि ८० र ९० वर्षसम्मका बुढा बुढीहरु समेत पुग्ने गरेको व्यवसायीहरु बताउँछन् ।IMG_0712

IMG_1050
सौराहामा डुङ्गा चढेर सफारी गर्नु आकर्षक पक्ष हो । राप्ती नदिमा डुङ्गा सयर गर्दा गोही, गैंडा, चराचुरुङ्गी हेर्न तथा अवलोकन गर्न पाइन्छ । साथै, सूर्यास्त पनि सौराहाबाट देख्न सकिन्छ । थारु संस्कृती, परम्परा, रहनसहन बारेमा पनि सौराहा पुगेपछि जान्न बुझ्न पाइन्छ । सौराहाको अर्को अकर्षण हो, थारु कल्चरल डान्स । सौराहा पुग्ने मान्छे थारु कल्चरल डान्स नहेरि फर्किएमा उसको भ्रमण अधुरो नै रहन्छ ।
हात्ती सफारी गर्दा जंगलमा मृग चरिरहेको, विभिन्न प्रजातीका चराचुरुङ्गी, बँदेल, बाघ, गैंडा, गोही, बाँदर, सर्पलगायतका पशुपन्छीहरु हेर्न पाइन्छ । सार्थ, जंगलभित्र देखिने घाँसे मैदानहरुले पनि मन आकषिर्त पार्छन् ।????????????????????????????????????

About ICT Khabar/आइसिटी खबर

Check Also

सूचना प्रविधि विधेयक २०७५, पारित, अब सामाजिक सञ्जाल नेपालमा दर्ता हुनुपर्छ

फेसबुक ट्वीटर सञ्चालकले नेपालमा दर्ता गर्नुपर्दछ, प्रयोकर्ताले होइन प्रतिनिधिसभाको बैठकले “सूचना प्रविधि सम्बन्धी विधेयक, २०७५ ...

This is the code for your widget. Just copy and paste it into your website. New widgets may take up to 30 minutes before they start displaying properly.
Loading...