Home / आइसिटी इन्फो / स्थायी लेखा नम्बर लिएर करबाट यसरी फाइदा उठाउनुहोस्

स्थायी लेखा नम्बर लिएर करबाट यसरी फाइदा उठाउनुहोस्

कुनैपनि पेशा‚ व्यापार‚ व्यवसाय गर्ने व्यक्ति वा संस्थाले अनिवार्य रुपमा PAN (Permanent Account Number) स्थायी लेखा नं. लिनुपर्ने कानूनी व्यवस्था रहेको छ । स्थायी लेखा नम्वर लिने प्रकृया र त्यसपछिका कर सम्बन्धी विभिन्न कार्यहरु कसरी गर्नु पर्दछ भन्ने बारेमा सामान्य जानकारी दिने हेतुले यो आलेख तयार पारिएको हो ।
  1. कुनै पनि पेशा व्यवसाय‚ कारोवार गर्नुभन्दा पहिला आन्तरिक राजस्व कार्यालयबाट स्थायी लेखा नम्बर (PAN) Permanent Account Number लिनु पर्दछ ।
  1. (PAN) स्थायी लेखा नम्वर लिन आवश्यक पर्ने कागजातहरु
२.१ व्यक्तिको हकमा
  • व्यवसाय दर्ताको प्रमाणपत्र
  • नागरिकताको प्रमाणपत्रको प्रतिलिपि
  • रु. १० को टिकट टाँसी निवेदन
  • घरबहाल सम्झौता/जग्गाधनी प्रमाण पूर्जाको प्रतिलिपि
  • कारोवार स्थलसम्म पुगन सकिने नक्साको संकेत
  • हालसालै खिचिएको पास्सोट साइजको फोटो २ प्रति
  • गैर नागरिकको हकमा सरकारी निकायबाट जारी भएको कुनै परिचयपत्र
२.२ निकायको हकमा
  • प्रवन्ध पत्र, नियमावली, साझेदारी सम्झौता पत्रको प्रतिलिपि
  • प्रा.लि. का संचालक वा साझेदारीहरुको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि
  • स्थायी लेखा न. मा दर्ता गर्दा सहीछाप गर्ने व्यक्ति चयन गरेको र फोटो टाँस गर्ने निर्णय भएको माइन्यूटको प्रतिलिपि
  • रु. १० को टिकट टाँसी निवेदन
  • घरबहाल सम्झौता/जग्गाधनी प्रमाण पूर्जाको प्रतिलिपि
  • प्रा.लि को छाप र स्थायी लेखा न. लिने पत्र
  • हालसालै खिचिएको पास्सोट साइजको फोटो २ प्रति
२.३ संयुक्त उपक्रम (Joint Venture) को हकमा
  • फर्महरु बीचको सम्झौता प्रवन्ध पत्र
  • सबै फर्महरुको कर चुक्ता प्रमाणपत्र
  • कार्य प्रदान गर्ने निकायसंगको सम्झौता पत्र वा आशयपत्र
  • साझेदारहरुको नागरिकताके प्रतिलिपि
  • छाप
  • दर्ता अवधिसम्म ठेक्का इजाजत पत्र नविकरण भएको
  1. कस्तो व्यक्ति मु.अ.करमा दर्ता हुनुपर्छ  ?
  • वार्षिक रु. ५० लाखभन्दा बढी बस्तुको कारोवार हुने भएमा ।
  • वार्षिक रु १० लाखभन्दा बढी सेवाको कारोवार हुने भएमा ।
  • मिश्रित कारोवार (वस्तु तथा सेवा) को हकमा १० लाखभन्दा बढी कारोवार गरेमा ।
  1. अस्थायी दर्ता हुने ब्यबस्था
  • आकष्मिक वा मौसमि प्रकृतिको करयोग्य कारोवार भएमा पनि दर्ता हुनपर्ने हुन्छ । यसमा कारोवारको सिमा लाग्दैन जस्तै अस्थायि रुपमा आयोजना गरिने प्रदर्शनि, मेला, सांस्कृतिक कार्यक्रम, Concert तथा यस्तै अल्पकालिन तथा आकष्मिक प्रकृतिको कारोवार (दफा १०क) र कार्यक्रम समाप्त भएको ७ दिनभित्र लाग्ने कर दाखिला गरी खारेजी गर्नु पर्छ ।
  • कुनै दुई वा सो भन्दा बढी ब्यक्तिले कुनै निश्चित अवधिका लागि तोकिएको कार्य गर्न संयुक्त उपक्रम Joint Venture खडा गरेमा मूल्य अभिवृद्धि करमा अस्थायी दर्ता  गर्नुपर्दछ । यसरी दर्ता भएका Joint Venture ले जे.भि. खडा गर्दा गरेको सम्झौतामा तोकिएको अवधि समाप्त भएपछि दर्ता खारेज गर्नुपर्दछ ।
  1. स्वेच्छिक दर्ता
पूर्वानुमानित अय विवरण बुझाउने करदाता बाहेक मु.अ. कर लाग्ने वस्तुको कारोवार गर्ने व्यवसायीले मु.अ. करमा दर्ता हुन चाहेमा स्वेच्छाले दर्ता हुन पाउने ।
  1. दर्ता भएपछि गर्नु पर्ने काम
  1. लेखा नम्बर (PAN) प्रमाण पत्र कारोबार स्थलमा सबैले देख्ने गरी राख्नु पर्ने
  2. मु.अ.करमा दर्ता भएको १५ दिनभित्र दर्ता हुदाका वखत भएको मौज्दात घोषण गर्नु पर्दछ
  3. कारोबारको सिलसिलामा बस्तु वा सेवा खरिद वा पैठारी गर्दा अनिवार्य रुपमा कर विजक वा विजक लिनु पर्दछ र उक्त विजकहरु खरिद खातामा अभिलेख जनाउनु पर्छ । यसैगरी आफ्नो वस्तु वा सेवा विक्री गर्दा कर विजक उपभोक्तालाई उपलब्ध गराउनु पर्छ र उक्त विजकहरु बिक्री खातामा अभिलेख जनाउनु पर्छ ।
  4. खरिद खाता, बिक्री खाता र मुल्य अभित्रृद्धि कर लेखा अनिवार्य रुपमा राख्नु पर्दछ । प्रत्येक आर्थिक वर्ष (श्रावण १ देखि आषाढ मसान्तसम्म) को लागि कर अधिकृतबाट प्रमाणित गराई खरिद खाता र बिक्री खाता अभिलेखका लागि राख्नु पर्दछ
  5. करपाटी राख्ने
    1. मु.अ. करमा दर्ता भएको व्यवसायीले हरियो पृष्ठभूमीमा सेतो अक्षरले
    2. मु.अ. करमा दर्ता नभएका साना व्यवसायीहरुले पहेंलो पृष्ठभूमीमा कालो अक्षारले
    3. मु.अ. कर छुट भएका वस्तु तपसिलको कारोवार गर्ने व्यवसायीले सेतो पृष्ठभूमीमा रातो अक्षरले व्यवसायको नाम र स्थायी लेखा नम्बर राख्नु पर्नेछ ।
  1. मू.अ.करमा दर्ता भएपछि राख्नुपर्ने खाता र विवरणहरु
निम्न कागजातहरु कारोवारस्थलमा राख्नुपर्नेः
  • कर बिजक, संक्षिप्त कर बिजक,                         १. खरिद खाता/ खरिद विजकहरु
  • खरिद खाता, विक्री खाता र मू.अ.कर लेखा                २. विक्री खाता/ विक्री विजकहरु
  • कम्प्यूटर सफ्टवेयर प्रयोग र Computer Billing            ३. मौज्दात खाता
  • अन्य अभिलेख तथा कागजातहरु                       ४. मु.अ. कर विवरण अनुसूची १०
  • कारोबारको अभिलेख र निरीक्षण                        ५. संक्षिप्त कर विजकहरु
  • खाता प्रमाणित ।
  1. मु.अ. कर छुट हुने वस्तुका सेवाहरु (अनुसूची ) के के हुन् ?
  • समूह १ आधारभूत कृषि उत्पादनहरु                समूह २   आधारभूत आवश्यकताका बस्तुहरु
  • समूह ३ जीवजन्तु तथा सो को उपज               समूह ४   कृषि सामाग्रीहरु
  • समूह ५ औषधि उपचार र यस्तै स्वास्थ्य सेवाहरु         समूह ५ औषधि उपचार र यस्तै स्वास्थ्य सेवाहरु
  • समूह ६ शिक्षा       समूह ७        किताव अखवार र मुद्रित सामाग्रीहरु
  • समूह ८ साँस्कृतिक कलात्मक र कालीगढी सेवाहरु       समूह ९   यात्रुवाहक यातायात सेवाहरु
  • समूह १०       व्यवसायीक वा पेशागत सेवाहरु जस्तै कलाकार खेलाडी लेखक नमूनाकार अनुवादक
  • समूह ११       अन्य बस्तु तथा सेवाहरु जस्तै हुलाक वित्तीय सेवा जोवन बीमा विद्धुत आपूर्ति
  • समूह १२       भवन र जग्गाको खरिद विक्री            समूह १३ बाजी क्यासिनो र चिट्ठा
नेपाल सरकारले कुनै बस्तुमा छुट दिन मनासिव देखेमा नेपाल राजपत्रमा सूचना प्रकाशन गरी छुट दिनसक्ने छ ।
  1. विवरण पेश गर्ने
  • D01 को हकमा असोज मसान्तभित्र पेश गरिसक्नु पर्दछ । उक्त अवधिभित्र पेश नगरेमा मासिक रु. १००.०० का दरले जरिवाना लाग्नेछ ।
  • D03 को हकमा असोज मसान्तसम्म विवरण पेश गर्न नसकेमा थप ३ महिना (पौष मसान्तसम्म) म्याद थप गरी विवरण पेश गर्न सक्नेछ । उक्त अवधि भित्र पनि पेश नगरेमा करोवारको ०.१ प्रतिशत वा मासिक रु. १००।- जून बढी हुन आउँछ सो जरिवाना लाग्छ ।
  • मु.अ. कर विवरण कर अवधि समाप्त भएको २५ दिनभित्र पेश गर्नुपर्ने उक्त अवधिभित्र पेश नगरेमा रु. १००० वा कर रकमको ०.५ प्रतिशत ले हुने रकममा जुन बढी हुन्छ सोही रकम जरिवाना लाग्ने ।
  1. अनुमानित आय विवरण कहिले पेश गर्ने ?
  • अनुमानित आय विवरणको पहिलो किस्ता सो आय बर्षको पौष मसान्तसम्ममा बुझाइसक्नु पर्दछ ।
  • समग्र किस्ता रकम रु. ५०००।– भन्दा कम छ भने यो विवरण बुझाउनु पर्दैन (पूर्वानुमानित, रोजगारीबाट आय हुने व्यक्ति बाहेकले पनि)
  • यो विवरण बुझाउनु पर्ने व्यक्ति तथा निकायले नबुझाएमा प्रति विवरण रु २०००।- जरिवाना लाग्दछ ।
  • अनुमान गरी बुझाइएको विवरण थपघट गर्नु परेमा चैत्र मसान्तसम्म वा असार मसान्तसम्म संशोधन गरी संशोधित विवरण भर्न सकिन्छ ।
  1. चालु वर्षको लागि आयकर वापतको किस्ता रकम कसरी दाखिला गरिन्छ ?
  • पौष मसान्तसम्म आयकरको ४०% रकम प्रथम किस्तामा
  • चैत्र मसान्तसम्म आयकरको ७०% रकम दोश्रो किस्तामा र
  • आषाढ मसान्तसम्म आयकरको १००% रकम तेश्रो किस्तामा
      उपरोक्त किस्ताहरु तोकिएको समयमा नबुझाएमा १५% जरिवाना लाग्दछ ।
  1. स्रोतमा कर कट्टी (TDS)
कुनै पनि ब्यक्तिले आय बर्षमा गरेको आयलाई भुक्तानी गर्दाकै अवस्थामा तोकिएको दरले कर कट्टी गरी बाँकि रकम भुक्तानी गरिने प्रणालीलाई भुक्तानीमा कर कट्टी अर्थात श्रोतमा कर कट्टी (Tax Deduction at Source-TDS) भनिन्छ र यसरी कर कट्टि गरिएको रकमलाई Online मार्फत Entry गर्ने कार्यलाई e-TDS भनिन्छ ।
आयकर ऐन २०५८ को परिच्छेद १७ को दफा ८७, ८८, ८८क, ८९क र ८९ख मा अग्रीम कर कट्टी गरी भुक्तानी गर्न सम्बन्धमा बितृत रुपमा उल्लेख गरिएको छ ।
आकस्मिक लाभको भुक्तानी २५ प्रतिशत
प्राकृतिक श्रोत‚ रोयल्टी‚ सेवा शुल्क‚ कमिशन वा बिक्री बोनस आदी १५ प्रतिशत
बैठक भत्ता‚ आंशीक अध्यापन वापतको भुक्तानी १५ प्रतिशत
सामान्य व्याज भुक्तानी (बैंकबाट बित्तीय संस्था बाहेक) अन्य व्यक्तिलाई ब्याज भुक्तानी १५ प्रतिशत
नेपालमा श्रोत भएको भाडा भुक्तानी १० प्रतिशत
वायुयानको लिज (पट्टा) भुक्तानी १० प्रतिशत
म्युचुयल फण्डबाट हुने भुक्तानी ५ प्रतिशत
गैर बासिन्दा व्यक्तिलाई भुक्तानी हुने वायुयान मर्मत तथा ठेक्का वा करारनामा ५ प्रतिशत
नेपाल सरकार वा स्वीकृत अवकाश कोषबाट भएको अवकाश भुक्तानी ५ प्रतिशत
बासिन्दा रोजगार कम्पनीले गैर वासिन्दा व्यक्तिलाई भुक्तानी गरेको कमिशन ५ प्रतिशत
लगानी बिमाको लाभ ५ प्रतिशत
स्वीकृत नलिएको अवकाश कोषबाट भएको लाभ भुक्तानीमा ५ प्रतिशत
लाभांश (बासिन्दा कम्पनीले वितरण गरेको लाभांश) ५ प्रतिशत
नेपालमा श्रोत भएको र व्यवसाय संचालन सँग सम्बन्धित नभएको खण्डमा बासिन्दा बैंक‚ बित्तिय संट्ठथा वा ऋणपत्र जारी गर्ने अन्य कुनै निकाय वा प्रचलित कानून बमोजिम सूचीकृत भएका कम्पनीले कुनै प्राकृतिक व्यक्तिलाई निक्षेप‚ ऋणपत्र‚ डिवेन्चर तथा सरकारी वण्ड वापत भुक्तानी गर्ने व्याज ५ प्रतिशत
करार वा ठेक्का वापत रु. ५०००० भन्दा बढीको भुक्तानी मु.अ. कर दर्तालाई १.५ प्रतिशत र दर्ता नभएकोलाई १५ प्रतिशत
मु.अ. करमा दर्ता भएको सेवा प्रदायक वासिन्दा व्यक्तिलाई भुक्तानी गरेको सेवा शुल्क १.५ प्रतिशत
गैर वासिन्दा व्यक्तिलाई भुक्तानी हुने पुनर्विमा प्रिमियम १.५ प्रतिशत
  1. करको दर
१३.१ रु. २० लाखभन्दा मुनीको कारोवार गर्ने D01 विवरण पेश गर्ने करदाताहरुलाई देहाय बमोजिम कर तिर्नु पर्दछ:
  • गा.वि.स. ………………………………………..       १‚५००
  • नगरपालिका……………………………………..       २‚५००
  • उपमहानगरपालिका/महानगरपालिका……             ५‚०००
१३.२ रु. २० लाखदेखि माथी ५० लाखसम्मको वस्तुको कारोवार गर्ने करदाताहरुको हकमा (कारोवारको आधारमा)
  • चुरोट र ग्यास लगायतका ३ प्रतिशतसम्म कमिशन वा मूल्य थप  गरी वस्तुको कारोवार गर्ने व्यक्तिलाई कारोवार रकमको ०.५ प्रतिशतका दरले ।
  • चुरोट र ग्यास बाहेक अन्य वस्तुको कारोवार गर्ने व्यक्तिले कारोवार अंकको १.५ प्रतिशतका दरले ।
  • सेवा व्यवसायी गर्ने करदाताले कारोवार रकमको २ प्रतिशतका दरले ।
तर करको गणना गर्दा रु. ५००० भन्दा कमी कर हुने भएमा रु. ५००० कर लाग्ने ।
  1. रोजगारदाता प्राकृतिक व्यक्तिको हकमा
आयवर्ष २०७२।७३ को लागि
प्राकृतिक व्यक्ति दम्पति करको दर
पारिश्रमिक आय हुनेले
रु. २‚५०‚००० सम्म करयोग्य आय हुनेले रु. ३‚००‚००० सम्म करयोग्य आय हुनेले करयोग्य आयमा १ प्रतिशतका दरले
रु. २‚५०‚००० भन्दा बढी तर रु. ३‚५०‚००० मा ननाघ्ने करयोग्य आय हुनेले रु. ३‚००‚००० भन्दा बढी तर रु. ४‚००‚००० मा ननाघ्ने गरी करयोग्य आयमा १५ प्रतिशतका दरले
रु. ३‚५०‚००० भन्द बढी करयोग्य आय हुनेले रु. ३‚५०‚००० भन्दा बढीको करयोग्य आयमा रु. ४‚००‚००० भन्दा बढी करयोग्य आय हुनेले रु. ४‚००‚००० भन्दा बढीको आयमा २५ प्रतिशतका दरले रु. २‚५०‚००० भन्दाबढी करयोग्य आय हुनेले बढी भए जति करयोग्य आयमा २५ प्रतिशत करको दरमा थप ४० प्रतिशत अतिरिक्त कर लाग्नेछ ।
एकलौटी फर्मको रुपमा दर्ता भएका करदाताको आयमा
रु. २‚५०‚००० सम्म करयोग्य आय हुनेले रु. ३‚००‚००० सम्म करयोग्य आय हुनेले कर नलाग्ने
रु. २‚५०‚००० भन्दा बढी तर रु. ३‚५०‚००० मा ननाघ्ने करयोग्य आय हुनेले रु. २५०००० भन्दा बढीको करयोग्य आयमा रु. ३‚००‚००० भन्दा बढी तर रु. ४‚००‚००० मा ननाघ्ने करयोग्य आयमा हुनेले रु. ३‚००‚००० भन्दा बढीको आयमा १५ प्रतिशतका दरले
रु ३‚५०‚००० भन्दा बढी करयोग्य आय हुनेले रु ३‚५०‚००० भन्दा बढीको आयमा रु ४‚००‚००० भन्दा बढी करयोग्य आय हुनेले रु ४‚००‚००० भन्दा बढीको करयोग्य आयमा २५ प्रतिशतका दरले रु. २‚५०‚०००० भन्दा बढी करयोग्य आय हुनेले बढी भए जति करयोग्य आयमा २५ प्रतिशत करको दरमा थप ४० प्रतिशत अतिरिक्त कर लाग्नेछ ।
नोट : निर्यात र बिशेष उध्योगको करयोग्य आयमा करको दर अधिकतम १५ र २० प्रतिशत लाग्ने ।
गैर-व्यवसायिक करयोग्य सम्पत्तिको निसर्गबाट प्राप्त करयोग्य आयमा ५ प्रतिशतका दरले । तर निसर्ग भएको गैर करयोग्य व्यावसायिक सम्पति (जग्गा तथा घर जग्गा) को स्वामित्व ५ वर्ष वा सो भन्दा बढी भएको छ भने दुई दशमलव पाँच प्रतिशतका दरले र पाँच वर्षभन्दा कम रहेको छ भने पाँच प्रतिशतका दरले ।
  1. दर्ता खारेजी/ PAN स्थगन गर्दा पेश गर्नुपर्ने कागजातहरुः
    1. रु. १० को टिकट टाँसी दर्ता खारेजीको कार्यालयबाट उपलब्ध निवेदन ।
    2. शुरु दर्ता निकायमा व्यापार/व्यवसाय स्थगन गरेको पत्र ।
    3. सक्कल स्थायी लेखा नं. प्रमाणपत्र ।
    4. स्थगन गरिने मितिसम्मको आयकर‚ मु.अ.कर‚ बहालकर एवं अन्य सम्पूर्ण कर‚ विवरण दाखिला गरेको प्रमाण ।
    5. मु.अ. कर दर्ता भएको व्यवसायीको हकमा मु.अ. कर अनुसूची ११ को विवरण ।
करदाताले Online मार्फत आफै गर्न सक्ने कार्यहरु
  • E-PAN
  • Income Tax
  • VAT
  • Excise को प्रमाणपत्र पाउनका लागि यसका विवरणहरु Online मार्फत भर्ने ।
  • Estimated Return Entry
  • VAT Return Entry‌+Verify
  • VAT को अनुसूची ११
  • D01 Entry+Verify
  • D03 Entry+Verify
  • Close of D01 को लागि Online निवेदन
  • Close of D03 Online निवेदन
  • म्याद थपका लागि Online निवेदन
  • TDS Online Entry
  • Diplomatic Refund का लागि Online निवेदन
  • आफ्नो विवरण हेर्न सक्ने । यसका लागि User name/Password आ.रा.का. मा गएर लिनु  पर्दछ ।

bizmandu.com

About ICT Khabar/आइसिटी खबर

Check Also

रोबर्टले सुर्खेतमा क्यान मेला उद्घाटन

प्रदेश राजधानी वीरेन्द्रनगरमा शुक्रबारदेखि सुरु भएको क्यान इन्फोटेकको उद्घाटन नेपाली वैज्ञानिकले बनाएको रोबोर्टले रिबन काटेर ...