Breaking News
Home / स्वास्थ्य/ज्ञान / हवाइजहाजमा एप्पलको म्याकबुक प्रो लैजान नपाउने

हवाइजहाजमा एप्पलको म्याकबुक प्रो लैजान नपाउने

अमेरिकाले एप्पलको म्याकबुक प्रो ल्यापटपलाई हवाइजहाजको यात्रामा सँगै लैजान प्रतिबन्ध लगाएको छ । अमेरिकाको संघीय उड्डयन प्रशासनले सन् २०१५ देखि २०१७ को बीचमा बनेका १५ इन्चको म्याकबुक प्रो ल्यापटप यात्रुलाई हवाइजहाजभित्र लैजान बन्देज लगाएको हो ।

गत जुन महिनामा एप्पलले सन् २०१५ देखि २०१७ को बीचमा उत्पादन भएका आफ्ना म्याकबुक प्रो ल्यापटप बजारबाट फिर्ता लिएको थियो । ब्याट्रीमा समस्या देखिएको भन्दै एप्पलले ती ल्यापटपलाई फिर्ता लिएको बताएको थियो । उक्त ल्यापटपको ब्याट्रीमा समस्याका कारण बढी तात्ने र आगो लाग्नसक्ने खतरा रहेको एप्पलले जनाएको छ ।

About ICT Khabar/आइसिटी खबर

Check Also

स्वर्गिय शोभा तिवारी लोहनीको ‘आमा ! मेरी आमा’ लोकार्पण काठमाडौं

नेपाली संगीत क्षेत्रमा महत्वपूर्ण योगदान दिएकी प्राध्यापक तथा गायिका शोभा तिवारी लोहनीको काव्यकृति ‘आमा ! ...