Breaking News
Home / आइसिटी इन्फो / सामसुङ एस नाइन र नाइन प्लसका फिचर्स

सामसुङ एस नाइन र नाइन प्लसका फिचर्स

सामसुङले आफ्ना  दुई स्मार्टफोनको नाम ग्यालेक्सी एस नाईन र एस नाइन प्लस रहने प्रष्ट पारिसकेको छ । ग्यालेक्सी एस नाइन प्लसमा एन नाइनमा भन्दा ठूलो स्क्रिन रहने बताइएको छ ।

यी स्मार्टफोन ग्यालेक्सी एस एट भन्दा महंगो हुने बताइएको छ ।

स्मार्टफोनको लुक्स ग्यालेक्सी एस एटसँगै मिल्दोजुल्दो हुनेछ । यसमा १८ः५ः९ एस्पेक्ट रेसियोवाला पातलो भेजन स्क्रिन रहनेछ ।

पछाठिपट्टि फिंगरप्रिन्ट सेन्सर किनाराको साटो क्यामराको तल बीच भागमा रहनेछ । एस नाईन स्मार्टफोनमा ५.८ इन्चको क्यूएचडी प्ल्स एमोलेड स्क्रिन रहनेछ । नाइन प्लसमा ६.२ इन्चको स्क्रिन हुनेछ ।

सामसुङले आफ्ना आगामी दुई स्मार्टफोनमा अहिलेसम्मकै उत्कृष्ट प्रोसेसर राख्नेछ । स्मार्टफोनमा क्वालकोम स्नेपड्रागन ८४५ का साथै कतिपयमा सामसुङकै एक्जीनोस ९८१९ प्रोसेसर हुनेछ ।

एन नाइनमा ४ जिबी र एस नाइन प्लसमा ६ जिबीको र्याम हुने बताइएको छ । दुबै स्मार्टफोनमा ६४ जिबी तथा १२८ जिबीको इन्टर्नल स्टोरेज रहनेछ ।

समाचार अनुसार सामसुङले आफ्ना यी नयाँ स्मार्टफोनमा आइफोन एक्सका जस्तै केही फिचर पनि राख्ने बताइएको छ । जसमा थ्री डी इमोजी, फेस अनलक सेक्योरिटी फिचर तथा फ्रन्ट फेसिंग स्टिरियो स्पिकर्स रहनेछन् ।

स्मार्टफोनमा १२ मेगापिक्सेलको मूख्य क्यामरा रहनेछ जसमा सुपर स्लो मोसनको फिचर पनि रहनेछ ।

ग्यालेक्सी एस नाईन प्लसमा डुअल क्यामरा हुनसक्ने बताइएको छ । जसमा दोश्रो क्यामरा १२ मेगापिक्सेल सेन्सरका साथमा फिक्स अपर्चरवाला हुनेछ । साथै ८ मेगापिक्सेलको सेल्फी क्यामरा हुनेछ । जसमा सेल्फीका लागि केही नविनतम फिचर्स पनि रहनेछन् ।

About ICT Khabar/आइसिटी खबर

Check Also

वाइफाई ह्याक होला- सुरक्षाका लागि यस्तो गर्नुहोस्

वाइफाई सम्बन्धि उच्च प्राविधिक ज्ञान भएकाहरुले वाइफाई ह्याक सजिलै गर्न सक्छन । अझ प्राविधिक ज्ञान ...

This is the code for your widget. Just copy and paste it into your website. New widgets may take up to 30 minutes before they start displaying properly.
Loading...