Breaking News
Home / JOB Profile / राष्ट्रिय वाणिज्य बैंकमा १९५ जनालाई जागिरको अवसर

राष्ट्रिय वाणिज्य बैंकमा १९५ जनालाई जागिरको अवसर

काठमाडौं । पूर्णसरकारी स्वामित्वको राष्ट्रिय बाणिज्य बैंकमा १९५ जनालाई जागिर खुलेको छ । लोकसेवा आयोगका प्रतिनिधि सम्मिलित समितिले परिक्षा लिने भएकाले पूर्णप्रतिस्पर्धाका आधारमा बैंकले नयाँ कर्मचारीको छनोट गर्नेछ । लिखित परिक्षा र अन्तवार्ताबाट उम्मेद्धवारहरुको छनोट गरिने छ ।

बैंकले महिला आवेदनका लागि ३५ वर्ष ननाघेका महिलाले आवेदन दिनसक्ने गरी विज्ञापन खुलाएको थियो । तर, ४० वर्षसम्मका महिलाले आवेदन दिन पाउनुपर्ने भन्दै अदालतमा मुद्दा परेपछि प्रक्रिया रोकिएको थियो ।

कुन तहमा कति ?
बैंकले ३ तहमा ७३ जना, ५ तहमा ४१ जना, ६ तहमा ७५ जना, ७ तहमा पाँच जना र ८ तहमा एक जना कर्मचारी मागेको छ । तर, नयाँ कर्मचारीले विराटनगर, काठमाडौं, पोखरा, बुटवल, नेपालगञ्ज र धनगढी क्षेत्रीय कार्यालय अन्तरगर्तका शाखामा काम गर्नुपर्ने छ ।

कति चाहिन्छ योग्यता ?
छैटौं तहमा आवेदन दिन व्यवस्थापन वा अर्थशास्त्रमा स्नातकोत्तर गरेको हुनुपर्ने छ भने तीन तहमा आवेदन दिन १२ कक्षा पास गरेको हुनुपर्छ । त्यस्तै पाँचौ तहमा आवेदन दिन स्नातक पास गरेको हुनुपर्ने बैंकले जनाएको छ ।

तीन वर्षमा साढे ११ सय कर्मचारी थप्दै
पुराना कर्मचारीले अवकास पाएपछि नयाँ कर्मचार थप्न बैंकले ३ देखि ८ तहसम्मका लागि कर्मचारी भर्ना गर्न लागेको हो । आगामी ३ वर्षभित्र साढे ११ सयको हाराहारीमा कर्मचारीहरुले अवकास पाउने छन् । अवकास पाएको कर्मचारीको पदपूर्तिका लागि बैंकलाई ठूलो जनशक्ति आवश्यक परेको हो ।

सूचना हेर्नुस्rbb-notice

About ICT Khabar/आइसिटी खबर

Check Also

साइबर हमलाको जोखिममा नेपाल, प्रविधिको दुरुपयोग भएर पनि साइबर अपराध

प्रविधिको दुरुपयोग भएर पनि साइबर अपराध भएको देखिन्छ।  चिट्ठा पर्‍यो भनेर ठगी भएको देखिन्छ। धेरै ...

This is the code for your widget. Just copy and paste it into your website. New widgets may take up to 30 minutes before they start displaying properly.
Loading...