Breaking News
Home / आइसिटी न्युज/टेक अपडेट / वाईफाईबाटै बिजुली, विना ब्याट्रि मोबाइल कम्प्युटर चार्ज

वाईफाईबाटै बिजुली, विना ब्याट्रि मोबाइल कम्प्युटर चार्ज

अब छिटै नै वाईफाई सिग्नलबाट नै बिजुली निकाल्न सकिने भएको छ ।  अमेरिकाको मेसाच्युसेट्स इन्स्टिच्युट अफ टेक्नोलोजी (एमआईटी)को वैज्ञानिकले एक यस्तो मेसिन बनाएका छन्, जसले वाईफाईको सिग्नललाई बिजुलीमा परिवर्तन गर्नेछ ।

वैज्ञानिकका अनुसार यसको सहयोगमा विना कुनै ब्याट्रि कुनै पनि उपकरणलाई चार्ज गर्न सकिन्छ । यसलाई रेक्टेना नाम दिइएको छ । यसले वाईफाई सिग्नललाई अल्टरनेटिङ करेन्ट (एसी) लाई डाइरेक्ट करेन्ट (डीसी)मा बदल्न सक्छ ।

रेक्टेनाले कसरी काम गर्छ ?
रेक्टेना उपकरणले वाईफाईमा रहेको इलेक्ट्रोम्याग्नेटिक वेभ्सलाई रेडियो फ्रिक्वेन्सी एन्टेनाको सहयोगमा एसी वेभ्सको रुपमा लिन सक्छ । यो दुई डाइमिन्सनल सेमिकन्डक्टरसँग जोडिएको छ । यो निकै लचिलो पनि रहेको छ । यसपछि वाईफाई दिने एसी वेभ्स सेमिकन्डक्टरमा जान्छ र डीसी भोल्टेजमा बदलिनेछ । यसको प्रयोग विद्युतीय सर्किट र ब्याट्रि चार्ज पनि गर्न सकिन्छ ।
अनुसन्धानकर्ताका अनुसार एसी करेन्टलाई डीसीमा बदल्न रेक्टिफायर जरुरी हुन्छ । वैज्ञानिकका अनुसार यो एन्टेनालाई मोलिब्डेनम डीसल्फाइड रेक्टिफायरबाटठ बनाइन्छ । यो निकै पातलो र लचिलो हुन्छ । यसकारण यसले निकै ठूलो क्षेत्रलाई पनि कभर गर्न सक्छ ।

लागतको ३० प्रतिशत नतिजा
अनुसन्धानका अनुसार १५० माइक्रोवाटको वाईफाई सिग्नलबाट करिब ४० माइक्रोवाटको बिजुली उत्पादन हुनेछ । यति बिजुली कुनै मोबाइलको डिस्प्ले र सिलिकन चिपको लागि पर्याप्त छ । अर्थात् वाईफाई सिग्नलको लागत जति हुन्छ, त्यसको ३० प्रतिशतसम्म उत्पादन पाउन सकिन्छ ।

अनुसन्धानका अनुसार यसअघि जुन रेक्टिफाइर बनाइएको थियो, त्यो कम फ्रिक्वेन्सीमा काम गर्न सक्दैनथ्यो । इस वजहबाट यो रेक्टिफायर मोबाइल फोन र वाईफाई सिग्नलबाट निक्लने गिगाहर्ट्ज फ्रिक्वेन्सीलाई लिन र बदल्नको लागि पनि सक्षम थिएन । यद्यपि अहिले बनाइएको रेक्टिफायर निकै तीव्र छ । यसको माध्यमबाट १० गिगाहर्जसम्मको फ्रिक्वेन्सीलाई पनि बिजुलीमा बदल्न सक्छ ।

About ICT Khabar/आइसिटी खबर

Check Also

नेपाली इन्जिनियरले बनाए ‘मेड इन नेपाल’ पहिलो भूउपग्रह

नेपाली बिद्यार्थीले अन्तरिक्षमा प्रक्षेपण गर्ने मिल्ने ‘पिको (पकेट क्युब) भूउपग्रह निर्माण गरेका छन्।भक्तपुरकाे कमलबिनायकस्थित ओराइन ...

This is the code for your widget. Just copy and paste it into your website. New widgets may take up to 30 minutes before they start displaying properly.
Loading...