Breaking News
Home / आइसिटी न्युज/टेक अपडेट / विश्वकै पहिलो उड्ने कार तयार

विश्वकै पहिलो उड्ने कार तयार

बैज्ञानिकहरुले विलाशीयुक्त उपकरणहरुको आविस्कार गर्ने क्रममा विश्वकै पहिलो उड्ने कार तयार पारेको छन् ।

करिब १२ वर्षको निरन्तर प्रयासपछि विश्वकै पहिलो उड्ने कार तयार पारिएको हो । अब यसको विक्री सुरु गर्ने तर्खर गरिँदैछ । कार निर्माता कम्पनिले अमेरिकाबाट अर्को महिनादेखि यसको अग्रिम–बुकिङ गर्दैछ । ग्राहकले भने अर्को वर्षदेखि मात्रै यो कार घर लान पाउने छन् ।

एक मिनेटभन्दा कम समयमा स्वचालित रुपमा उडान भर्नसक्ने क्षमताको यो कारको गति २०० किमी प्रतिघन्टाभन्दा धेरै रहेको छ। ‘हाइब्रिड–इलेक्ट्रिक’ कारको निर्माण भल्भोको भगिनी कम्पनी टेर्राफुगियाले गरेको हो। कम्पनीले हलुका स्पोर्ट बाहनहरुको कम्पनीले उत्पादन गर्दै आएको छ। संचार माध्यमहरुका अनुसार कम्पनीले तत्कालै यसको मूल्य तोकेको छैन। तर, एउटा कारको अनुमानित लागत २ लाख ७९ हजार अमेरिकी डलर रहेको जनाइएको छ।

सन् २००६ मा निर्माण थालेको कम्पनिले तीन वर्षपछि बल्ल यसको पहिलो परिक्षण उडान गरेको थियो। त्यसपछि कारको परिक्षण र परिमार्जन कम्पनीले सँगसँगै जारी राखेको थियो। पहिले दुईजना बोक्ने गरी बनाइएको यो कारमा चारजना अट्ने गरी विकसित गरिएको छ। टेर्राफुगियाका अनुसार यो कारले १६० किलोमिटरप्रतिघन्टाको वेगमा ६४० किलोमिटरसम्म उडान भर्न सक्छ। बजारमा उपलब्ध हुने बेलासम्म यसमा थप सुधार र परिमार्जन गरिने कम्पनीले जनाएको छ।

यसमा सिट थप्ने, लगेज स्टोरेज बढाउने, सिट बेल्ट र एयरब्याग्समा सुधार गर्नेगरि काम भईरहेको छ। यसमा जडान गरिएको ‘रियर–भ्यु’ क्यामेरा र एउटा नयाँ पारासुट प्रणालीले कारलाई उन्नत बनाई दिएको छ। आपातकालिन अवस्थामा पारासुटले यात्रुलाई सुरक्षित अवतरणका लागि सहयोग गर्नेछ। यात्रा शुरु गर्नुअघि कारमा जडित कम्प्युटरमा यात्रुले आफ्नो गन्तव्य टाइप गर्नुपर्नेछ। त्यसपछि ढुक्क भएर बसे हुन्छ, आफैं गन्तव्यमा पुगिने छ। रनवे नचाहिने, चालकको पनि आवश्यकता नपर्ने भएकाले व्यापारिक र आकस्मिक प्रयोजनमा यो कोशेढुंगा सावित हुने विश्वास लिइएको छ।

अमेरिकास्थित फेडरल एभिएसन एड्मिनिस्ट्रेसनद्वारा दुई वर्षअघि नै यो कारले एउटा हलुका ‘स्पोर्ट एयरक्राप्ट’ का रुपमा मान्यता प्राप्त गरिसकेको छ। यसले राष्ट्रिय राजमार्ग गुड्ने गरी ट्राफिक सुरक्षा मापदण्ड समेत पुरा गरिसकेको छ। तर उपभोक्ताहरुले यसका लागि कार चालकको अनुमति मात्रै हैन, विमान चालकको लाइसेन्स पनि लिनु पर्नेछ। साना विमानस्थलमा अवतरण गर्न र घरसम्म सजिलै ड्राइभ गर्न सक्ने भएकाले उपभोक्ताले बढी रुचाउने दाबी गरिएको छ। यो कारमा उड्नका लागि दुईटा पखेटा जडान गरिएको छ, जसको तौल १३ सय पाउण्ड रहेको छ। यसमा ल्याण्डिङ गियर फिक्ड गरिएको छ। यो अधिकतम १० हजार फिट उचाईमा उड्न सक्छ।

About ICT Khabar/आइसिटी खबर

Check Also

तपाइँको फेसबुक कस्ले हेर्दैछ यसरी पत्ता लगाउनुहोस

तपाइँले आफ्नो फेसबुक कसले हेरिरहेको छ भन्ने चाल नपाइरहनु भएको हुन सक्छ । गुगल क्रोम ...