Home / आइसिटी न्युज/टेक अपडेट / सुरु भयो विद्युतीय साझा बस सेवा !

सुरु भयो विद्युतीय साझा बस सेवा !

साझा यातायातले विद्युतीय बस सेवा सुरू गरेको छ । प्रधानमन्त्री केपी ओलीले साझा यातायातले सुरू गरेको उक्त बसको उद्घाटन गरेका हुन् ।साझा यातायातले चिनियाँ कम्पनी वीवाइडीको पाँचवटा बस सञ्चालनमा ल्याएको हो । विद्युतीय बस हाललाई काठमाडौं उपत्यकाको केही रूटमा सञ्चालन हुने छ । साझा यातायातले अहिलेलाई दुईवटा विद्युतीय बस काठमाडौं र तीनवटा लुम्बिनीमा चल्ने जानकारी दिएको छ ।

नेपालमा अहिलेसम्म डिजेलबाट चल्ने बस मात्र सञ्चालनमा रहेका छन् । विद्युतीय बस सञ्चालनमा आएमा यसले इन्धनको खपतलाई रोक्ने र वातावरण पनि प्रदूषित नहुने बताइएको छ ।

About ICT Khabar/आइसिटी खबर

Check Also

प्रहरीले फेसबुकबाटै सोधपुछ ! सामाजिक सञ्जालमार्फत कसैको चरित्र हत्या गर्नु कानुन विपरित

प्रहरीको काम सामाजिक सञ्जालका स्टाटसमाथि अनुसन्धान गर्ने मात्रै हुँदैन । कतिपय घटनामा सामान्य विषयमा अनावश्यक ...