Breaking News
Home / आइसिटी मार्केट / विश्वकै सानो कम्प्युटर, हेर्नुहोस् नुनको सानो टुक्रा जत्रै छ

विश्वकै सानो कम्प्युटर, हेर्नुहोस् नुनको सानो टुक्रा जत्रै छ

आइबिएमले  थिंक २०१८ कन्फ्रेन्समा विश्वको सबैभन्दा सानो कम्प्युटर पनि प्रदर्शन गर्ने भएको छ । विश्वकै सबैभन्दा सानो यस कम्प्युटर १ मिलिमिटर लामो तथा १ मिलिमिटर चौडाइको रहेको छ । यसअघि मिसिगन माइक्रो मोटेले सन् २०१५ मा सबैभन्दा सानो आकारको कम्प्युटर तयार पारेको थियो । त्यसको आकार २ मिलिमिटर लम्बाई तथा २ मिलिमिटर चौडाई थियो ।

आइबिएमले बनाएको कम्प्युटर त्यसभन्दा आधा सानो छ । यो सानो कम्प्युटरले आउ ँदो ५ वर्षमा प्रविधिको दुनियालाई पूर्णरुपमा बदल्ने दाबी कम्पनीको छ ।

के यति सानो आकारको कम्प्युटरले वास्तवमा अन्य कम्प्युटरले गर्ने काम गर्न सक्छ की देख्नका लागि मात्रै हो त ? यदि यस्तो सोँचाईमा हुनुहुन्छ भने ढुक्क बन्नुस् यो कम्प्युटरको स्टामिना तथा पर्फमेन्स दमदार छ । यो कम्प्युटरले पर्फमेन्सको आधारमा अरु ठूला कम्प्युटरलाई माथ गर्दछ ।

यो कम्प्युटरमा हजारौँ ट्रान्जिस्टर्सको प्रयोग गरिएको छ । साथै यसमा इन्टर्नल मेमोरी, पावर ब्याट्री, चिप, ३८६ पावर्ड प्रोसेसर, ४ एमबीको र्‍या, एलइडीमा आधारित एक कम्युनिकेसन युनिट तथा फोटो डिटेक्टर पनि रहेको छ ।

यति सानो ग्याजेटमा यी सबै डिजिटल डिभाइस हुनुका कारणले यो कम्प्युटरले वास्तवमै राम्रो पर्फमेन्स दिन्छ । आगामी ५ वर्षभित्रमा यो कम्प्युटरलाई अझै सानो आकारको तथा शक्तिशाली बनाइने कम्पनीको योजना छ

About ICT Khabar/आइसिटी खबर

Check Also

वाईफाईबाटै बिजुली, विना ब्याट्रि मोबाइल कम्प्युटर चार्ज

अब छिटै नै वाईफाई सिग्नलबाट नै बिजुली निकाल्न सकिने भएको छ ।  अमेरिकाको मेसाच्युसेट्स इन्स्टिच्युट ...

This is the code for your widget. Just copy and paste it into your website. New widgets may take up to 30 minutes before they start displaying properly.
Loading...