Home / आइसिटी न्युज/टेक अपडेट / होशियार ! फेसबुकमा जे पायो त्यही लाइक शेयर नगर्नुहोस् , कार्टुन सेयर गर्दा वडा सचिव पक्राउ

होशियार ! फेसबुकमा जे पायो त्यही लाइक शेयर नगर्नुहोस् , कार्टुन सेयर गर्दा वडा सचिव पक्राउ

फेसबुकमा कार्टुन सेयर गर्दा काभ्रेको रोशी गाउँपालिका ५ का वडासचिव होमनाथ सिग्देललाई महानगरीय अपराध महाशाखाले पक्राउ गरेको छ।

कारात्मक दृष्टिकोणले समाजमा भ्रम फैलिने गरी कार्टुन सेयर गरेको आरोपमा उनलाई पक्राउ गरेको महाशाखाका प्रहरी उपरीक्षक (एसपी) नरेन्द्रप्रसाद उप्रेतीले जानकारी दिए ।

‘प्रधानमन्त्रीज्यूलाई लक्षित गरी भ्रम फैलाउने गरी फेसबुकमा फोटोहरु सेयर गरेकोले पक्राउ गरेका हौं’ उनले भने । नायब सुब्बा सिग्देललाई प्रहरीले उनकै घर भक्तपुर सूर्यविनायकबाट पक्राउ गरेको हो ।

सिग्देलले लक्ष्मण पराजुलीले फेसबुकमा पोष्ट गरेको कार्टुन सेयर गरेका छन् । उनलाई विद्युतीय कारोबार ऐन २०६३ को दफा ४७ बमोजिम विद्युतीय स्वरुपमा गैरकानुनी कुरा प्रकाशन गर्ने कार्यमा संलग्न भएको अभियोगमा कारबाही सुरु गरिएको प्रहरीले जनाएको छ ।

About ICT Khabar/आइसिटी खबर

Check Also

नयाँ फोन बेच्न सामसङ र एप्पलले ग्राहकको स्मार्टफोन स्लो बनाइदिन्छन्

एप्पल र सामसङजस्ता ठूला स्मार्टफोन कम्पनीहरु आफैंले ग्राहकको स्मार्टफोन स्लो बनाइदिने र ग्राहकलाई नयाँ फोन ...

This is the code for your widget. Just copy and paste it into your website. New widgets may take up to 30 minutes before they start displaying properly.
Loading...