Breaking News
Home / आइसिटी न्युज/टेक अपडेट / रुसमा रोबर्ट बेश्यालय सञ्चालन

रुसमा रोबर्ट बेश्यालय सञ्चालन

रुसको राजधानीमा एउटा रोबोट वेश्यालय खुलेको छ, यहाँ रोबोटलाई सेक्स डलको रूपमा सेवाका लागि राखिएको छ । यो रुसको पहिलो यस्तो वेश्यालय हो जहाँ रोबोटहरूले सेवा प्रदान गर्ने छन् ।

प्रकाशित समाचार अनुसार सेक्स डल म्युजियमका नामले संचालित स्पेन र इटालीका ती वेश्यालयभन्दा मस्कोमा खुलेको वेश्यालय धेरै कुराले भिन्न रहेको बताइएको छ ।

यहाँ राखिएका सेक्स दलहरूको तापक्रम नियन्त्रण गर्न सकिने र यिनको गुप्ताङ्गमा समेत तापक्रम नियन्त्रण प्रणाली रहेको बताइएको छ । यति मात्र नभएर यी डलहरूले ग्राहकहरूको इच्छा अनुसार ‘फोहोर कुरा’ समेत गर्न सक्छन् ।

अर्थात कुनै ग्राहकले यिनीहरूसँग ‘फोहोर कुरा’ गर्न चाहेको खण्डमा यिनीहरूले त्यसो समेत गर्न सकिने गरेर यिनीहरूलाई निर्माण गरिएको छ । समाचारहरूमा जनाइए अनुसार ‘आर्टिफिसियल इन्टेलिजेन्स’बाट संचालन हुने यी डलहरू अंग्रेजी र चिनियाँ भाषामा कुरा गर्न सक्छन् ।

त्यसका साथै यिनीहरूलाई लचकदार बनाइएकाले ग्राहकले चाहेको आसन समेत उपलब्ध गराउन तिनीहरू सक्षम रहेको जनाइएको छ । स्थानीय मिडियाका अनुसार यी डलहरूको नाम ‘एमा’ राखिएको छ र ५ फीट ४ इन्च अग्ला यिनीहरूलाई ग्राहकले छुँदा यिनले प्रतिक्रिया दिने गरेको बताइएको छ ।

तर समाचारहरूमा यस्तो सेवा लिन चाहने ग्राहकले भने निकै ठुलो रकम खर्च गर्नु पर्ने जनाइएको छ । यस्ता डलहरूसँग एक घण्टा समय बिताउन ८० डलर खर्च गर्नु पर्ने छ जुन नेपाली मुद्रामा लगभग साढे नौ हजार हुन आउँछ ।

About ICT Khabar/आइसिटी खबर

Check Also

नेपाली इन्जिनियरले बनाए ‘मेड इन नेपाल’ पहिलो भूउपग्रह

नेपाली बिद्यार्थीले अन्तरिक्षमा प्रक्षेपण गर्ने मिल्ने ‘पिको (पकेट क्युब) भूउपग्रह निर्माण गरेका छन्।भक्तपुरकाे कमलबिनायकस्थित ओराइन ...

This is the code for your widget. Just copy and paste it into your website. New widgets may take up to 30 minutes before they start displaying properly.
Loading...