Breaking News
Home / प्रडक्ट लन्च/ अपडेट/ रिभ्यु / सामसुङ S10 का विशेषता यस्ता छन्

सामसुङ S10 का विशेषता यस्ता छन्

सामसुङले सन् २०१९ मा सामसुङ एस१० विश्व बजारमा सार्वजनिक गर्ने तयारी गरेको छ । कम्पनीले ल्याउने तयारी गरेको नयाँ स्मार्टफोनको केही विवरणहरु सार्वजनिक भएका छन् ।

सन् २०१९ मा सार्वजनिक गर्ने तयारी गरिएको सामसुङ एस१० तीन फरक आकारमा बजारमा आउनेछ । पछिल्लो केही वर्षयता कम्पनीले दुई फरक आकारमा आफ्ना उत्पादनहरु सार्वएजनिक गर्दै आएकोमा आगामी उत्पादन भने तीन फरक आकारमा सार्वजनिक गर्ने तयारीमा कम्पनी देखिएको हो ।

प्रविधि विश्लेषक मिङ–चि क्युओका अनुसार यो स्मार्टफोन ५.८, ६.१ र ६.४ इन्चको तीन आकारमा बजारमा आउनसक्छ । अमेरिकी कम्पनी एप्पललाई चुनौती दिनका लागि ल्याउन लागिएको यो स्मार्टफोनमा उत्कृष्ट सुविधाहरु थप गर्ने तयारी कम्पनीको रहेको छ । सामसुङले ल्याउन लागेको यो स्मार्टफोनमा फिंगरप्रिन्टको सुविधा पनि रहनेछ । आगामी उत्पादनको क्यामेराको लागि कम्पनीले इजरायलमा रहेको ३डी कम्पनीसँग पनि सहकार्य गरिरहेको छ ।

त्यसका साथै एस१० का उत्पादनहरुमा सामसुङले ३डी फेस रिकोग्निसनको फिचर्स पनि राखेको छ । साथै एस९ र एस९ प्लसमा प्रयोग गरिएको एग्युमेन्ट रियालिटी (एआर) इमोजी प्रविधिको पनि प्रयोग हुनेछन् ।

About ICT Khabar/आइसिटी खबर

Check Also

Robot Made in Nepal मेड इन नेपाल रोबोटको चर्चा विश्वभर

नेपालमै निर्मित रोबोटले रेष्टुरेन्टमा वेटरको रूपमा सेवा दिएको र विश्वकै एक नमूना रेष्टुरेन्ट काठमाडौंमा सञ्चालनमा ...

This is the code for your widget. Just copy and paste it into your website. New widgets may take up to 30 minutes before they start displaying properly.
Loading...