Breaking News
Home / आइसिटी इभेन्ट/गतिविधि / रोबर्टले सुर्खेतमा क्यान मेला उद्घाटन

रोबर्टले सुर्खेतमा क्यान मेला उद्घाटन

प्रदेश राजधानी वीरेन्द्रनगरमा शुक्रबारदेखि सुरु भएको क्यान इन्फोटेकको उद्घाटन नेपाली वैज्ञानिकले बनाएको रोबोर्टले रिबन काटेर गरेको थियो ।

कर्णाली प्रदेशमै पहिलो पटक रोबोर्ट ल्याइएको हो । इन्फोटेक स्थलमा रोबोर्ट हेर्नेहरुको भीड लागिरहेको छ ।

कम्प्यूटर एशोसियसन नेपाल ९क्यान० महासंघ सुर्खेत शाखाद्वारा आयोजित क्यान इन्फोटेकमा क्यान महासंघका केन्द्रीय अध्यक्ष हेमन्त चौरसीयाले कर्णाली प्रदेश सरकारले डिजिटल प्रदेशको निर्माण गर्ने योजनालाई क्यान मेलाले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताए ।

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कर्णाली प्रदेश डिजिटल प्रदेश बन्नेमा आशा पलाएको बताएका छन् । मुख्यमन्त्री शाहीले सूचना र प्रविधिको प्रयोगमा सक्षम नभएसम्म चुनौतीहरु कायम रहने भन्दै क्यानले आयोजना गरेको प्रदर्शनीले कर्णालीको प्रविधिमा टेवा पुग्ने विश्वास व्यक्त गरे ।

About ICT Khabar/आइसिटी खबर

Check Also

अब जथाभावी सामाजिक सञ्जाल चलाउँदा ५ वर्ष जेल र १५ लाख जरीवाना !

फेसबुक, टि्वटर लगायतका सामाजिक सञ्जालको प्रयोग गर्नेहरुले के कस्तो सजगता अपनाउने पर्ने  जानकारी सरकारले संसदमा ...