Breaking News
Home / आइसिटी न्युज/टेक अपडेट / सामसुङको एस ९ र एस ९ प्लस का फिचर र भिन्नताहरु

सामसुङको एस ९ र एस ९ प्लस का फिचर र भिन्नताहरु

सामसुङले ‘ग्यालेक्सी एस ९’ र ‘ग्यालेक्सी एस ९ प्लस’ फोन लन्च गरेको छ । सामसुङको नयाँ फ्ल्यागशिप स्मार्ट फोन नयाँ क्यामरा, डाटा प्रोटेक्स, भर्जुअल असिस्टेन्ट र इन्टरप्राइज परफमेन्सका साथ सार्वजनिक गरिएको छ ।

यसको क्यामरालाई रिडिजाइनका साथसाथै स्मार्टथिङ्ग एप, Knox ३.१ डिफेन्स ग्रेड सेक्युरिटी जस्ता फिचरहरु छन् । यी फोनहरु कालो, खैरो, निलो, पर्पल रंगमा उपलब्ध छन् । यी फोनहरु डस्ट फ्री छन् ।

एस ९’ र ‘एस ९ प्लस’मा

डिस्प्ले

सामसुङ ग्यालेक्सी एस ९ फोनमा ५.८ इन्चको क्वाड एचडी सुपर एमोलेड स्क्रिन छ । फोनको एस्पेक्ट रेसियो १८.५ः९ छ । यसको पिक्जेल प्रति इन्च (पीपीआई) ५३१ छ ।

सामसुङ ग्यालेक्सी एस ९ प्लस फोनमा ६.२ इन्चको क्वाड एचडी प्लस कर्व्ड सुपर एमोलेड स्क्रिन छ । यसको पनि एस्पेक्ट रेसियो १८.५ः९ छ । यसको पिक्जेल प्रति इन्च (पीपीआई) ५६८ छ ।

र्‍याम

सामसुङ ग्यालेक्सी एस ९ फोनमा चार जीबीको र्‍याम राखिएको छ । फोन १० एनएम ६४ बिट एक्स्ट्राकोर चिपसेट छ । फोनमा अक्टाकोर क्वालकम स्न्यापड्रेगन ८४५ प्रोससर राखिएको छ ।

सामसुङ ग्यालेक्सी एस ९ प्लस फोनमा ६ जीबीको र्‍याम राखिएको छ । फोनमा १० एनएम प्रोससरको प्रयोगबाट अक्टाकोर क्वालकम स्न्यापड्रेगन ८४५ प्रोसेसर राखिएको छ ।

व्याट्री

सामसुङ ग्यालेक्सी एस ९ फोनमा ३ हजार एमएएच व्याट्री छ । फोनमा वायरलेस चार्जिङको सुविधा पनि छ ।

सामसुङ ग्यालेक्सी एस ९ प्लसको व्याट्री सामसुङ ग्यालेक्सी एस ९ को व्याट्रीभन्दा बलियो र टिकाउ छ । किनकी यसमा ३ हजार ५ सय एमएएचको व्याट्री राखिएको छ । यसमा पनि वायरलेस चार्जिङको सुविधा छ ।

मूल्य

सामसुङ ग्यालेक्सी एस ९ फोनको सबैभन्दा कम मूल्य ७२० डलर छ । यसको नेपाली रुपैयाँ ७४ हजार ६५४ रुपैयाँ हुन आउँछ ।

सामसुङ ग्यालेक्सी एस ९ प्लसको सबैभन्दा कम मूल्य ८४० डलर छ । यसको नेपाली रुपैयाँ ८७ हजार ९६ रुपैयाँ हुन्छ ।

About ICT Khabar/आइसिटी खबर

Check Also

नेपाली इन्जिनियरले बनाए ‘मेड इन नेपाल’ पहिलो भूउपग्रह

नेपाली बिद्यार्थीले अन्तरिक्षमा प्रक्षेपण गर्ने मिल्ने ‘पिको (पकेट क्युब) भूउपग्रह निर्माण गरेका छन्।भक्तपुरकाे कमलबिनायकस्थित ओराइन ...

This is the code for your widget. Just copy and paste it into your website. New widgets may take up to 30 minutes before they start displaying properly.
Loading...