Home / आइसिटी न्युज/टेक अपडेट / सन् २०२० को डिभी चिठ्ठा खुल्यो :१२ कक्षा पास नभएकाले पनि डिभी भर्न मिल्ने

सन् २०२० को डिभी चिठ्ठा खुल्यो :१२ कक्षा पास नभएकाले पनि डिभी भर्न मिल्ने

सन् २०२० का लागि डिभी लोटरी खुलेको छ । अमेरिकी सरकारको विदेश मन्त्रालयले सन् २०२० का लागि डिभी लोटरी खोलिएको जानकारी दिएको हो ।

अमेरिकाको पूर्वीय समय अनुशार अक्टोबर ३ तारिख बुधबार दिउसो १२ बजेदेखि नोभेम्बर ६ बुधबार दिउसो १२ बजेसम्म डिभी लोटरीका लागि फारम भर्न सकिनेछ । डिभी लोटरीका लागि आवेदन दिन अन्तिम समयसम्म नकुर्न अमेरिकी सरकारले सुझाव दिएको छ ।

अमेरिकी सरकारले तोकेका एसभीपी ७ भन्दा माथि भएका र जोन ४ र ५ मा पर्ने जागिरहरुमा दुईबर्षको तालिम वा अनुभव भएको खण्डमा डिभी लोटरीका लागि शैक्षिक योग्यता नभएपनि योग्य हुनसक्ने प्रावधान रहेको छ ।

कला, डिजाइन, मनोरञ्जन, खेलकुद र संचारमाध्यममा कार्यक्रम निर्देशकहरु , पु्रफरिडरहरु, कला, डिजाइन, मनोरञ्जन, खेलकुद र संचारमाध्यममा कार्यक्रम प्रोड्युसरहरु, कला, डिजाइन, मनोरञ्जन, खेलकुद र संचारमाध्यममा संगितकारहरु पनि योग्य हुन्छन् तर मोडलहरु भने योग्य हुँदैनन् ।

लाइब्रेरियन, कला, नाटक, संगितका शिक्षक लगायतका पेशामा दुईबर्षको अनुभव र तालिम भएकाहरु पनि डिभी लोटरीका लागि योग्य हुन्छन् ।

तपाईको पेशा डिभी लोटरीका लागि योग्य भएनभएको जाँच गर्न यो लिंकमा क्लिक गर्न सक्नुहुनेछ ।

साथै डिभी लोटरीका लागि एकजनाले एउटाभन्दा धेरै आवेदन नदिन समेत अमेरिकी सरकारले सुझाव दिएको छ । एउटाभन्दा धेरै आवेदन दिएमा त्यस्ता आवेदकहरु कार्यक्रममा भाग लिनबाटै अयोग्य हुने जनाइएको छ ।

डिभी लोटरी भर्न र रिजल्ट हेर्न यो लिंकमा क्लिक गर्नुहोला ।तर डिभी लोटरी भर्ने लिंक भने आगामी अक्टोबर ३ बाटमात्र उपलब्ध हुनेछ ।

अक्टोबरको ३ देखि डिभी लोटरी भर्नेहरुको रिजल्ट भने मे ७ २०१९ बाट आउन थाल्नेछ । अमेरिकी सरकारको आधिकारिक वेवसाइटमा गएरमात्र डिभी लोटरी भर्न र रिजल्ट चेक गर्न सकिन्छ । डिभी लोटरी भर्नका लागि अमेरिकी सरकारलाई कुनै शुल्क बुझाउनु पर्दैन ।

डिभी लोटरीका लागि योग्य हुने मापदण्डहरुमा गतबर्षको तुलनामा यो बर्ष कुनै परिवर्तन गरिएको छैन । बंगालादेश, ब्राजिल, क्यानडा, मुख्यभूमी चीन, कोलम्बिया, डोमेनिकन रिपब्लिक, एल साल्भाडोर, हैटी, इन्डिया, जमैका, मेक्सिको, नाइजेरिया, पाकिस्तान, पेरु, फिलिपिन्स, साउथ कोरिया, नर्दन आयरल्याण्ड बाहेक बेलायत तथा आश्रित भुभागहरु र भियतनामका नागरिकहरु यसबर्ष डिभी लोटरीका लागि आवेदन दिन योग्य हुनेछैनन् ।

 

About ICT Khabar/आइसिटी खबर

Check Also

विश्वभरको इन्टरनेट अवरुद्ध हुँदैछ, किन ?

रसिया टुडेको रिपोर्ट अनुसार इन्टरनेट कर्पोरेसन अफ असाइन्ड नेम्स एण्ड नम्बर्सले क्रिप्टोग्राफिक की सिस्टमको मर्मत ...

This is the code for your widget. Just copy and paste it into your website. New widgets may take up to 30 minutes before they start displaying properly.
Loading...