Home / लेख/बिचार विवेचना / सन्दर्भ असार पन्ध्र र कृषि पर्यटन : कृषि क्रान्तिको कुरामात्र काम शुन्य

सन्दर्भ असार पन्ध्र र कृषि पर्यटन : कृषि क्रान्तिको कुरामात्र काम शुन्य

  • भरतराज उप्रेती

BRAJ

जलस्रोत र कृषिको धनी देश नेपालमा यी दुबैको उपयोगमा न त सरकार न त हामी नै जिम्मेवार बन्न सकेका छौ । लाखौं युवाहरु बिदेशको भुमिमा पसिना चुहाइरहेका छन् आफ्नो घरखेतको त कुरै नगरौ करेसाबारी समेत बाँजो बन्ने अवस्थामा पुगिसकेको छ । कृषिमा वैज्ञानिक प्रणाली लागू हुन नसक्दा पुर्खादेखि हराभरा बन्दै आएको जमीन अहिले अरबको मरुभूमि झै बनेको छ । सरकार खाली कृषि पर्यटनको सम्भाव्यता छ मात्र भन्छ, राजनीतिक दलका नेताहरु कृषि क्रान्तिको झुटो आश्वसन बाँडिरहन्छन् । युवा पुस्तालाई विदेशमा श्रम गराउने नीतिलाई बढवा दिदै रेमिट्यानस भित्र्याएर अर्थतन्त्र धानेको लज्जास्पद कुरा मात्र गर्छ सरकार । गाउँ घरमा बूढाबूढी र केटाकेटीहरु मात्र छन् । जोश छउन्जेल जमीन जोतेर, खनेर बहादुरी गरेका हाम्रा बाबुआमहरु अहिले बुढेसकालको सहारा खोजिरहेका छन् । जमीन बाँझो रहेको आँखाले देख्न नसकेर जसोतसो करेसाबारीसम्म रोपरिहेका छन् तर अब त्यही करेसाबारी पनि उनीहरुको बलबर्कतले गर्न छोडेपछि बाँझो बन्ने निश्चित छ । तर नेपालमा जब असार पन्ध्र आउँछ, रोपाई महोत्सव गर्ने दहीचिउरा खाने, गमलामा भने पनि धान रोपेर कृषि क्रान्तिको उपहास भइरहेको छ । अन्धो सरकार र केही टाढाबाढाहरुले कृषि क्रान्ति र कृ््षि पर्यटनको नाममा खल्ती भर्ने र प्रोफाइल बनाउने मेसो गरिरहेका छन् ।

dhann

बेला बेलामा सरकार जमीन बाँझो राख्ने किसानलाई कारवाही गर्ने भन्दै नाग्लो ठटाएर हात्ती तर्साउन खोजेजस्तो गर्छ । युवाहरुलाई रोजगारीभन्दा पनि कृषि पर्यटनमा लगाउने नीति र व्यवस्थापनप्रति सरकार गम्भीर देखिदैन । अनि भएको जमीनलाई उपयोग गर्दै उद्यमी कसरी बन्ने भन्ने सोच हामीमा पनि छैन । आज काम गरे भोलि नै हजार हजारको बिटो पाइन्छ की पाइदैन भन्ने लत मानसिकताको भूत हामीमा चढेको छ । पैसा हात परे भइहाल्यो ।

 कृषि क्रान्तिको पाइला यसरी बतास झै चलेको छ । रसायनिक मल र विषादी प्रयोग गरी उब्जाएका अन्नबाली र तरकारीहरुको प्रयोगले स्वस्थ्य जीवन नै धरापमा परेको छ । विलासी जीवनशैली महत्वाकांक्षी सोचले ढिडो, गुन्द्रुक, भटमास, मस्याङ सागसब्जीहरुको स्वाद हाम्रा बाआमाले समेत बिर्सने अवस्था आइसकेको छ । हामीलाई त चिल्लो मसलादारा, तारेका खानेकुराहरु प्यारो बनेको छ ।

gau

कम्पोष्ट मलको प्रयोगबाट उब्जने अन्न र सागपातहरु हाम्रा लागि बूढापाकाको उखान झै भएको छ । गाउँ घरको शुद्ध गाइ भैसीको दुध दही मही हाम्रा लागि अमेरिका, युरोप जस्तै पाउन मुश्किल भएको छ । डेरीको दही घिउ र दूध हाम्रा लागि हाइजेनिक बनेको छ ।
कली युगको मध्यमा यस्तै हुन्छ भन्थे हाम्रा बाजेहरुले । खै यो कली युगको मध्यान्तर हो की । राम्रो काम गर्न नहुने, राम्रो बोल्न नहुने रैछ । नराम्रो गर्नेहरु नै राम्रो हुने उनीहरुकै भलो हुने समयको बिभिन्न घटनाहरुले पुष्टि गर्दैआएको छ ।gamala

असार पन्ध्र धान रोपाईको मध्य हो । धान रोपाईको यो मध्य समयमा गाउँ घरमा सौहार्द, एकता र खुशीका साथ पञ्चे बाजाका साथ सयौं फाँट रोपाइ हुन्थ्यो, हिलो छ्यापाछ्याप, झ्याउरे असारे गीतको रौनकता, लाखे नाँचको बेग्लै रमाइलो हुन्थयो । अहिले त सहरमा रोपाई गर्ने ठाउँ नै छैन अनि एउटा सानो खेतको ग¥होमा सयौ जना झुम्मिएर हिलो खेल्ने, रोपाइ गरेजस्तो गरेर रोपाइ पर्वकै उपहास गरे झै गर्ने परिपाटी बनेको छ । सहरका गगनचुम्बी घरहरुले ढपक्कै ढाकेकाले जमीन भन्ने ठाउँ छैन, अनि ३/४ आना जग्गा लिएर बनाइएका घर करेसामा पनि महंगा फुल रोप्ने र सहरको ठूलो मै हुँ भन्ने आडम्बर बोक्ने शैलीको विकास भएको छ ।

त्यस्तै रोपाईको थकान र हर्षसँगै दही चिउरा खाने परिपाटी सहरमा अफिस, घरमा हुनेले डब्बाका डब्बा दही र किलोका किलो चिउरा खाएर असार १५ मनाउने विकृति बढेको छ ।  गाउँका जमीन बाँझो छन्, त्यहाँको जमीनमा रोपाई गर्न न त सरकारले चासो देखाएको छ न त सहरकारका घर कोठा र अफिसमा बस्नेहरुले देखासिकी गर्दै दही चिउरा खानेहरुले सोचेका छन् ।

ropai
नीति, व्यवस्थापन, जागरुकता र काम गर्ने परिपाटीको विकास सरकार र अबको यवापुस्ताबाट नभएसम्म कृषिक्रान्तिको खोक्रो नाराले बाँझो जमीनमा हरियाली छाउदैन र व्यवसायिक कृषप्रणाली सम्भव छैन । यसका लागि सरकारले युवापुस्तालाई समेट्दै जमीनको उपयोग र किसानको जीवनस्तर माथि उकासी देशको अर्थतन्त्रको आधार बलियो बनाउन वैज्ञानिक कृषिप्रणालीलाई अवलम्वन गर्नुको अर्को विकल्प छैन । जागौं, लागौं र आफ्नै करेसाबारीको जमीनको उपयोग गरी कृषि क्रान्तिको शुरुवात आफैंबाट गरौं । मैले नगरे कसले गर्ने, अहिले नगरे कहिले गर्ने ? त्यसैले शुरुवात गरौ आजै हामीबाटै । dhan

तस्वीरहरु:फेसबुक पेजबाट

(लेखक भरतराज उप्रेती आइसिटी पत्रकार विकास मञ्चका संस्थापक अध्यक्ष तथा आइसिटी युवा पत्रकारको रुपमा एक दशकदेखि कार्यरत हुनुहुन्छ । उहाँ आइसिटी अनलाइनखबर डट कम र आइसिटी खबर डट कम का सञ्चालक एवं प्रधान सम्पादकको रुपमा रहदै नेपालको पहिलो सोसल साइट सञ्चालनको तयारीमा जुट्दै आउनुभएको छ ।)

About ICT Khabar/आइसिटी खबर

Check Also

फेसबुकको ३ अर्ब फेक अकाउन्ट यसरी हटाइयो

फेसबुकले ६ महिनाको अवधिमा ३ अर्ब भन्दा धेरै फेसबुक अकाउन्ट बन्द गरिदिएको छ । सन् ...